समाज

भक्तपुरमा एकैचोटि चार वटा बस ठोक्किएपछि

काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा ४ ख ५७९४ नम्बरको बसले अनियन्त्रित भएर सेही दिशातर्फका अन्य तीन वटा बसलाई ठक्कर दिएको हो। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार उक्त बसले आइतबार बिहान बा३ख ७०९३, बा५ख ४०२९ र ना६ख ७१२५ नम्बरको बसलाई ठक्कर दिएको हो। ठक्कर दिँदा तीन वटै बसका यात्रुहरू सामान्य घाइते...बाँकी

प्राधिकरणलाई वर्षायाममै मकवानपुर कुलेखानीको ‘बोनस’

मकवानपुरको कुलेखानी जलासयले यो वर्ष नेपाल विद्युत प्राधिकरणलाई ‘बोनस’ विजुली र आम्दानी दिएको छ । गत असार अन्तिम साता नै कुलेखानी जलासय भरिएपछि हाल कुलेखानीका दुईवटै आयोजनाबाट विजुली उत्पादन भइरहेको छ । यसबाट प्राधिकरणले वर्षातकै महिनामा करिब २० लाख युनिट विजुली उत्पादन गरिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए...बाँकी

अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि

 देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पश्चिम चितवनको चनौलीकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिएकी थिइन् । प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार...बाँकी

पेरूको अल्पाका मकवानपुरको चित्लाङमा

जीउ र थुतुनो भेडाजस्तो, घाँटी भेडाबाख्राभन्दा निकै लामो । पेरू, बोलिभिया, इक्वेडर र उत्तरी चिलीको घरपालुवा जनावर हाम्रा लागि अनौठो त हुँदै हुन् । यिनका घाँटी हेरेरै आगन्तुक छक्क पर्छन् । मकवानपुरको थाहा नगरपालिकामा पर्ने पर्यटकीय गन्तव्य चित्लाङ चिसो हावापानी र होमस्टेका लागि प्रसिद्ध छ । कुलेखानी जलाशय, दामन, पालुङ र चन्द्रागिरी पनि नजिकै...बाँकी

कलैयामा बजार व्यवस्थापनको लागि कार्यशाला गोष्ठि

कलैया उपमहानगरपालिका भित्र बजार व्यवस्थापन र त्यसको लागि आवश्यक नीति निर्माणको लागि दुई दिने कार्यशाला तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सौराहमा भएको छ । स्थानीय बजार व्यवस्थापन तथा उपभोक्ता सचेतना सम्बन्धी कार्यशाला तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुक्रबार र शनिबार भएको हो । कार्यक्रममा बजार व्यवस्थापनको लागि ठाउँ छनौट, ऐन निमय निर्माण...बाँकी

अवैध लागूऔषध गाँजा सहित दुई जना पक्राउ

अवैध लागूऔषध गाँजा सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १५ स्वयम्भू बस्ने नुवाकोट घर भएका वर्षीय सन्त बहादुर तामाङ र काठमाडौं नागार्जुन नगरपालिका ५ घर भएका वर्षीय प्रभु नारायण कुमाल रहेका छन् । उनीहरुलाई २३ साउनको राति प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी...बाँकी

चितुवाको खोरमा चोरीको काठ

बुटवलको मणिमुकुन्द सेन उद्यान (फुलबारी)मा रहेको चितुवाको खोरमा चोरीको काठ फेला परेको छ। डिभिजन वन कार्यालयको स्वीकृतिबिना रुख काटेर लुकाइएको अवस्थामा काठ फेला परेको हो। डिभिजन वन कार्यालय रूपन्देहीका सहायक वन अधिकृत रवीन्द्र अधिकारीले २८ थान टिकका मुढा भेटिएको बताए। वन्यजन्तु कर्नरभित्र रहेको काठ कस्ले राख्यो भन्ने पहिचान नभएको उनले...बाँकी

बाढीपीडितलाई महिला संघ मकवानपुरको खाद्यान्न सहयोग

नेपाल महिला संघको ७२ औ स्थापना दिवसको अवसरमा महिला संघ मकवानपुरले भीमफेदी गाउँपालिका ५ का बाढीपीडितहरुलाई शुक्रबार खाद्यान्न सामाग्री वितरण गरेको छ । महिला संघ मकवानपुर सभापति लक्ष्मी श्रेष्ठको सभाध्यक्षता एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यतामा बाढीपीडित परिवारलाई खाद्यान्न वितरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि...बाँकी