अर्थ समाचार

अब ब्यापारीका तनाबका दिन गए,आइसिपी संचालनमा आयो

अन्तर्रा्ष्ट्रिय व्यापार र भन्सार सहजीकरणका लागि निर्मित बहुप्रतिक्षित एकीकृत जाँच चौकी (आईसीपी) शनिबार एक कार्यक्रम विच उद्घाटन भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्रमोदीले शनिबार दिल्लीबाट संयुक्त रुपमा आईसीपीको उद्घाटन गर्नु भएको हो ।सन् २०११ मा दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ् सुरु भएको...बाँकी

समाचार लेख्दा संघको जागिर सकियो

मकवानपुर उद्योग बाणिज्य संघका एक कर्मचारीले सञ्चारमाध्यममा काम गरेका कारण जागिर छोड्न बाध्य भएका छन् । संघमा कार्यक्रम अधिकृतको रुपमा डेढ वर्षदेखि कार्यरत देवराज पन्तले बिभिन्न गलत विषयका बिरुद्ध समाचार लेखेका कारण संघबाट राजिनामा दिनुपरेको हो । पत्रकारिता तथा आम सञ्चारमा स्नातकोत्तर गरेका पन्त न्युज २४ टेलिभिजनका मकवानपुर टिभि जर्नालिष्ट ...बाँकी

फेरि बढ्यो इन्धनको मुल्य

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजार अनुसार इन्धनको मूल्य समायोजन गरेको छ । बृद्धि भएको मूल्य आज मध्यराति १२ बजेबाट लागु हुने आयल निगमले जनाएको छ । पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढेको छ । अब पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १ सय ५ रुपैयाँ पुगेको छ भने मट्टितेल...बाँकी

औषधि खरिद ठप्प, बिरामीले सिटामोलसमेत पाएनन्

काठमान्डौँ ÷१९चैत अन्नपूर्ण पोस्ट दैनिकले आज स्थानीय तहका लागि औषधि खरिद गर्न सरकारले २५ करोड विनियोजन गरे पनि समयमै पठाउन नसक्दा जिल्लामा औषधि अभाव भएको लेखेको छ । केन्द्रमा औषधि खरिदका लागि सरकारले एक अर्ब पाँच करोड रुपैयाँ विनियोजन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेढ महिनादेखि विनियोजित रकम...बाँकी

देउवा सरकारको झुटः भूकम्पपीडितलाई थप १ लाख अनुदान हल्ला मात्रै

काठमान्डौँ ÷१९चैत शेरबहादुर देउवा नेतृत्वको सरकारले भूकम्पपीडित र बाढीपीडितलाई थप १ लाख अनुदान दिने निर्णय गरेको भनेर झुट बोलेको खुलेको छ । गत १० माघको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितले पाउने अनुदान रकम ३ लाखबाट बढाएर ४ लाख पुर्याउने निर्णय भएको सार्वजनिक गरिएको थियो । तर, मन्त्रिपरिषद्को माइन्युटमा यो निर्णय उल्लेख नगरिएको नयाँ पत्रिका...बाँकी

सिञ्चाई कुलो मर्मत भएपछि स्थानीय हर्षित

मकवानपुर÷ १८ चैत्र बाढी र पहिराले पुरेर अवरुद्ध भएको मकवापनुरको पुर्वी भेगको सबैभन्दा ठुलो सिञ्चाई कुलो पँच वर्षपछि मर्मत भएको छ। करिव ९ किलोमटिर लम्बाई रहेको उक्त सिञ्चाई कुलो करिव ५ लाखको लागतमा र्मत भएपछि स्थानीयमा खुसी छाएको छ। राईगाउँ सिञ्चाई आयोजना जल उपभोक्ता समितिका अध्यक्ष प्रेम बहादुर राइका अनुसारबजेट...बाँकी

अब फोन नकाटिने

नेपाल टेलिकमको मोबाइलमा कुरा गर्दागर्दै ‘ब्यालेन्स’ सकिएर फोन काटिने समस्या अब समाधान भएको छ । नेपाल टेलिकमले शुक्रबारदेखि सापटी लिन मिल्ने सेवाअन्तर्गत आफ्ना  नमस्ते प्रिपेड मोबाइल प्रयोगकर्तालाई यस्तो सुविधा प्रदान गरेको हो । टेलिकममा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले ‘नमस्ते क्रेडिट सेवा’को उदघाटन गरे ।   अब...बाँकी

शिवम सिमेन्टले ५२ करोड रुपैंया वरावरको सेयर जारी गर्ने

मकवापनुर/१५ चैत हेटौडाको हटियामा रहेको शिवम सिमेन्टले ५२ करोड रुपैंया वरावरको ५२ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले स्थानीय बासिन्दाको लागि आठ करोड ८० लाख रुपैयाँ (आठ लाख ८० हजार कित्ता) सेयर जारी गर्ने भएको छ । उद्योग प्रभावित क्षेत्र हेटौडाको हटिया लगायतका क्षेत्रका...बाँकी