विश्व

म्यानमारद्वारा बालसैनिक रिहा

म्यानमारको सेनाले ७५ जना बाल सैनिकलाई रिहा गरेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ । चरणबद्धरुपमा बाल सैनिकलाई रिहा गर्ने क्रममा यस बर्ष पहिलो चरणमा उनीहरुलाई रिहा गरिएको समाचारमा जनाइएको छ । म्यानमारमा अहिले कति बालसैनिक छन् भन्ने एकिन तथ्याङ्क नभएपनि झण्डै पाँच लाख बाल सैन्य लडाकू रहेको अनुमान गरिएको छ...बाँकी

बस दुर्घटनाको जिम्मेवारी लिँदै ३ मन्त्रीद्वारा राजीनामा

नेपालमा दुर्घटना तथा प्राकृतिक प्रकोपका घटनाहरु भइरहन्छन् । कतिपय यस्ता घटना राज्यको कमजोरी तथा लापरवाहीले हुने गरेका भए पनि जिम्मेवार व्यक्तिले माफी माग्ने औपचारिकतासम्म देखाएको सुन्न पाइँदैन । तर विश्वमा केही यस्ता देश छन् जहाँ उच्च राजनीतिक संस्कार देखाइन्छ । हामीले साना ठानेका घटनाहरुलाई गम्भीरतापूर्वक लिँदै मन्त्री तथा जिम्मेवार व्यक्तिले...बाँकी

लिबियामा सत्ता घटककै दुई समूहको भडप, २७ जना मारिए

 लिबियाको राजधानी त्रिपोली नजिकै भएका विभिन्न घटनामा परी कम्तीमा २७ जना मारिएका छन् । केही दिनदेखि भएका ती घटनाका कारण अन्य १०० जना घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । सरकारमै सम्लग्न दुई प्रतिस्पर्धी समूहहरुबीच भएको भिडन्तमा उनीहरु मारिएका हुन् । झडपमा मृत्यु भएका लडाकू र घाइतबारे स्वास्थ्य मन्त्रालयले...बाँकी

भारतमा भएको दुर्घटनामा दशको मृत्यु

 भारतको गुजरातमा भएको दुर्घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ । यात्रु सहितको कार र ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले सोमबार जनाएका छन् । राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने सुरत जिल्लाको बालेश्वर गाउँमा दुर्घटना भएको समाचारमा जनाइएको छ । “विपरित दिशाबाट आइरहेका कार र...बाँकी

केरलाको बाढी, पहिरोमा मृत्यु हुनेको संख्या ४४५

 भारतको दक्षिणी राज्य केरलाको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको संख्या आइतबारसम्म ४४५ पुगेको छ । पानीको सतह घट्दै गएसँगै खोजी गर्दा पछिल्लो पटक ४५ जनाको शब भेटिएको अधिकारीहरुले जनाएका छन् । राज्यका झण्डै १० लाख मानिसले अझै पनि अस्थायी राहत शिविरहरुमा आश्रय लिइरहेका छन् । बाढीमा हराइरहेका मानिसको खोजपडताल जारी...बाँकी

अमेरिकी विदेशमन्त्रीको उत्तर कोरिया भ्रमण स्थगित

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोको उत्तर कोरिया भ्रमण स्थगित भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा भ्रमण स्थगित भएको बीबीसीले जनाएको छ । ट्रम्पका अनुसार कोरियाली प्रायद्वीपलाई परमाणु हतियार मुक्त गर्ने निर्णयमा प्रयाप्त प्रगति भइसकेको छैन । यद्यपि जून महिनामा ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ्ग उनसँग भेटवार्ता भएपछि उत्तर कोरियाबाट...बाँकी

पेरिसको सडकमै आमा र छोरी मारिए

फ्रान्सको राजधानी पेरिसको एक उपनगर ट्राप्पेजमा बिहिवार एकजना मानिसले सडकै आफ्नी आमा र बहिनीके हत्या गरेको प्रहरीले जनाएके छ । सो घटनामा उनको पनि प्रहरी हस्तक्षेपमा ज्यान गएको बताइएको छ । फ्रान्सका गृहमन्त्री गरार्ड कोल्लोमवले यस घटनालाई आतंककारी हमलाको रुपमा नहेरिएको जानकारी दिएका छन् ।अतिवाद ीमुशिल समुह इस्लामिक स्टेट (...बाँकी

उत्तर कोरियाको जनसंख्या २ करोड ५६ लाख

 उत्तर कोरियाको जनसंख्या यसवर्ष एक लाखले वृद्धि भई २ करोड ५६ लाख पुगेको अमेरिकास्थित विश्व जनसंख्या ब्यूरोले जनाएको छ । रेडियो फ्री एसियाका अनुसार सन् २०१८ को विश्व जनसंख्या विवरणमा अहिलेकै स्थितिमा जनसंख्या वृद्धि भए उत्तर कोरियाको जनसंख्या सन् २०३० मा २ करोड ६७ लाख पुग्नेछ । सन् २०३० पछि...बाँकी