काठमाडौं : उपचारपछि निको भएकाले फूलमाला र पुष्पगुच्छासहित अस्पतालबाट डिस्चार्ज भएका ३ पुरुषमा पुनः कोरोना भाइरस पोजेटिभ देखिएको छ। संक्रमितमध्ये हालसम्म २२ जना डिस्चार्ज भएका थिए। खुसी हुँदै घर फर्केका काठमाडौं र वीरगन्जका तीन पुरुषमा भाइरस पोजेटिभ पाइएपछि पुनः अस्पताल भर्ना गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास...बाँकी
भारतको आन्ध्र प्रदेश राज्यस्थित विशाखापटनमा एउटा रासायनिक उद्योगमा ग्यास चुहिँदा कम्तीमा १३ जनाको ज्यान गएको छ। सबै आपतकालीन सेवा निकाय दुर्घटनास्थल पुगेको र ३०० भन्दा बढी मानिस अस्पतालमा भर्ना भएको बीबीसीमा उल्लेख छ। प्रहरीले आसपासका इलाकाबाट सैयौँ मानिसलाई सुरक्षित स्थानमा लगिएको जनाएको छ। दुर्घटनाबाट प्रभावित धेरैले आँखा पोलेको र सास...बाँकी
काठमाडौँ — शुक्रबारदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेसनअघि प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोना भाइरस परीक्षण सुरु गरिएको छ । सांसदहरुको कोरोना भाइरस संक्रमण भए–नभएको परीक्षण पीसीआर प्रविधिबाट हुने छ । त्यसका लागि बिहीबार बिहान १० बजेदेखि राष्ट्रिय सभा सांसदहरुको र ११ बजेदेखि प्रतिनिधिसभा सांसदहरुको स्वाब संकलन सुरु गरिएको...बाँकी
काठमाडौँ — बाराको कबहीगोठस्थित नेपाल–भारत सीमानामा सशस्त्र प्रहरीले हवाई फायर गरेको छ । भारतबाट दुइटा गाडीसहित नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकले हातपात र ढुंगामुढा गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गरी भीडलाई तितरबितर पारेको हो । गाडी प्रवेश गर्न नपाएपछि करिब डेढ सयको संख्यामा भारतीय नागरिक सशस्त्र प्रहरीको चेक प्वाइन्टमा...बाँकी
काठमाडौं : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गएका चार लाखभन्दा बढी नेपाली श्रमिक घर फर्किन चाहेको बताएको छ। बुधबार प्रतिनिधि सभाको श्रम, तथा उद्योग र उपभोक्ता तथा आपूर्ति समितिको बैठकमा श्रममन्त्री रामेश्वर राय यादवले उक्त कुराको जानकारी गराएका हुन्।मन्त्रालयका अनुसार विदेशमा ४ लाख ७ हजार नागरिक तत्काल...बाँकी
वीरगन्ज — वीरगन्जमा बुधबार भेटिएका १७ संक्रमितको सम्पर्कमा आएका मध्ये ८१ जनाको पहिचान भएको छ । नारायणी अस्पतालले एउटै टोलमा बस्ने उनीहरूको थ्रोट स्वाब संकलनको तयारी थालेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। मदनकुमार उपाध्यायले संक्रमितको ‘क्लोज कन्ट्याक्ट’मा आएका ८१ जनाको पहिचान भएको बताए । ‘बुधबार कोभिड पोजिटिभ पुष्टि...बाँकी
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डिस्चार्ज भएर घर फर्कोका कोरोना संक्रमितमा फेरि कोरोना पोजिटिभ देखिएको छ । पीसीआर विधिबाट परीक्षण गर्दा पेप्सीकोलाका ५८ वर्षीय पुरुषमा पोजिटिभ पाइएको हो । उनलाई हाल पाटन अस्पतालमा भर्ना गरेर राखिएको छ । उनी वैशाख ११ गते डिस्चार्ज भएर घर फर्केका थिए ।...बाँकी
काठमाडौं : नेपालमा कोरोना भाइरसले तीन अंक छुन लागेको छ। बुधबार पर्सामा १७ जना पोजेटिभ भेटिएसँगै संक्रमितको संख्या ९९ पुगेको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा १० पुरुष र ७ महिलालाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिएका छन्। देवकोटाका अनुसार ती सबै पर्साका...बाँकी