कारिता, इन्डोनेसिया, ९ पुस इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २८१ पुगेको छ । ज्वालामुखी विस्फोटपछि भीषण रुपमा आएको सामूद्रिक छालका कारण ठूलो जनधनको क्षति भएको विवरण प्राप्त भएको छ । इन्डोनेसियाका सुण्डा स्त्राइटको तटीय क्षेत्रमा स्थानीय समयानुसार शनिबार राति ९ः३० मा भएको...बाँकी
वासिङटन, ९ पुस सिरियाबाट अमेरिकी फौज फिर्ता गर्ने आदेशमा हस्ताक्षर भइसकेको अमेरिकी सैनिक अधिकारीहरुले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानबीच सैनिक रिक्तता हुन नदिने सहमति भएसँगै उक्त आदेशमा हस्ताक्षर भएको हो । गृहयुद्धबाट तहसनहस भएको सिरियाबाट एकाएक अमेरिकी फौज फिर्ता लैजाने अमेरिकी राष्ट्रपतिको...बाँकी
म्याडागास्करको राष्ट्रपतिको चुनावमा उठेका दुबै उम्मेदवारले आआफू विजयी भएको दाबी गर्नुभएको छ । हिन्द महासागरको टापुराष्ट्र म्याडागास्करमा सत्ताका लागि दुबै उम्मेदवारबीच कडा प्रतिस्पर्धा छ । दोस्रो चरणको यस चुनावमा दुबै उम्मेदवार आन्द्रे राजोलिना र मार्क राभालोमानानाबीच तीव्र प्रतिस्पर्धा छ । चुनावको नतिजा जसको पक्षमा आएपनि चुनावमा धाँधली भएको आरोप लाग्ने...बाँकी
चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेका अध्यक्ष केन हुले संयुक्तराज्य अमेरिका र विश्वका अन्य सरकारहरुलाई आफ्नो उत्पादनबाट सुरक्षा खतरा रहेको प्रमाण देखाउन चुनौती दिनुभएको छ । हुवावे टेक्नोलोजी लिमिटेडको मुख्यालयमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष हुले हुवावेका उत्पादनहरु कुनै “विचारधारा र भूराजनीतिक” धारणाबाट निर्देशित छन् भन्ने आरोपमा सत्यता नरहेको बताउनुभयो । उहाँले...बाँकी
चीनको सान्यमा सम्पन्न मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोले जितेको छ। ६८ औं मिस वर्ल्डको ताज मेक्सिकोका लागि भेनेसा पोन्स डी लिओनले पहिरिएकी हुन् । २६ वर्षिया मिस मेक्सिको भेनेसाले बेलारूस, यूगाण्डा, जमाइका तथा थाइल्यान्डका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा कब्जा जमाएकी हुन्। अन्तिम ५ मा छानिएका थाइल्याण्ड, युगाण्डा, मेक्सिको,...बाँकी
विगत ३६ वर्षदेखि मृत्युदण्ड सजायको पर्खाइमा रहेका एक व्यक्तिलाई बिहीबार अमेरिकाको टेनेसी राज्यमा करेन्ट लगाएर मृत्युदण्ड दिइएको छ । टेनेसीको नेसभिलस्थित कारागारमा ६१ वर्षीय डेभिड अर्ल मिलरलाई बिहीबार बिहानै करेन्ट लगाएर मृत्युदण्ड दिइएको अधिकारीहरुले जानकारी दिएका छन् । मिलरमाथि मानसिक रुपमा अशक्त एक महिलालाई कुटपिट र चक्कु प्रहार गरी हत्या...बाँकी
मात्र एक वर्षभित्र साना बालबालिकाहरुमा देखिने विकासक्रम बारेमा अभिभावकलाई जति कसलाई थाहा होला र ? एक वर्षको एक बालक मुस्किलले बामे सरिरहेको हुन्छ । त्यसको एक वर्षपछि ऊ तपाईंलाई समाउन हम्मे पर्ने गरि फुत्केर कुद्न थालिसकेको हुन्छ । त्यस्तै सधैँ यताउती हिँड्ने कि त कल्पनामा डुबिरहने र हरेक कुरामा ‘किन’...बाँकी
चीनका राष्ट्रपति सी जिनपिङले सोमबार पनामास्थित व्यापारिक समुदायसमक्ष चीन र पनामाबीच सहयोग र समन्वयको बृद्धिका लागि आग्रह गर्नुभएको समाचार छ । उहाँले पनामाको राजधानी पनामा सिटीमा आयोजित एक कार्यक्रममा त्यहाँका व्यापारिक समुदायलाई सम्बोधन गर्ने क्रममा दुई देशबीच सहयोग र समन्वयको बृद्धि गरी साझा विकासका साथ अघि बढ्न आह्वान गर्नुभएको प्राप्त...बाँकी