धनगढीबाट नक्कली नोट छाप्ने मेसिनसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। कैलाली प्रहरीले नक्कली नोट बनाउने मेसिनसहित पक्राउ परेका चार जनालाई शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । धनगढी उपमहानगरपालिका–१ को नैनादेवी टोलबाट चुरे गाउँपालिका–१ का २५ वर्षीय खग्रेन्द्र बम भनिने खगेन्द्र रजवार, सोही वडाकै २२ वर्षीय भोजबहादुर बम, धनगढी...बाँकी
बागलुङ नगरपालिका १४ को गणेश माविका प्रधानाध्यापक कृष्ण गौतम विद्यार्थीको दाँत भाचिने गरि कुटेका छन् । शिक्षक गौतमले कक्षा १० मा अध्ययनरत कुशल पौडेल कुटपिट गरेका हुन् । कक्षामा गणित पढाउदा नजानेको भन्दै उनले विद्यार्थीलाई कुटेका थिए । प्रत्यक्षदर्शी एक शिक्षकको अनुसार कुशल बेहोस भएपछि मात्रै कुट्न छाडेको बताए ।...बाँकी
ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्थाको ११ लाख ४५ हजार रुपैयाँ चोरी भएको छ। सरुमारानी गाउँपालिका- ४ बडडाँडास्थित सहकारीको भवन तोडफोड गरी बिहीबार राति उक्त रकम चोरी भएको हो। रातिको समयमा कार्यालय भवनको ढोका फोरेर बक्सभित्र राखिएको उक्त रकम चोरी भएको सहकारीका व्यवस्थापक रेवतप्रसाद खनालले जानकारी गराए। साँझपख सहकारीमा भएको...बाँकी
आज बिहान धादिङको बेनिघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको यात्रु बस दुर्घटनामा मृतकको सङ्ख्या पाँच पुगेको छ । मोडमा पुगेपछि सिधै त्रिशूली नदीमा खसेको बस सडकबाट करीब १०० मिटर तल पानीमा डुबेर दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा सर्लाही जिल्ला निवासी ३५ वर्षीय अजय दास, २५ वर्षीय विजय कुर्मी र नाम...बाँकी
बाँकेको नेपालगञ्जमा फर्निचर उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । बीपी चोक नजिकै रहेका एक दर्जन फर्निचर उद्योगहरुमा बिहिबार राती आगलागी हुँदा करोडौंको क्षति भएको वडा प्रहरी कार्यालय नेपालगञ्जले जनाएको छ । राती ११ बजेबाट सुरु भएको आगलागी सुरक्षाकर्मी, स्थानीयवासी र ५ वटा दमकलको सहायताले बिहान ५ बजे मात्र...बाँकी
काठमाडौंको स्वयम्भूमा प्रहरीले गोली हानेर दुई युवालाई पक्राउ गरेको छ । स्वयम्भूको विजेश्वरी हाउजिङको झिँगु क्याफेमा प्रहरीले गोली हानेर रामेछापको गेलु घर भएका लोप्साङ नामले परिचित धम्क्याउने र लुटपाटमा संलग्न विजय लामालाई पक्राउ गरेको हो । लोप्साङ सँगै अमृत तामाङ पनि पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी...बाँकी
चिर्पट प्रहार गरी झापाको कमल गाउँपालिका–१ का ३१ वर्षीय प्रकाश थापाले ७० वर्षीय बुवाको हत्या गरेका छन् । शुक्रबार बिहान सवा ७ बजे बुवा सूर्यबहादुर थापा र छोरा प्रकाशबीच घरायसी विषयमा विवाद भएको थियो । विवादकै क्रममा प्रकाशले बुवाको टाउकोमा चिर्पट प्रहार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।...बाँकी
हेटौंडारचितवन — मकवानपुरस्थित लोपोन्मुख बोटे समुदायले यस वर्षदेखि खोलामा माछा मार्ने लाइसेन्स नपाउने भएका छन् । पर्सा राष्ट्रिय निकुञ्जले माछा मार्नका लागि उनीहरूलाई यो वर्षदेखि लाइसेन्स नदिने भएको हो । मनहरी गाउँपालिका–७ रमौलीमा बोटे समुदायको बसोबास छ । यसअघि उनीहरूले राप्ती खोलामा माछा मार्दै आएका थिए । निकुञ्जले गत वर्ष २२ बोटेलाई माछा मार्ने...बाँकी