स्वास्थ्य र जीवनशैली

मौसम आजदेखि सुधार हुँदै जाने

केही दिन यतादेखि न्यून चापीय प्रणालीबाट प्रभावित मौसम आजदेखि सुधार हुँदै जाने भएको छ । सो प्रणाली पश्चिमी भूभागबाट बाहिरिने क्रम शुरु भएकाले क्रमशः सुधार हुँदै  जाने मौसमविद् मीनकुमार आर्यालले जानकारी दिनुभयो । हाल देशको प्रदेश नं ५, कर्णाली , गण्डकी , वाग्मती प्रदेश, प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको...बाँकी

दाङमा १० जना डिस्चार्ज, कोरोना जित्नेको संख्या ३७५ पुग्यो

दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० सङ्क्रमित कोरोना जितेर घर फर्केका छन्। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। सर्वेश शर्माका अनुसार बाँकेका पाँच, कपिलवस्तु र दाङका दुईरदुई तथा बर्दियाका एकजना गरी १० जना संक्रमित घर फर्किएका हुन्। तीमध्ये केहीलाई कोरोना रिपोर्ट नेगेटिभ आएको र केहीलाई भने लक्षण नै नदेखिएपछि घर फर्काइएको अस्पतालले...बाँकी

साढे दुई महिनापछि तोकियो सुनको भाउ, तोलाको पुग्यो ८७ हजार ४ सय रुपैयाँ

नेपाल सुन चाँदी व्यवसायी महासंघले साढे दुई महिनापछि सुन(चाँदीको मू्ल्य तोकेको छ।लकडाउन लागू भएदेखि अर्थात चैत ११ गतेदेखि कारोबार बन्द भएको सुन(चाँदीको मूल्य आइतबार तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघका प्रवक्ता मनोजकुमार साहले जानकारी दिए। आइतबार प्रतितोला सुनको मूल्य ८७ हजार ४ सय रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ। यसअघि...बाँकी

हेटौंडा उपमहानगरपालिकाले विद्यालयहरुलाई उपचार सामाग्री वितरण

हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रका सवै सामुदायिक विद्यालयका लागि प्राथमिक उपचार सामग्री वितरण गरेको छ । चालु आर्थिक वर्षको नियमित कार्यक्रमअन्तर्गत विद्यालयलाई प्राथमिक उपचार सामग्री वितरण गर्न सुरु गरेको हो । हेटौंडा उपमहानगरक्षेत्रका ७७ वटै विद्यालयलाई आजबाट प्राथमिक उपचार वाकस वितरण गर्न सुरु गरेको हो । प्राथमिक उपचारका लागि आवश्यक औषधीसहितको...बाँकी

मनहरी गाउँपालिकाको रजैयामा पक्कि पुल बन्ने

वर्षायाममा राप्ती खोलाको बाढीका कारण ढुवानी र आपूर्तिमा समस्या भोग्दै आइरहेका मनहरी गाउँपालिका वडा नं ५ का बासिन्दाले समस्याबाट मुक्ति पाउने भएका छन् । मनहरी गाउँपालिका–९ रजैयाबाट मनहरी गाउँपालिका–५, दरदरा जोड्ने पुल निर्माण निश्चित भएसँगै स्थानीयमा खुसियाली छाएको छ । आगामी आर्थिक वर्ष २०७७र७८ का लागि राष्ट्रिय योजना आयोगले प्राथमिकतामा...बाँकी

वीरगञ्जमा लकडाउन खुकुलो, बढ्यो सर्वसाधारणको चहलपहल

पर्सा : स्थानीय प्रशासनको अनुमतिले बजारमा रहेका पसल खुला भएपछि देशकै आर्थिक राजधानी मानिएको वीरगञ्ज बजारमा सर्वसाधारणको चहलपहल बढेको छ। लकडाउनलाई खुकुलो बनाउँदै जिल्ला प्रशासन कार्यालय पर्साले जोरबिजोर पद्धतिमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म पसल सञ्चालन गर्न अनुमति दिएपछि वीरगञ्ज बजारमा सर्वसाधारणको चहलपहल बढेको हो। समाजिक दूरीलाई कायम राख्दै...बाँकी

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

विश्वमा कोरोना संक्रमणको महामारीबाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ। पछिल्लो तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख १ हजार ६०७ जना पुगेको हो। संसारभर ६९ लाख ६६ हजार ४१२ जना कोरोना भाइरसबाट संक्रमित छन्। त्यस्तै अहिलेसम्म विश्वभर ३४ लाख ४ हजार ४१५ जना ठिक भएका छन्। अमेरिकामा १९...बाँकी

बागमती प्रदेशले विश्व विद्यालय सञ्चालन गर्ने

वागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटमा शिक्षालाई विशेष जोड दिने भएको छ। प्रदेश सरकारले प्रदेश विश्वविद्यालय सञ्चालनको कानूनी तथा संस्थागत संरचना व्यवस्था गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी तयारी थालेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ। यसबाहेक प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत ‘वागमती प्रदेशको इच्छा, छोरीबुहारीलाई...बाँकी