मकवानपुरको पश्चिमी बिकट कैलाश गाउँपलिकामा पहिलो पटक बैंक खुलेको छ । कैलाश–३ कालिकाटारमा सानिमा विकास बैंकले ६५ औं शाखा खोलेको हो । बैंकको गाउँपालिका अध्यक्ष टंक मोक्तानले रिबन काटेर उद्घाटन गरे । बैंक उद्घाटन गर्दै अध्यक्ष मोक्तानले अब गाउँपालिकाबाट चेक बुझेर पैसा साट्न हेटौंडासम्म धाउनुपर्ने दिन अन्त्य भएको बताए ।...बाँकी
हेटौंडा औद्योगिक क्षेत्रस्थित प्रोजियोकेम इन्डष्ट्रिज प्रालिबाट मजदुर निष्काशन गर्न सञ्चालक आनन्द बगरियाले उद्योगको प्लान्ट स्थानान्तरणको नाटक रचेका छन् । बाराको बहुअरीमा रहेको प्रोजियोकेम प्रालिको हेटौंडास्थित शाखा उद्योगबाट एउटा प्लान्ट पुनः बारा लैजाने बाहानामा मजदुर निष्काशन गर्न लागिएको हो । डेढ वर्ष अघि हेटौंडा औद्योगिक क्षेत्रस्थित एभरेष्ट पोलिमर्स खरिद गरेका बगरियाले...बाँकी
हेटौंडा । आफ्नै ढुङ्गा खानी रहेको दावी गरेर प्रचारवाजी गरी ग्राहकलाई भ्रममा पार्दै आएको शिवम् सिमन्ट उद्योगका कर्तुतहरु बाहिर आएका छन् । कहिले ५० किलो बोरामा ४८ किलो मात्र सिमेन्ट रहेको त कहिले नजम्ने सिमेन्ट उत्पादन गरेको विषयमा विवादमा आइरहने शिवम् सिमन्टले सिमेन्ट बनाऊने किल्ङकर भारतबाट ल्याउने गरेको छ ।...बाँकी
मुलुकको सातै प्रदेश मध्ये प्रदेश नम्बर तीनका व्यक्तिको प्रतिव्यक्ति आय सबैभन्दा बढी देखिएको छ । यो प्रदेशका एक व्यक्तिले वार्षिक १५ सय ३४ डलर कमाउने गरेको तथ्यांकले देखाएको छ । देशको कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा बढी योगदान प्रदेश नम्बर ३ को रहेको छ । प्रदेशगत अर्थतन्त्रको आकारमा निकै ठूलो भिन्नता...बाँकी
सोमबार केही बढेको सेयर बजार मंगलबार भने सामान्य अंकले घटेको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १.९३ बिन्दुले घटेर एक हजार २३९.२६ बिन्दुमा पुगेको छ। यस्तै 'क' वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.६४ बिन्दुले घटेर २६०.४७ बिन्दुमा पुगेको छ। आज कूल १६० कम्पनीको नौ लाख ४७ हजार ३९३ कित्ता शेयर...बाँकी
भीमफेदी गाउँपालिकाको सानुटारमा १० वर्षअघिदेखि निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत आयोजनाको निर्माणमा ढिलाई भएको छ । ४४ महिनामा निर्माण पूरा गर्ने लक्ष्यका साथ सन् २००८ को अप्रिल अर्थात २०६४ सालबाट सुरु भएको आयोजनाको निर्माण कार्य १० वर्ष बितिसक्दा पनि पूरा भएको छैन । चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशनले सिभिलतर्फको काम र...बाँकी
मकवानपुरको इन्द्रसरकोमा रहेको ३२ मेगावाट जडित क्षमताको कुलेखानी दोस्रो जलविद्युत केन्द्रको एउटा युनिट (१६ मेगावाट) को जेनेरेटरमा समस्या देखिएको छ । युनिट दुईको जेनेरेटरको ‘स्टेटर वाइन्डिङ’मा समस्या देखिएपछि २० जेठदेखि केन्द्रबाट १६ मेगावाट विद्युत उत्पादन बन्द छ । ‘स्टेटर वाइन्डिङ’को मर्मत गर्नु पर्ने भएकाले कुलेखानी पहिलो र दोस्रो जलविद्युत केन्द्रबाट...बाँकी
साढे ३३ किलो सुन गायब प्रकरण र विमानस्थलबाट हुने सुन तस्करी मुद्दामा पक्राउ परेका आरोपीबीच एकआपसमा पोलापोल मात्रै हुनुले अनुसन्धान दायरा खुुम्चिने संकेत देखिएको छ। तथ्यपरकको सट्टा परम्परागत शैलीको अनुसन्धान भइरहेका कारण अनुसन्धानको दायरा खुम्चिने सम्भावना बढ्दै गएको तर्क पूर्व सुरक्षा अधिकारी तथा अनुसन्धानका अनुभवीहरुको छ। मुख्य आरोपी भनिएका चूडामणि...बाँकी