समाज

ट्याक्टरमा चढाएर प्रमुख प्रशासकीय अधिकृतको बिदाई

मकवानपुरको पश्चिमी राक्सिराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साललाई एक कार्यक्रमकाबीच बिदाई गरिएको छ । उनको तनहुँस्थित बन्दिपुर गाउँपालिकामा सरुवा भएको हो । लम्साललाई गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिम्डुङले मायाको चिनो प्रदान गरी बिदाई गरेका थिए । उनले राक्सिराङ बस्दा सबै पक्षको सहयोग प्राप्त भएको भन्दै सबैलाई...बाँकी

पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध

रातभरको अविरल वर्षापछि गएको पहिरोले पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । थाक्रे गाउँपालिका-३ को भुमेस्थान र ५ को जुङेखोलामा गएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो ।राजमार्ग अवरुद्ध भएपछि निकैलामो सवारीको लाइन लागेको छ । अवरुद्ध राजमार्ग एकतर्फी सुचारु गर्न सडक डिभिजनका २ वटा लोडर र डोजर प्रयोग गरिएको छ ।बाँकी

बिमस्टेक तयारीः भदौ १४ र १५ विद्यालय बन्द, तीन दिन सडकमा जोर बिजोर सवारी

सरकारले बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरूको प्रयास (बिमस्टेक) सम्मेलनको व्यवस्थापन सहज बनाउन काठमाडौंमा भदौ १३ देखि १५ सम्म जोर–बिजोर नम्बरमा सवारीसाधन चलाउने योजना बनाएको छ। बिमस्टेकका सदस्य राष्ट्रका विशिष्ट पाहुनाको आवागमनलार्इ दृष्टिगत गर्दै सडक जाम न्यून पार्न जोर–बिजोर नम्बरमा सवारी चलाउने रणनीति लागू गर्न लागिएको हो।...बाँकी

निर्मला हत्या प्रकरणः प्रहरी घटना मोड्नमै तल्लीन

साउन १० गते बिहान साथी रोशनी बमको घरमा गएकी छोरी निर्मला पन्त साँझसम्म घर नफर्केपछि आमा दुर्गादेवी आत्तिईन । उनले प्रहरी गुहारिन् । गाउँलेले पनि खोजी गरिदिन प्रहरीलाई आग्रह गरे । दुर्गादेवीले प्रहरीचौकीमा राति दुई बजेसम्म बसेर छोरी खोजिदिन अनुनयविनय गरिन्, तर, प्रहरीले आनाकानी गरेर उनको अनुरोध मानेन् । प्रहरीले...बाँकी

एउटा यस्तो गाउँ, जहाँ भाले बासेको फाप्दैन भन्दै कुखुरा पालिँदैन

हिमाल, पहाड होस् वा तराई, अधिकांशले कुखुरा पाल्ने गर्छन् । थोरैले व्यावसायिक र धेरैले परम्परागत ढंगले कुखुरा पालिरहेकै छन् । तर मकवानपुरको उत्तरी क्षेत्रमा यस्ता गाउँ छन् जहाँ कुखुरा पाल्ने त कुरै छाडौं, छुन पनि छुँदैनन् ।मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका(१ मा पर्ने कुन्छाल गाउँ । उक्त वस्तीमा गोपाली समुदायमात्र बसोवास गर्छन् ।...बाँकी

छोरी जन्मिए पैसासहितको बैँक खाता !

बुद्धपथकी सुशीला थापाले असोज पहिलो साता छोेरी प्रतिज्ञालाई जन्म दिइन । परिवारले जन्म द र्ता गरिदिएको सातामै नगरपालिकाले प्रतिज्ञाको नाममा बैँक खाता खोलिदियो । परिवारले अन्नप्राशनमा जम्माा भएको ७ हजार रुपैयाँ पनि खातामै जम्म गरिदिए । नगरपालिकाले खाता खोलिदिएपछि छोराका लागि बचत गर्ने प्रेरणा मिल्यो, आमा सुशीलाले भनिन्, छोरी विद्यालय...बाँकी

स्थानीय पत्रपत्रिकाः शिखरपुर जहाज दूर्घटनाको ८ वर्ष, सन्तानको शोकले विकास निम्त्यायो, दैवी विपतमा ९१ ले ज्यान गुमाए

हेटौंडाबाट प्रकाशित आजका स्थानीय दैनिक पत्रकिाहरुले फरक फरक प्रसङ्गलाई आफ्नो प्रमुख समाचार बनाएको छ । मकवानपुरको शिखरपुरमा ८ वर्षअघि भएको जहाज दूर्घटनापछिको विकासको प्रसङ्गलाई हेटौंडा सन्देशले प्रुमख समाचार बनाएर छापेको छ । दूर्घटना आफैंमा दुखद खबर हो । नहुनुपर्ने दुखद घटनापछि अभिभावकले पीडालाई शक्तिमा बदलेर अरुका लागि प्रेरणादायी काम गरेका...बाँकी

ओमप्रकाश मिश्र प्रधानन्यायाधीशमा सिफारिस

 बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ। प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बैठकले मिश्रलाई सर्वसम्मत रुपमा प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो। यसअघि परिषद्ले सिफारिस गरेका वरिष्ठ न्यायाधीश दीपक जोशीलाई संसदीय सुनुवाइ विशेष समितिको बहुमतले अस्वीकार गरेको थियो।  जोशी अस्वीकृत भएपछि नयाँ प्रधानन्यायाधीशका लागि मिश्रको बाटो...बाँकी