भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई दिवंगत पत्नीको दाहसंस्कार गर्न अन्तरिम जमानतमा रिहा गरिएको सरकारी स्रोतले बताएको छ । शरिफकी पत्नी कुलसूम नवाजको मङ्गलबार लन्डनमा अर्बुध रोगका कारण निधन भएको थियो । कुलसूमलाई अस्पताल भर्ना गरेर पाकिस्तान फर्किएका नवाज शरिफ र उहाँकी छोरीलाई पक्राउ गरी भ्रष्टाचारको आरोपमा...बाँकी
भारतको तलंगनामा बस दुर्घटना हुँदा कम्तिमा ५३ जनाको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् । कोंडागट्टुको एक मन्दिरबाट जगित्याल तर्फ फर्किँदै गरेको बस दुर्घटनामा परेको हो । बसमा ८६ जना सवार थिए । दुर्घटनामा चालक श्रीनिवाससहित ५३ जनाको मृत्यु भएको सडक सुरक्षा प्राधिकरणका कृष्णा प्रसादले बताएका छन्...बाँकी
दक्षिण सुडानको मध्यभाग इस्टर्न लेक राज्यमा हवाई जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत १९ जनाको मृत्युभएको उक्त क्षेत्रका एक मन्त्रीले पुष्टि गरेका छन् । “आइतबार बिहान चालक दलका सदस्यसहित २३ यात्रु लिएर जुबाबाट इरोलतर्फ उडेको र इरोल नजिकै पुग्दा दुर्घटनाग्रस्त भएको क्षेत्रीय सूचनामन्त्री अबेल अगुकले बताउनुभयो । घटनामा चार जनालाई सकुशल...बाँकी
उत्तरी जापानको होक्काइदो द्वीपमा बिहीबार गएको ६।६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको सङ्ख्या १८ पुगेको अधिकारीहरूले जनाएका छन् । शुक्रबार जापानबाट प्राप्त समाचारमा यस भूकम्पबाट भवन भत्किएर र भूस्खलनमा परी १८ जनाको ज्यान गएको र अझै पनि अरू करिब २२ जना स्थानीय नागरिक बेपत्ता भएको जनाइएको छ । गत...बाँकी
बङ्गलादेशका पूर्वप्रधानमन्त्री तथा विपक्षी दलकी नेत्री खालिदा जियालाई बुधबार राजधानी ढाकाको अर्को जेलमा स्थानान्तरण गरिएको छ । भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहनुभएकी जियालाई सरकारले ढाका केन्द्रीय जेलमा स्थानान्तरण गरेको हो । ७३ वर्षकी उहाँले पाँचवर्षे जेल सजाय भोगिसक्नु भएको छ । उहाँलाई जेल सार्ने बेलामा ह्लिचियरबाट लगिएको थियो । राम्रोसँग...बाँकी
संयुक्त राष्ट्रले रुस र टर्कीलाई सिरियामा विद्रोहीको कब्जामा रहेको अन्तिम पकड क्षेत्र इदलिब प्रान्तमा सम्भावित विध्वंश रोक्नका लागि तत्काल कारवाही गर्न आदेश दिएको छ । सिरियाली राष्ट्रपति बशर अल असदको सेना रुसको समर्थनमा घना जनसंख्या भएको इदलिबमा आक्रामक सैन्य कारवाहीको योजना बुनिरहेको भन्ने खबर सार्वजनिक भएसँगै संयुक्त राष्ट्रले यस्तो चेतावनी...बाँकी
जापानमा गएको करिब २५ वर्षपछिकै ठूलो आँधी आएको छ । सो आँधीका कारण जापानमा ठूलो क्षति पुगेको बताइएको छ । ‘जेबी’ नाम दिइएको सो आँधी प्रतिघन्टा २१६ किलोमिटरको गतिमा आएको मौसमविद्हरुले जनाएका छन् । ठूलो वर्षात्सहितको आँधीको प्रकोपका कारण पश्चिमी जापानका कतिपय ठाउँमा पहिरो पनि गएको सरकारी अधिकारीले जनाएका छन्...बाँकी
लिबियाको राजधानी त्रिपोलीमा विद्रोही समूहसँगको लडाइँ चर्किएपछि संकटकाल घोषणा गरिएको छ । विद्रोहीसँग घमासान लडाइँ भएपछि संयुक्त राष्ट्र समर्थित सरकारले संकटकाल घोषणा गरेको बीबीसीले जनाएको छ । सरकारी सुरक्षाकर्मी र विद्रोहीबीचको लडाइँको क्रममा जेलबाट करिब ४ सय कैदी फरार भएका छन् । प्रहरीका अनुसार कैदीहरु आइन जारा भन्ने स्थानको जेल फोडेर...बाँकी