पत्र पत्रिकावाट

महासंघ अध्यक्षकै गाउँपालिकामा भ्रष्टाचार

सिन्धुपाल्चोकको जुुगल गाउँपालिकाका अध्यक्ष सहितका स्थानीय तहका पादाधिकारीले बजेट दुरुपयोग गरेको आरोप लगाउँदै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन गरेका छन् । अध्यक्ष होमनारायण श्रेष्ठलगायतका जनप्रतिनिधिले सडक निर्माणमा फर्जी कागजात मिलाएर भ्रष्टाचार गरेको आरोप लगाउँदै स्थानीयले आयोगमा निवेदन दिएका हुन् । १४४२ नम्बरमा दर्ता भएको उजुरीमा स्थानीयले हस्ताक्षर गरेको समाचार...बाँकी

स्थानीय पत्रपत्रिकाः सहरबाट गाउँ भित्रियो ३९ करोड, वनकरियालाई घर बनाइदिने मुख्यमन्त्रीको आश्वासन

हेटौंडाबाट प्रकाशित दैनिक पत्रपत्रिकाले आज फरक फरक विषयलाई प्राथमिकताको साथ समाचार बनाएर छापेको छ । आजको साझाकुरा दैनिकले मातृभूमि साहित्य समाजले एकै मञ्चबाट आधा दर्जन पुरस्कार वितरण गरेको समाचारलाई प्राथमिकताको साथ छापेको छ । फुटसल प्रतियोगिताको उपाधि बिजय युथ क्लव हेटौंडाले जितेको समाचार पनि साझाकुराले पहिलो पृष्ठमै छापेको छ ।...बाँकी

कञ्चनपुरको आन्दोलनमा प्रशासनले संयमता गुमायो

बिहीबार प्रहरीको गोली लागेर चार युवा घाइते भएपछि कञ्चनपुरका  स्थानीयवासी थप आक्रोशित बनेका थिए । यसकारण पनि उनीहरू शुक्रबार आन्दोलन चर्काउने योजनामा थिए । तर, शुक्रबार बिहान पानी परेकाले दिउँसोबाट मात्रै आन्दोलन सुरु भयो । शुक्रबार पनि प्रहरी संयमित बन्न सकेन, गोली नै चलायो । बिहीबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी...बाँकी

काठमाडौंका मेयरसँग प्रधानमन्त्री किन असन्तुष्ट

काठमाडौं महानगरपालिकाका  मेयर विद्यासुन्दर शाक्यको कार्यशैलीप्रति प्रधानमन्त्री केपी ओली असन्तुष्ट रहेको खबर आजको नयाँ पत्रिका दैनिकमा  छापिएको छ । आफ्नो जिम्मेवारीमा पर्ने भित्री र कोरिडोर सडक, ढल र बत्ती व्यवस्थापनमा शाक्य चुकेको ओलीको बुझाइ छ । ‘प्रधानमन्त्रीज्यूले पटक–पटक निर्देशन दिनुभएको छ, तर उनी भेट्न आउँदा रातारात हुने कुरा भएन, लागिरहेको...बाँकी

कतै शिक्षक शुन्य, कतै बढी

देशका दुई हजार ५५४ विद्यालयमा आधारभूत तह (कक्षा १–८) मा एक जना पनि स्थायी शिक्षक छैनन् । माध्यमिक तह (कक्षा ९–१०) पढाइ हुने ५०४ विद्यालयमा शिक्षक दरबन्दी छैन । तीन हजार ५८ विद्यालयमा शिक्षक दरबन्दी शून्य छ । कपिलवस्तु स्थानीय तहपिच्छे प्राथमिक विद्यालयहरूमा विद्यार्थी अनुपात र शिक्षक दरबन्दीबीच ठूलो अन्तर...बाँकी

वनकरियाको घर बनाउन प्रदेश सरकारको चासो

मकवानपुरमा मात्र बसोबास रहेको लोपोन्मुख बनकरिया समुदायको आवास निर्माणमा प्रदेश ३ सरकारले चासो देखाएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले मनहरी गाउँपालिका ४ मा बस्दै आएका बनकरियालाई सुरक्षित स्थानमा नमूना घर बनाइदिने योजना रहेको सुनाए । पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र कतेर छाप्रोमा बस्ने उनीहरुलाई मनहरी गाउँपालिकाको समन्वयमा सोही क्षेत्रमा सुविधायुक्त नमूना...बाँकी

हेटौंडाले उठायो साढे १८ करोड राजस्व

हेटौंडा उपमहानगरपालिकाले बितेको आर्थिक वर्ष २०७४/७५ मा साढे १८ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । विभिन्न शीर्षकमा उपमहानगरले १८ करोड ६१ लख ५४ हजार रुपियाँ राजस्व संकलन गरिएको जनाइएको छ । उपमहानगरले गतवर्ष १७ करोड ७० हजार रुपियाँ राजस्व संकलवनको अनुमान गरेकोमा अनुमानभन्दा ९ दशमलव ४६ प्रतिशत बढी राजस्व...बाँकी

निर्मला हत्या प्रकरणः प्रहरी घटना मोड्नमै तल्लीन

साउन १० गते बिहान साथी रोशनी बमको घरमा गएकी छोरी निर्मला पन्त साँझसम्म घर नफर्केपछि आमा दुर्गादेवी आत्तिईन । उनले प्रहरी गुहारिन् । गाउँलेले पनि खोजी गरिदिन प्रहरीलाई आग्रह गरे । दुर्गादेवीले प्रहरीचौकीमा राति दुई बजेसम्म बसेर छोरी खोजिदिन अनुनयविनय गरिन्, तर, प्रहरीले आनाकानी गरेर उनको अनुरोध मानेन् । प्रहरीले...बाँकी