राजनीति

डक्टर भट्टराईदेखि पूर्वप्रधानन्यायधिशसम्मको खोसियो,के खोसियो पढ्नुहोस

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ)बाहेक सरकारले उपलब्ध गराएका अन्य सुरक्षाकर्मीहरुलाई फिर्ता पठाउने निर्णय गरेका छन् । डा. भट्टराईले २०७५ बैशाख १ गतेदेखि सुुरक्षाकर्मीको टोली फिर्ता पठाउने निर्णय लिएको उनको सचिवालयले जनाएको छ ।   सरकारले अति विशिष्ट (भीभीआईपी) र विशिष्ट (भीआईपी) व्यक्तिहरुको सुरक्षा चुनौती विश्लेषण गरेर सुरक्षाकर्मीहरुको...बाँकी

नेपालको धार्मिक सांस्कृतिक पहिचान संकटमाः कमल थापा

काठमाडौं २१ चैत,   राप्रपाका अध्यक्ष कमल थापाले नेपालको धार्मिक सांस्कृतिक पहिचान संकट परेको बताएका छन् । सनातन हिन्दु राष्ट्रको पक्षमा रहेका थापाले बुधबार बिहान ट्विट गर्दै सो कुरा बताएका हुन् ।उनको ट्विटमा लेखिएको छ, ‘नेपालको धार्मिक सांस्कृतिक पहिचान संकट परेको छ । संगठित र योजनावद्ध रुपमा सांस्कृतिक अतिक्रमण भैरहेछ ।’कुनै...बाँकी

एमाले र माओवादीको पार्टी एकता वैशाख ९ मा

काठमाडौं २० चैत, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आगामी वैशाख ९ गते पार्टी एकता घोषणा गर्ने समझदारी गरेको छ । अन्तरिम विधान र सांगठनिक संरचनाबारे सुुझाव दिन गठित छुट्टाछुट्टै कार्यदलले मंगलबार पार्टी एकता संयोजन समितिमा प्रतिवेदन बुझाउँदै अप्रिल २२ तारेख अर्थात वैशाख ९ गते पार्टी एकता गर्न सुझाव दिएको...बाँकी

संघीय संसदको पहिलो अधिवेशन अन्त्य

संघीय संसद्को पहिलो अधिवेशन अाजबाट अन्त्य भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको हाे । प्रतिनिधिसभाको मंगलबारकाे बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले दुवै सदन अन्त्य भएको राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका  थिए । दुवै सदनको पहिलो बैठक  फागुन २१...बाँकी

दल छल्दै मुख्यमन्त्री पाैडेलले गर्न थाले काम

हेटौंडा : प्रमुख सत्तारुढ दल एमालेले प्रदेश ३ मा सरकार गठन गरेको डेढ महिना बितिसक्दा पनि प्रदेश संसदीय दलको बैठक राख्न सकेको छैन।लामो समय बितिसक्दा पनि संसदीय दलको बैठक राख्न नसकेपछि संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दल छलेर काम गर्न थालेको भन्दै पार्टीभित्र आलोचना हुन थालेको छ। प्रदेश...बाँकी

गृहमन्त्रीको प्रश्नः कारागारका कैदी कसरी दोहाेरी साँझमा पुग्छन् ?

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले कारागारबाट केही कैदीलाई राति ठमेलको दोहोरी साँझमा लैजाने गरेको रिपोर्ट आएको भन्दै कारागार व्यवस्थापन विभागलाई छानबिन गर्न निर्देशन दिएका छन् । कारागार व्यवस्थापन विभागको निरीक्षणपछि कर्मचारीहरुलाई निर्देशन दिँदै उनले भने, ‘दोहोरी साँझमा लानेदेखि विभिन्न ठाउँमा घुमाउन लैजाने गरेको रिपोर्ट आएको छ, त्यस्तो कार्यमा संलग्नलाई छानविन...बाँकी

संघीय संसदमा बढीमा १५ वटा संसदीय समिति बन्ने

काठमान्डौँ /१८ चैत्र संघीय संसदमा राष्ट्रियसभा र प्रतिनिधिसभाको एउटा साझा समितिसहित बढीमा १५ वटा संसदीय समिति बन्ने भएका छन् । तीमध्ये संसदीय सुुनवाई बिशेष समिति दुवै सदनको संयुक्त हुनेछ भने अरु आ–आफ्ना समिति बन्नेछन् । प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली मस्यौदा गर्न दुवै सदनका समितिले आ–आफ्नो काम अघि बढाएका छन् ।...बाँकी

कांग्रेस नेता खड्काको अन्तिम संस्कार आज, केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं /१८ चैत,  नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिँदै छ । अपराह्न तीन बजेपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । मिर्गौला, फोक्सो र नसा सम्बन्धी समस्याबाट पीडित खड्काको उपचारको क्रममा शुक्रबार नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो । उनको...बाँकी