समाज

कञ्चनपुरको आन्दोलनमा प्रशासनले संयमता गुमायो

बिहीबार प्रहरीको गोली लागेर चार युवा घाइते भएपछि कञ्चनपुरका  स्थानीयवासी थप आक्रोशित बनेका थिए । यसकारण पनि उनीहरू शुक्रबार आन्दोलन चर्काउने योजनामा थिए । तर, शुक्रबार बिहान पानी परेकाले दिउँसोबाट मात्रै आन्दोलन सुरु भयो । शुक्रबार पनि प्रहरी संयमित बन्न सकेन, गोली नै चलायो । बिहीबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी...बाँकी

वनकरियाको घर बनाउन प्रदेश सरकारको चासो

मकवानपुरमा मात्र बसोबास रहेको लोपोन्मुख बनकरिया समुदायको आवास निर्माणमा प्रदेश ३ सरकारले चासो देखाएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले मनहरी गाउँपालिका ४ मा बस्दै आएका बनकरियालाई सुरक्षित स्थानमा नमूना घर बनाइदिने योजना रहेको सुनाए । पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र कतेर छाप्रोमा बस्ने उनीहरुलाई मनहरी गाउँपालिकाको समन्वयमा सोही क्षेत्रमा सुविधायुक्त नमूना...बाँकी

हेटौंडाले उठायो साढे १८ करोड राजस्व

हेटौंडा उपमहानगरपालिकाले बितेको आर्थिक वर्ष २०७४/७५ मा साढे १८ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । विभिन्न शीर्षकमा उपमहानगरले १८ करोड ६१ लख ५४ हजार रुपियाँ राजस्व संकलन गरिएको जनाइएको छ । उपमहानगरले गतवर्ष १७ करोड ७० हजार रुपियाँ राजस्व संकलवनको अनुमान गरेकोमा अनुमानभन्दा ९ दशमलव ४६ प्रतिशत बढी राजस्व...बाँकी

कञ्चनपुरमा फेरि अनिश्चितकालीन कर्फ्यू

प्रदर्शन हिंसात्मक बन्दै गएपछि कञ्चनपुरमा शुक्रबार साँझ ८ बजेबाट फेरि अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ। महेन्द्रनगर बजार आसपासका क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको हो। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि कञ्चनपुरमा चार दिनयता तनाव बढेको हो। शुक्रबार साँझ भएको झडपमा प्रहरीको गोली...बाँकी

भीमफेदीमा पल्टियो गाडी

मकवानपुरको भिमफेी गाउँ पालिकाको वडा नं ५ मा एक भारतीय नम्बर प्लेट भएको सवारी दुर्घटनामा परेको छ । दुर्घटनामा परी भारतको दर्वगा जिला हर्यौलि घर भएकि २२ बर्षिय जुडि झा घाइते भएका छन् भने अरू सामान्य रहेको छ । उपचारको क्रमा भिमफेदी प्राथमिक स्वास्थ्य चौकिमा लगिएको हो । परिवारको ६...बाँकी

कञ्चनपुरमा गोली चल्यो,एकजनाको मृत्यु

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको ज्यान गएको छ । बिहीबार साँझबाट लगाइएको कर्फ्यू बिहान ५ बजे हटेपछि शान्त रहेको महेन्द्रनगर बजार क्षेत्रमा शुक्रबार साँझ अचानक भएको प्रर्दशनका क्रममा प्रहरीले हानेको गोली लागेर एक स्थानीय युवाको ज्यान गएको हो । गोली लागेर मारिएका युवकको पहिचान खुलिसकेको छैन ।...बाँकी

लागू औषध सहित दुईजना पक्राउ

मकवानपुर प्रहरीले लागू औषध सहित दुई जना पक्राउ परेका छन्। हेटौँडा उपमहानगरपालिका–१० बसपार्कबाट रौतहट राजदेबी नगरपालिका–५ बस्ने २४ वर्षीय अरुण गिरी र भारत बिहार मोतिहारी घोडासान बस्ने ३५ वर्षीय लालबहादुर गिरीलाई अवैध लागूऔषध गाँजा १० के.जी सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उनीहरुका बिरुद्ध अनुसंधान भइरहेको प्रहरीले जनाएको छ...बाँकी

प्रहरीद्वारा लागू औषध नष्ट

मकवानपुर प्रहरीले विभिन्न समयमा बरामद गरेका लागू औषध गाँजा जलाएर नष्ट गरेको छ। इलाका प्रहरी कार्यालय मनहरीले शुक्रबार दिउँसो मनहरी खोला किनारमा लगेर दुई क्वीन्टल ८ किलोग्राम गाँजा जलाएर नष्ट गरेको हो। गाँजाको बजार मूल्य २० लाख ८० हजार रुपैयाँ रहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ। ३ नम्बर प्रदेश...बाँकी