इटालियन कम्पनी सीएमसी कोअपरेटिभा मुराटोरी ई केमेन्टिस्टीलाई आफूले तिर्नुपर्ने कर पनि नतिरी भागेको खुलेको छ । मेलम्ची आयोजना बीचैमा छाडेको इटालियन कम्पनीले ठूला करदाता कार्यालयमा बुझाउनुपर्ने करिब १८ करोड बराबरको कर नतिरेको हो । ठूला करदाता कार्यालयले सीएमसीलाई कर तिर्न आउन आह्वान गर्दै सार्वजनिक सूचना जारी गरेको कार्यालयका प्रमुख धनिराम...बाँकी
हेटौंडा : गैरआवासीय नेपाली संघले प्रदेश तीनमा आधुनिक कृषि बजार निर्माण गर्ने समझदारी गरेको छ । उक्त परियोजना निर्माणको लागि आज भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र गैरआवासीय नेपाली संघबीच समझदारी (एमओयु) भएको मन्त्रालयका प्रवक्ता निर्मल गदालले बताए । दुई अर्ब रुपैयाँ बढि खर्चेर ‘मुना आधुनिक कृषि बजार’ नाम...बाँकी
भूकम्पपछिको पुर्ननिर्माणको लागि भारतले दिएको ७५ अर्ब रुपैयाँ ऋण रकममध्ये १५ अर्ब रुपैयाँ स्वास्थ्य तथा शिक्षा क्षेत्रका भवन निर्माणका लागि खर्च भएपनि बाँकी ६० अर्ब रुपैयाँ सरकारलाई नै फिर्ता दिन लागिएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले जनाएको छ। भूकम्पपछि भारतले नेपाललाई १ खर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो। जसमध्ये २५ अर्ब...बाँकी
ग्रेटर नेपालका अभियान्त फणिन्द्र नेपाल चेक बाउन्स प्रकरणमा पक्राउ गरेका छन् । घरधनी नरेश कुमार नेपाउनेले नेपालले दिएको ६ लाखको चेक बाउन्स गरेपछि उनलाई गौशालबाट महानगरीय प्रहरी परिसरबाट पक्राउ गरिएको हो । नेपालले भने आफूलाई षड्यन्त्र पूर्वक फसाइएको भन्दै फेसबुकमा लेखेका छन् । घर भाडा बापत ६ लाखको चेक दिएको...बाँकी
असारदेखि पाइपलाइनबाटै नेपाल आयल निगमको अमलेखगन्ज डिपोमा तेल भित्र्याउन तयारी थालिएको छ । पाइपलाइन रुटभित्र परेको पर्सा राष्ट्रिय निकुञ्जको साढे ५ किलोमिटर जंगल क्षेत्रका रूख कटान भइसकेका छन् । अब साढे ३ किलोमिटर जंगल क्षेत्रको रूख काट्न मात्र बाँकी छ । भारतीय सिमानादेखि अमलेखगन्जसम्म ३६ किलोमिटरमध्ये ३१ किलोमिटरसम्म पाइपलाइन बिछ्याउने काम पूरा भएको...बाँकी
लगानी सम्मेलनमा प्रस्तुत गरिएका ७७ योजनामध्ये वैशाख ७ गतेसम्म २६ परियोजनाका लागि मात्र आवेदन परेको छ । लगानी सम्मेलनमा प्रस्तुत गरिएको बाहेक अन्य ५ परियोजनाका लागि पनि लगानी प्रस्ताव आएको लगानी बोर्डले जानकारी दिएको छ । यी सबै ३१ परियोजनामा २५ खर्ब रुपैयाँ भन्दा बढीको लगानी प्रस्ताव भएको छ ।...बाँकी
अर्थ मन्त्रालयले बजेट खर्च गर्न नसक्ने अवस्था देखिएको भन्दै अर्थले नसक्ने भए अहिले नै आत्मसमर्पण गरिहाल्न आग्रह गरेको छ । मन्त्रालयले बजेट खर्च गर्न नसक्ने भए आत्मसमर्पण गरिहाल्न मन्त्रालयहरुलाई आग्रह गरेको हो । बजेट खर्च चाँडै गर्न र गर्न नसक्ने भए सरेन्डर गरिहाल्न मन्त्रालयलाई आग्रह गर्ने निर्णय भएको एक सहसचिवले...बाँकी
मुलुकभरका स्थानीय तहहरुले गत आर्थिक वर्ष केन्द्र सरकारबाट उपलब्ध वित्तीय समानीकरण अनुदानको रकम मनलाग्दी खर्च गरेको पाइएको छ। महालेखापरीक्षक कार्यालयको ५४औं प्रतिवेदनले आर्थिक वर्ष ०७४/७५ मा स्थानीय तहलाई उपलब्ध गराएको समानीकरण अनुदान सवारी साधन खरिददेखि जनप्रतिनिधिको सेवा सुविधालगायतमा खर्च गरेको औंल्याएको छ। प्रतिवेदन अनुसार स्थानीय तह आर्थिक अनुशासनमा पूरै चुकेको...बाँकी