स्वास्थ्य र जीवनशैली

मल माग्दै हेटौंडामा प्रदर्शन

हेटौंडा — मल नपाएको भन्दै आक्रोशित किसानहरुले हेटौंडामा सरकारविरुद्ध प्रदर्शन तथा नाराबाजी गरेका छन् । सोमबार मल लिन हेटौंडा बजारको मल बिक्री केन्द्रमा आएका किसानले मल नपाएपछि हेटौंडा बजारको बुद्धचोकमा जम्मा भएर सरकारविरुद्ध प्रदर्शन तथा नाराबाजी गरेका हुन् । उनीहरुले नाराबाजी गर्दै तत्काल पर्याप्त मल उपलब्ध गराउन मागसमेत गरेका छन्...बाँकी

सुत्केरीको मृत्यु भएपछि भक्तपुर अस्पतालका सबै सेवा बन्द

भक्तपुर : सुत्केरीको मृत्यु भएपछि भक्तपुर अस्पतालको सबै सेवा बन्द गरिएको छ। सुत्केरी व्यथाले च्यापेर आइतबार साँझ अस्पताल आएकी चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने महिलाको बच्चा जन्माएको करिव आधा घण्टामा मृत्यु भएपछि आज अस्पतालका सबै सेवा बन्द गरिएको हो। सिन्धुपाल्चोक स्थायी घर भएका ती महिला अस्पताल आउँदा रुघाखोकीको लक्षण देखिएको र...बाँकी

हेटौंडामा होल्डिङ सेन्टर सञ्चालन गर्ने

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले सदरमुकाम हेटौंडामा होल्डिङ सेन्टर सञ्चालन गर्ने भएको छ । जिसस  आईतबार बसेको स्थानिय तह समन्वय बैठकले जिल्लामा बाहिरबाट आउने मकवानपुरका नागरिकलाई बढीमा एक दिनसम्म राख्न मिल्ने गरि ५० बेडको सेन्टर सञ्चालन गर्ने निर्णय गरेको हो । जिसस प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा जिल्लाका सबै स्थानिय तहका...बाँकी

बागमती प्रदेश सरकारले तिन लाख युवालाई रोजगार दिने

बागमती प्रदेश सरकारले आउँदो आर्थिक वर्षको वजेट मार्फत करिव तीन लाख युवालाई रोगजारी दिनेगरी वजेट ल्याउन लागेको छ । विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी भइरहेकोको समयमा प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मात्र तीन लाख जनालाई रोजगारी श्रृजनागर्नेगरी वजेट तयार पारिरहेको हो । मन्त्रालयका कर्मचारी अहिले दिनरात...बाँकी

स्याङ्जाका ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

पोखरा — गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ६० वर्षीय पुरुषको मृत्यु भएको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएका स्याङ्जाका ६० वर्षीय पुरुषको पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । स्याङ्जाको वालिङ नगरपालिकाका ती व्यक्तिमा आइतबार कोरोना संक्रमित पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन बेडमा उपचारका लागि भर्ना गरिएको थियो...बाँकी

हेटौँडा उपमहानगरपालिकाको सबै वडामा बजेट सिलिङ

हेटौँडा उपमहानगरपालिकाले सबै १९ वडामा बजेट सिलिङ पठाएको छ । उपमहानगरपालिकाले पठाएको सिलिङमा सबैभन्दा धेरै बजेट वडा नंबर १८ मा परेको छ । उपमहानगरपालिकाले १९ वटै वडाको लागि ३२ करोड ९० लाखको बजेट सिलिङ पठाएको मध्ये वडा नंबर १८ लाई २ करोड ५० लाख रुपैँया रहेको छ । यसैगरि दोश्रो...बाँकी

एम्बुलेन्सबाट लागुऔषध चरेस बरामद

सर्लाही प्रहरीले एम्बुलेन्सबाट लागुऔषध चरेस बरामद गरेको छ । आइतबार बिहान ज १ च १४०७ नम्बरको एम्बुलेन्सबाट एक सय ३५ ग्राम चरेस बरामद गरेको हो । प्रहरीले शनिबार राति ११ बजे सदरमुकाम मलंगवा नगरपालिका–८ स्थित झिलिमिलिया माई मन्दिरनजिकैबाट मलंगवा नगरपालिका–८ निवासी ४० वर्षीय रामदुलार राय आठ किलो चरेससहित पक्राउ गरेको...बाँकी

प्रजिअका सवारी चालकलाई कोरोना सङ्क्रमण

बर्दिया जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना सङक्रमण पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा भएको पिसिआर परीक्षणमा ५५ वर्षीय चालकमा शनिबार सङ्क्रमण भएको पुष्टि भएको थियो । उहाँले दुई दिनअघि सरुवा हुनुभएका प्रजिअ प्रेमलाल लामिछानेलाई काठमाडौंँ पु¥याएर नयाँ प्रजिअ लीलाधर अधिकारीलाई काठमाडौंँबाट ल्याउनु भएको थियो ।...बाँकी