समाज

बकरईदको अवसरमा मुख्यमन्त्री पौडेलद्वारा शुभकामना

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले ईस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (इदुल जोहा) को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । मुख्यमन्त्री पौडेलले पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना व्यक्त गर्नुभएको हो उहाले सोमबार एक सन्देश जारी...बाँकी

९५प्रतिशत महिलाहरु घरमै असुरक्षित ढंगले सुत्केरी हुन बाध्य

 सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका १ हरिहरपुरगढीकी साइलीमाया तामाङको केही समयअघि सुत्केरी भएकै दिन मृत्यु भयो । हरिहरपुरगढी स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर नभएका कारण घरमै सुत्केरी हुँदा उनको मृत्यु भएको हो । हरिहरपुरगढीमा ५ वर्ष अवधिमा घरमै सुत्केरी हुँदा ५ जनाले ज्यान गुमाइसकेको स्वास्थ्यचौकीका इन्चार्ज खमराज बिकले बताए । ‘म यहाँ आएको २ वर्ष भयो ।...बाँकी

घरेलु मदिरा बनाउन छाडेर पशुपालनमा लागिन मकवानपुर गढीकी सिता

सीतामाया बल तामाङको दैनिकी अहिले फेरिएको छ । बिहान उठ्नेबित्तिकै उनी हातमा हँसिया र नाम्लो लिएर घाँस लिन जंगलतिर जान्छिन् । झमझम पानी परेको होस् कि चर्को घाम उनी राँगालाई घाँस ल्याउन जंगल जाने गरेकी हुन् । उनको केही महिनादेखि यो दैनिकी सुरु भएको हो । दशकयता उनी खाद्यान्न कुहाएर मदिरा उत्पादन गरेर बिक्री...बाँकी

कलैयामा बजार व्यवस्थापनको लागि कार्यशाला गोष्ठि

कलैया उपमहानगरपालिका भित्र बजार व्यवस्थापन र त्यसको लागि आवश्यक नीति निर्माणको लागि दुई दिने कार्यशाला तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सौराहमा भएको छ । स्थानीय बजार व्यवस्थापन तथा उपभोक्ता सचेतना सम्बन्धी कार्यशाला तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुक्रबार र शनिबार भएको हो । कार्यक्रममा  बजार व्यवस्थापनको लागि ठाउँ छनौट, ऐन निमय निर्माण...बाँकी

प्रदेश नम्बर ३ की संसाद न्यूरोडमा लुटिईन

राजधानीको व्यस्त बजार न्यूरोडमा प्रदेश नं. ३ कि प्रदेश सांसद भावना सुवेदी लुटिएकी छन् । सुवेदीसँगै रहेकी सावित्री आचार्यका अनुसार सडकमा हिँडिरहेका बेला अज्ञात व्यक्तिले पर्स तानेर भागेका छन् । पर्समा ७ हजार रुपैयाँ र केही महत्वपूर्ण परिचय पत्र भएको जनाइएको छ । हालसम्म घटनाबारे प्रहरीलाई खबर नगरिएको उनले बताइन्...बाँकी

आफ्नै श्रीमाणको हत्या गरेको आरोपमा मकवानपुरकी एक महिला पक्राउ

चक्कु प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा प्रहरीले मकवानपुरकी एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका–८ स्थायी घर भई हाल गोकर्णेश्वर नगरपालिका–६ पुरानो शान्त भवन बस्दै आएकी २५ वर्षकी शिला घले रहेका छन् । उनलाई चक्कु प्रहार गरी २४ वर्षीय श्रीमान जालमान स्याङ्तानको हत्या गरेको...बाँकी

प्रदेश नम्बर-३ को राजधानी हेटौंडामा कपडा बैँक

प्रदेश नम्बर—३ को राजधानी हेटौडामा कपडा बैँक स्थापना गरिएको छ । लायन्स क्लव अफ हेटौडा भुटनदेविको आयोजना तथा मकवानपुरको लियो र लायन्सको संयुक्त पहलमा हेटौडा—४, सुमाग्री कम्प्लेक्समा कपडा बैँकको स्थापना गरेको यस बैँक स्थापनाका अभियान्ता तथा लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ नेपालका जोन चिर्यस प्रसन अंकिता सुमार्गीले बताउनु भयो...बाँकी

लोकसेवाको विज्ञापन विरुद्ध उत्रिएका प्रर्दशनकारीसँग प्रहरीको झडप

लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना गर्नका लागि जारी गरेको विज्ञापन समावेशी नभएको भन्दै आन्दोलनमा रहेका आदिवासी जनजातीको समूहमाथि प्रहरीले बल प्रयोग गरेको छ। काठमाडौं भद्रकालीमा आइतबार प्रदर्शन गरिरहेका उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो। त्यसरी निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडपको अवस्था सिर्जना...बाँकी