वैतडीमा एक नगरपालिकाले विधुर (एकल पुरुष) लाई पनि मासिक भत्ता दिने भएको छ ।सामाजिक सुरक्षा भत्ता अन्तर्गत जिल्लाको मेलौली नगरपालिकाले ६० वर्षमाथिका विधुरहरुलाई मासिक एक हजारका दरले भत्ता वितरण गर्ने निर्णय गरेको हो ।नगरपालिकाभित्र केही त्यस्ता असहाय पुरुषहरु पनि रहेकोले उनीहरुलाई जीउन सहज होस् भनी आफूहरुले भत्ता दिने निर्णय गरेको...बाँकी
जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरीले विगत ४ महिनामा हराएको मोबाइल फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ । विगत ४ महिनामा विभिन्न कम्पनिका अन्दाजी पन्ध्र लाख दश हजार रुपैयाँ बराबरका १०० थान मोबाइल फेला पारी मोबाइल धनीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता नरेशकुमार सिंहले बताए ।...बाँकी
मकवानपुरका पुराना राजनीतीकर्मी गोविन्द पुडासैनीको आँखाको नानी संकलन गरीएको छ । हेटौडा उपमहानगरपालिका वडा नंं ४, निवासी पुडासनैनीको असामायिक निधन भएपछि उनका छोरा प्रविण पुडासनैनीले उहा“को आ“खाको नानी दान गरेका हुन् । हेटौडा सामुदायिक आँखा अस्पतालमा पहिलोपटक हेटौडा ४ खोपेगल्लीका रामकृष्ण श्रेष्ठको नानी संकलन गरिएको थियो । तत्पश्चात हेटौडा २...बाँकी
गाउँबासी सबैको आवास पुनःनिर्माण लाभग्राही सूचीमा नाम भएर पनि घर बनाउन नपाएपछि बेनिघाट रोराङ गाउँपालिका–२ पार्लाक, भैँसे र बाङकूर्तिका चेपाङ समुदाय आक्रोशित भएका छन् । भूकम्पले ध्वस्त भएको बस्तीमा पुनःनिर्माण प्राधिकरणबाट आएका प्राविधिक टोलीले घरको सर्वेक्षण गरेर गएपछि अनुदान सम्झौता भए पनि जग्गाको लालपूर्जा नहुँदा उनीहरूले घर बनाउन नपाएको पूर्णबहादुर...बाँकी
प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणी पौडेलले बकरइद मनाउने मुस्लिम समुदायमा शुभकामना ब्यक्त गरेका छन् । बुधबार एक शुभाकामना बक्तब्य जारी गर्दै पौडेलले आफ्नो प्रदेशमा रहेका सबै बकरइद मनाउने खासगरी मुस्लिम समुदायप्रति शुभकामना दिएको मुख्यमन्त्रीको निजी सचिव बद्री बहादुर पाठक प्रेषित मेलमा उल्लेख छ ।बाँकी
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्वागत टोल डेरा गरी बस्ने एक युवक मंगलबार मृत अवस्थामा फेला परेका छन् । धरान घर भइ हेटौंडा बस्दै आएका ४० वर्षीय राजु थापा सोही ठाउँस्थित आफ्नै मित नबिन मगरको घरको कोठामा मृत अबस्थामा फेला परेका हुन् । यस बिषयमा अनुसंधान जारी रहेको मकवानपुर...बाँकी
मुश्लिम धर्मावलम्बीले आफ्नो चाड बकर इद आज मनाउँदै छन् । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुश्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ । आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । त्यसैले बिहानैदेखि देशभरका मस्जिदमा भीड लागेकाे...बाँकी
मुगुको छायानाथ रारा ७ पिनाका असलबहादुर शाहीले जेठ पहिलो साता स्थानीय स्वास्थ्यचौकीमा आयोजित शिविरमा स्थायी बन्ध्याकरण गरे । त्यसको केही समयपछि उनले नगरपालिकाबाट ५ हजार रुपियाँ पाए । ‘नगरपालिकाले रकम दिन्छ भनेर बन्ध्याकरण गरेको होइन,’ ३० वर्षीय शाहीले भने ‘नगरपालिकाले सुविधा दिएपछि लिएँ, यसले अरुलाई पनि प्रोत्साहन मिलेको छ ।’...बाँकी