अर्थ समाचार

मेलम्चीको काम तत्काल अघि बढाउन सरकारलाई निर्देशन

 संसदीय समितिले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकि काम तत्काल अघि बढाउन सरकारलाई कडा निर्देशन दिएको छ। समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले मेलम्ची खानेपानी आयोजनाको बाँकि काम तत्काल अघि बढाउन खानेपानी मन्त्रालयलाई कडा निर्देशन दिएको हो। काठमाडौं उपत्यकाबासीको प्रतिक्षाको विषय बनिरहेको मेलम्ची खानेपानी आयोजनाको बाँकि कामलाई तत्कालअघि बढाउन सरकारलाई पुनः निर्देशन...बाँकी

कुलमानको अर्को सफलता, खलंगामा पहिलोपटक नेपालको आफ्नै बिजुली

दार्चुलाको सदरमुकाम खलंगामा पहिलोपटक नेपालको आफ्नै बिजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणले बलाँच–खलंगा ३३ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी यो लाइन बुधबारबाट सञ्चालनमा ल्याएको हो । यससँगै अब खलंगा नेपालकै विद्युत् प्रणालीमा समेटिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दार्चुलाको जिल्ला सदरमुकाममा राष्ट्रिय ग्रिड पुर्‍याइ आफ्नो उत्पादनबाटै...बाँकी

बजेट अभावका कारण क्यानसरका बिरामीले पाएनन् सहायता रकम

 सरकारले क्यान्सरका बिरामीलाई दिँदै आएको एक लाख रुपैयाँसम्म सहयोग रकम पाँच महिनादेखि रोकेको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौंधरीले बजेटको अभावमा पाँच महिनादेखि क्यान्सर रोगीहरुलाई दिने गरिएको एक लाख आर्थिक सहायता पनि रोक्का गरिएको बताइन् । “हाल बजेट अभावका कारण क्यान्सरका...बाँकी

 खाली ठाउँमा फलफूल रोप्न स्थानीय सरकारलाई प्रधानमन्त्री कार्यालयको निर्देशन

सरकारले देशभरका स्थानीय तहलाई मातहतका खाली जमिनमा फलफूलका बिरूवा रोप्न निर्देशन दिएको छ। देशलाई फलफूलमा आत्मनिर्भर बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणालाई कार्यान्वयनमा ल्याउन अहिले ‘एक नेपाली एक फलफूलका बिरूवा रोपण’ अभियान नै चलाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार ७५३ वटै स्थानीय तहलाई पत्राचार गरेर फलफूल बिरूवा...बाँकी

कुलेखानीमा कुलमानको आक्रोशः ठेकेदारलाई कालोसूचीमा राख्ने चेतावनी

नेपाल विद्युत प्राधिकरणले मकवानपुरमा निर्माण गरिरहेको १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको संरचना तथा उपकरणको परीक्षण १५ दिनभित्रमा सकिने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा आयोजना निर्माणस्थलमा शनिबार आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीबीच विद्युत् उत्पादन सुरु गर्नुभन्दा पहिला गर्नु पर्ने सम्पूर्ण परीक्षण १५ दिनभित्रमा सम्पन्न गर्ने...बाँकी

सस्तो हुनुपर्ने बेला महँगिँदै इन्टरनेट

इन्टरनेट दस्तुरलाई वाषिर्क आयको ५ प्रतिशतमा झार्ने लक्ष्य राखे पनि सरकारकै नीति नियमले झन महँगिने भएको छ । सन् २०१८ सम्म हासिल गर्ने भनी ब्रोडब्यान्ड नीतिमा उल्लेख गरिएको उक्त लक्ष्य अहिलेसम्म हासिल भएको छैन । नेपालीको वाषिर्क औसत आय एक लाख रुपैयाँभन्दा केही मात्रै बढी छ । इन्टरनेटको वाषिर्क शुल्क त्यसको ५ प्रतिशतमा...बाँकी

बजेट निर्माणको लागि योजना मन्त्रालयद्वारा सुझाव संकलन

हेटौंडा / तिन नम्बर प्रदेशको आर्थिक वर्ष २०७६।७७ को बजेट निर्माणको लागि तिन नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा आज अन्तरक्रिया एवं छ्लफल भएको छ । बजेट निर्माणको लागि संवद्व विभिन्न क्षेत्रका व्यक्ति, सस्थाका पदाधिकारीहरु विच छ्लफल भएको हो । सञ्चार क्षेत्रको अवस्था वारे बोल्दै हरि हुमागाईले स्थानीय तहको...बाँकी

मन्दिर बनाउन १६ करोडको बजेट, सुदुरपश्चिम सरकारले योजना बनाउदा मनपरी गरेको आरोप

सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा करिब १६ करोड रुपैयाँ मठ मन्दिर बनाउनमा खर्च गर्न लागेको पाइएको छ । प्रदेशका ९ वटा जिल्लामा करिब तीन सय मन्दिर बनाउन १६ करोड रकम खर्च गर्न लागेको हो । मन्दिरमा बजेट छुट्याएकोमा विपक्षी दलहरुले भने् विरोध जनाएका...बाँकी