विश्वका करिब २०० राष्ट्रका प्रतिनिधि सहभागी रहेको राष्ट्रसंघीय जलवायु वार्ता आइतबारदेखि शुरू भएको छ । भयावह वातावरणीय जोखिमले विश्वको ध्यानाकर्षण गरिरहेको अवस्थामा छलफलका लागि जम्मा भएका प्रतिनिधिहरूले जलवायु परिवर्तनका कारण निम्तिएको जोखिम नियन्त्रणका लागि एक भएर अघि बढ्न विश्व नेताहरूलाई आग्रह गरेका छन् । जलवायु समस्याबारे छलफल हुने कोप २४...बाँकी
कम्बोडियामा लागू औषध दुव्र्यसनीको आरोपमा यो वर्ष १४ हजार ४८८ जना पक्राउ गरिएको छ । गत ११ महिनाको अवधिमा सात हजार २२९ ओटा घटनामा उनीहरुलाई पक्राउ गरिएको अधिकारीले जानकारी दिएका छन् । आन्तरिक मामिला मन्त्रालयको लागू औषध विरुद्धको विभागले शनिबार दिएको जानकारीअनुसार पक्राउ परेकामध्ये आठ हजार २२२ जना लागू औषध...बाँकी
जाकार्ता । एक सय ८८ जना यात्रु बोकेर उडेको जहाज समुद्रमा खसेको छ । इन्डोनेसियाको राजधानी जाकार्ताबाट उडे लगत्तै जहाज दुर्घटना भएको हो । जहाजका अवशेष र तेल समुद्रको पानीमा तैरिएका फोटोहरु सार्वजनिक भएका छन् । सम्पूर्ण यात्रुहरुको अवस्था अज्ञात छ । तर, यात्रुका आफन्तजनहरुमा भने रुवावासी सुरु भइसकेको छ...बाँकी
११ कात्तिक, काठमाडौं । अमेरिकाको पेन्सिलभेनियाको पिट्सबर्गमा एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । यहुदिहरुको बसोबास रहेको स्क्वीरिल हिल क्षेत्रमा बन्दुक आक्रमण भएको हो । अन्धाधुन्द गोली चलाएपछि उक्त व्यक्तिले आत्मसमर्पण गरेको बीबीसीले लेखेको छ । आक्रमणकारी ४६ वर्षीय रोबर्ट...बाँकी
एकजना १४ महिने नाबालिकाको बलात्कार भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातबाट ५० हजार भन्दा धेरै उत्तर प्रदेश-बिहारबासी लखेटिएका छन् । नाबालिकामाथि बलात्कारपछि असुरक्षित ५० हजार भन्द धेरै उत्तर भारतका बासिन्दाले १५ दिनमा गुजरात छाडेका हुन् । यसैक्रममा उत्तर भारतीय भागिरहेको समाचारबीच गुजरातको सुरतमा गया (बिहार) का एकजना युवकको रडले कुटेर...बाँकी
सामुद्रिक आँधी माइकल अमेरिकाको फ्लोरिडा राज्यको तटमा प्रवेश गरेको छ। यो आँधी खतरा श्रेणी ४ मा पुगेको छ, अर्थात् यो अत्यधिक खतरनाक आँधीको दर्जामा परेको छ। नेसनल हरिकेन सेन्टरअनुसार बुधबार अपराह्न उक्त आँधीले फ्लोरिडाको मेक्सिकोबीचबाट प्रवेश गरेको हो । फ्लोरिडाको गभर्नर रिक स्कटले यसलाई अकल्पनीय विनासको चेतावनी भएको बताए। यस...बाँकी
प्रजातान्त्रिक गणतन्त्र कंगोको मध्यक्षेत्रको एमबुजा ग्रामिण इलाकामा एउटा तेल ट्यांकर दुर्घटनापछि भएको आगलागीमा परी कम्तीमा ५० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।दुर्घटनापछि ट्यांकरबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्किएपछि नजिकैको गाउँमा फैलिदा ५० जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी दर्जनौँ मानिस घाइते भएका छन् । ठूलो धनराशी बराबरको भौतिक सम्पत्तीको...बाँकी
इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १ हजार ५७१ पुगेको छ । इन्डोनेसियाको सुलावेसी द्वीपको पालु शहरका एक हजारभन्दा बढी घर सुनामीका कारण डुबानमा परेको खोजी तथा उद्धार निकायका प्रवक्ता युसुफ लतिफले जानकारी दिनुभयो । भूकम्पमा फसेका व्यक्तिको जीवितै उद्धार गर्ने सम्भावना अब...बाँकी