हेटौंडाः मकवानपुर जिल्लामा अझै औलो रोग रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा यो आर्थिक वर्षमा २ जनालाई औलो रोग भेटिएको छ । ३ नम्बर प्रदेशको स्वास्थ्य निर्देशनालयले विश्व औलो रोग दिवसको पुर्वसन्ध्यामा गरेको अन्र्तक्रिया कार्यक्रममा जिल्ल जनस्वास्थ्यले दिएको जानकारी अनुसार मकवानपुरमा आर्थिक वर्ष ०७२/७३ मा ११ जना,...बाँकी
हेटौंडा ११ स्थित सिमलटार टोल विकास संस्थाको सातौं साधरणसभा शनिबार भएको छ । हेटौंडा ११ नम्बर वडाका अध्यक्ष गोकर्ण पराजुलीको प्रमुख आतिथ्यतामा भएको साधरणसभामा हेटौंडा उपमहानगरपालिकाका शाखा अधिकृत हिम प्रसाद पौडेल, टोल विकास संस्था नगर समन्वय समितिका सचिव देव कुमार श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरका नेता प्रकाशचन्द्र पाण्डे, कमलचन्द्र...बाँकी
समाजमा हुने बिकृति र बिसंगती बिरुद्ध अभियान सञ्चालन गर्दै आएको पुष्पाञ्जली आमा समुहले बनभोज तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । हेटौंडा ९ मा रहेको उक्त समुहले शनिबार हेटौंडाको बनस्खण्डी मन्दिरमा बनभोज तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । तिहारमा देउसी भैलो कार्यक्रमबाट संकलित रकमले बनभोज तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको...बाँकी
काठमाडौँको ब्यस्त क्षेत्र सुन्धाराका व्यवसायीहरुले तीज विशेष कार्यक्रम गरेका छन् । सुन्धारा होटल व्यवसायी संघले हरितालिका तीजको अवसरमा दरखाने कार्यक्रम आयोजना गर्नुका साथै आफ्नो कार्यालय भवनको समेत उद्घाटन गरिएको हो । कार्यक्रममा सुन्धाराका व्यवसायीहरुले धरहरा छिटो भन्दा छिटो निर्माण गर्न माग गरेका थिए । ऐतिहासिक सम्पदाको रुपमा रहेको धरहरा नहुदाँ...बाँकी
सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगर र पशुपतिनगर हेल्थ क्लवको आयोजनामा शनिबार जनचेतनामुलक तीज कार्यक्रम भएको छ । हेटौंडा ९ स्थित औद्योगिक क्षेत्रको खेल मैदानमा सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम विष्ट र पशुपतिनगर हेल्थ क्लवका प्रचण्ड प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान...बाँकी
विधुत् चोरी गरेको आरोपमा प्रहरीले महोत्तरी जिल्लाको विभिन्न स्थानबाट गर्ने २८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार नेपाल विद्युत् प्राधिकरण जिल्ला शाखाको आग्रहमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रहरी टोलीले बिहीबार साँझ सदरमुकाम जलेश्वरसहित विभिन्न ठाउँमा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको...बाँकी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध अखिल नेपाल सेक्युरेटी मजदुर संघले न्युनत बेतन लागु गर्न उद्योगी तथा सेक्युरेटी सप्लायर्सहरुको ध्यानाकर्षण गराएको छ । आज बिहीबार हेटांैडामा पत्रकार सम्मेलन गर्दै संघले श्रम ऐन २०७४ भदौ १९ गतेदेखि र श्रावन १ गतेदेखि न्युनतम पारिश्रमिक १३ हजार चारसय ५० लागु गर्न माग गरेको हो...बाँकी
मकवानपुरको पश्चिमी राक्सिराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साललाई एक कार्यक्रमकाबीच बिदाई गरिएको छ । उनको तनहुँस्थित बन्दिपुर गाउँपालिकामा सरुवा भएको हो । लम्साललाई गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिम्डुङले मायाको चिनो प्रदान गरी बिदाई गरेका थिए । उनले राक्सिराङ बस्दा सबै पक्षको सहयोग प्राप्त भएको भन्दै सबैलाई...बाँकी