पत्र पत्रिकावाट

कञ्चनपुरमै अर्की बालिकाको बलात्कारपछि हत्या !

कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया किशोरी कविता विष्टको बलात्कारपछि भएको हत्यामा पनि प्रहरीले सुरुमा चासो नदिएको पाइएको छ । जाहेरी दिँदा पनि प्रहरीले चासो नदेखाएपछि पीडित परिवारले नै अभियुक्तलाई समातेर प्रहरीलाई बुझाएको कविताको परिवारले बताएको छ । छोरी हराएको दिन २६ असारको दिउँसो मदन गिरी कवितासँगै रहेको परिवारले थाहा पाए...बाँकी

१५ विधेयक अलपत्र, सभामुख चीन जाँदै

मौलिक हक कार्यान्वयनका लागि असोज २ भित्रै झन्डै डेढ दर्जन विधेयक पारित गरिसक्नुपर्नेमा सभामुख कृष्णबहादुर महरा प्रतिनिधिसभा बैठकै रोकेर विदेश जाने तयारीमा छन् । ‘तिब्बत पर्यटन तथा सांस्कृतिक एक्स्पो’ मा सहभागी हुन उनी १० सदस्यीय टोली लिएर आगामी २२ गते चीनको ल्हासा जान लागेका हुन् । टोली २७ गते फर्किने कार्यक्रम छ ।...बाँकी

आजदेखि काठमाडौंमा बिमस्टेककाे चौथो सम्मेलन

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो सम्मेलन बिहीबार सुरु हुँदै छ । बिमस्टेकका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न पौने ४ बजे सम्मेलन उद्घाटन गर्नेछन् । बुधबार सम्पन्न बिमस्टेकका परराष्ट्रमन्त्रीहरूको बैठकले सम्मेलनमा प्रस्तुत हुने एजेन्डा, हस्ताक्षर हुने समझदारीपत्र र जारी हुने काठमाडौं बडापत्रलाई अन्तिम...बाँकी

यसकारण भयो कारगेड दुर्घटना !

सरकारी त्रुटीका कारण बुधबार बिहान भिभिआइपी सुरक्षा कारगेड दुर्घटना भएको छ । बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङका क्रममा कारगेड मोटरसाइकल दुर्घटनामा परेको हो । नेपाल प्रहरीले भिभिआइपीको स्कर्टिङका लागि सञ्चालन गर्न नसकिने जनाएका मोटरसाइकललाई सरकारले मर्मत संभार गरेर सञ्चालन गर्न दिएको निर्देशनका कारण प्राविधिक समस्या...बाँकी

स्थानीय पत्रपत्रिका: बढ्यो मकवानपुरमा पनि बलात्कारको घटना, सडक नाली नै बगाउने डर

हेटौंडाबाट प्रकाशित आजका पत्रपत्रिकाले फरकफरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएका छन् । आजको साझाकुरा दैनिकले मकवानपुरमा पनि बलात्कारको घटना वर्षेनि बढेको समाचार मुख्य समाचार बनाएर छापेको छ । बलात्कारको घटनामा अधिकांश बालिका पीडित हुने गरेको पनि तथ्याङ्कले देखाएको छ । मकवानपुरमा गतवर्ष ५० वटा बलात्कारसम्बन्धीे उजुरी जिल्ला अदालत मकवानपुरमा परेको...बाँकी

मुख्य अपराधमा प्रहरी नै विवादमा !

अपराध नियन्त्रण र अनुसन्धानमा मुख्य जिम्मेवार प्रहरी पछिल्ला प्रमुख घटनाहरुमा आफैँ विवादमा तानिएको छ । निसान खड्का अपहरण, डा. गोविन्द केसीको जुुम्ला अनशन र कञ्चनपुरमा किशोरी हत्याका घटना यसैका उदाहरण हुन् । भक्तपुरका बालक निसान खड्काको अपहरणमा सलग्न भनिएका दुई युवाको फेक ईन्काउन्टर विवादमा महानगरीय प्रहरी अपराध महाशाखा तानियो ।...बाँकी

सामूहिक बलात्कार मुद्दा: यस्तो थियो पुरानो फैसला

यसअघि साढे ६ वर्षअघि १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको मुद्दामा २८ वैशाख ०७४ मा सर्वोच्चले डरत्रासमा परेर गरिएको बकपत्रकै आधारमा कसुरदार ठहर गर्न नमिल्ने फैसला गरेको थियो । सर्वोच्चका तत्कालीन न्यायाधीश ओमप्रकाश मिश्र र मीरा खड्काको संयुक्त इजलासले सामूहिक बलात्कारको मुद्दाको फैसलामा प्रारम्भिक बयानकै आधारमा मात्र कसुरदार ठहर गर्न...बाँकी

स्थानीय पत्रपत्रिकाः सुरुङमार्गको लगानी ‘बालुवामा पानी’

हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज फरक फरक प्रसङ्गलाई मुख्य समाचारको रुपमा उठान गरेको छ । आजको साझाकुरा दैनिकले सरकारले नेपाल पूर्वाधार विकास कम्पनीसँग गरेको सुरुङमार्ग निर्माणको सम्झौता खारेज गर्न लागेको प्रसङ्गलाई मुख्य समाचार बनाएको छ । २०६९ सालदेखि निर्माण सुरु गरेर २०७४ सालमा निर्माण सम्पन्न गर्नेगरी नेपाल पूर्वाधार विकास कम्पनीले...बाँकी