समाज

जिल्ला समन्वय समितिका अधिकृतमाथि छुरा प्रहार

जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि छुरा प्रहार भएको छ । गएराति आफ्नै निवासमा सुतिरहेको बेला उनी माथि छुरा प्रहार भएको हो । मन्थली नगरपालिका १ मच्छेडाँडीमा रहेको सुवेदीको निवासमा राति ९ बजेतिर मुखमा मास्क लगाएर पसेको अज्ञात व्यक्तिले छुरा प्रहार गरेको थियो । परिवारका सदस्यहरु घरका अन्य...बाँकी

निर्मला हत्याको नखुलेको पाटोः दिलिपको त्यो सर्ट

महेन्द्रनगर - कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आन्दोलनको रापमा छ । १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा प्रहरीले वास्तविक अपराधीलाई बचाउन खोजेको भन्दै व्यापारीहरुले स्वतःस्फूर्त रूपमा बजार–व्यवसाय बन्द गरेका छन् । आजको राजधानीमा यो समाचार छापिएको छ । प्रहरीले निर्मला हत्यामा संग्लन रहेको आरोपमा भीमदत्त नगरपालिका–१९ का ४१ वर्षीय दिलिपसिंह विष्टलाई मुख्य...बाँकी

व्यापार—व्यवसाय बढाउँदै सेना

कल्याणकारी योजनाक नामम नेपाली सेनाले नाफामुलक व्यापार व्यवसायमा लगानी बढाउन लागेको छ । नाफामुलक व्यापार व्यवसायमा सक्रिय बन्दै गएको आरोप खेपिरहेको सेनाले कल्याणकारी कोषम रकम व्यापारी प्रयोजनमा विस्तार गर्न लागेको हो । राष्ट्रिय सुरक्षाको प्रमुख अंग सेनाले सैनिक कल्याणकारी कार्यक्रमअन्र्तगत जगा प्लटिङ÷हाउजिङ निर्माण, सपिङ कम्प्लेक्स, इन्धनको ढुवनी आपुर्ति तथा विक्रीवितरण...बाँकी

स्थानीय पत्रपत्रिकाः प्रदेशमा ३ सय कर्मचारी घटाइयो, मुख्यमन्त्रीको कार्यतालिका सार्वजनिक

आज हामीलाई हेटौंडाबाट प्रकाशित हुने दुईवटा मात्र दैनिक पत्रिका प्राप्त भएको छ । हेटौंडा सन्देश र समृद्ध समाज दैनिकले ३ नम्बर प्रदेशका लागि ३ हजार ३ सय ४२ जना कर्मचारी आवश्यक रहेको मन्त्रिपरिषद्को निर्णय सम्बन्धी प्रसङ्गलाई प्राथमिकताका साथ छापेको छ । संघीय सरकारले प्रदेशको लागि निर्धारण गरेको कर्मचारी संख्यामा झण्डै...बाँकी

चट्याङले मकवानपुरमा चारजना घाइते

बुधबार बर्षासँगै परेको चट्याङका कारण चारजना स्थानीयहरु घाइते भएका छन् । चट्याङ लागेर जिल्लाको मनहरी ३ टुडे स्थित जगत बलको घरमा बसिरहेको अवस्थामा चट्याङ लागी उनीहरु घाइते भएका हुन्। चट्याङ लागेर स्थानीयहरु बिक्रम बल, पुर्ण माया भोलन ,कानछी माया रुम्बा र फुल माया घलान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...बाँकी

दुर्घटनामा तीजना घाइते

पश्चिम मकवानपुरको मनहरिको दुई स्थानमा बुधबार छुट्टै सवारि दुर्घटना हुदा ३ जना घाइते भएका छन् । हेटौडाबाट चितवन तर्फ जादै गरेको बोलेरोलाई चितवनबाट मनहरि तर्फ आईरहेको ट्रिपरले ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटना परि ना ४ च २९३७ नम्बरको बोलेरोमा सवार देबघाट २ का३९ वर्षिया देबी राना मगर र...बाँकी

आमाको कुटाइबाट छोरीको मृत्यु

आफ्नै आमाको कुटाइबाट आज एक बालिकाको मत्यु भएको छ । मृत्युहुनेमा विर्तामोड नगरपालिका–५ सुब्बा चोकका २७ वर्षीया हेमन्ता कुरुङ्वाङ (लिम्बू)की आठ वर्षीया छोरी सफलता रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विद्यालय पठाउने क्रममा कपाल कोर्न नमानेपछि आज बिहान आमा हेमन्ताले छोरी सफलतालाई लाठीले कुटपिट गर्दा गम्भीर घाइते भएकी...बाँकी

मनहरी गाउँपालिकामा पशुको कृत्रिम गर्भाधान निःशुल्क

पशुपालक किसानले पालेका गाइभंैसीको कृत्रिम गर्भाधानमा शतप्रतिशत अनुदान दिने मनहरी गाउँपालिकाले घोषणा गरेको छ । चालू आर्थिक बर्ष २०७५÷७६ को स्वीकृत बजेट तथा कार्यक्रममा पशुपालक किसानहरुका लागि यस्तो व्यवस्था गरिएको मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले जानकारी दिइन् । उनका अनुसार गाउँपालिकाभित्र पशुपालन गर्ने किसानहरुलाई प्रोत्साहन गर्नका लागि गाउँपालिकाले दुग्ध उत्पादक...बाँकी