स्वास्थ्य र जीवनशैली

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७६ हजार नाघ्यो

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको र संक्रमितको संख्या बढेको देखिएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २ हजार ९० जनाको मृत्यु भएको देखिएको छ । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ७६ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या ७६ हजार ९०५ पुगेको छ...बाँकी

भारतमा ५० हजार नेपाली संकटमा

स्वदेश फर्काउन गुहार, तर फर्काउनेभन्दा उतै रोक्ने सरकारको रणनीति भारतमा मजदुरी गर्ने करिब ५० हजार नेपाली श्रमिकले अवस्था संकटपूर्ण भएको भन्दै स्वदेश फर्कन दिल्लीस्थित नेपाली दूतावास गुहारेका छन् । तर, नेपाल सरकारले उनीहरूलाई घर फर्काउनेभन्दा उतै रोक्ने रणनीति अख्तियार गरेको छ । लकडाउन पूर्ण पालना गर्नुपर्ने, भारतबाट फर्किने अवस्था सिर्जना नगर्न र...बाँकी

कृषिमा २५ प्रतिशत प्रतिफल निश्चित

काठमाडौं : युवालाई कृषिमा आकर्षित गर्न सरकारले आगामी आर्थिक वर्षदेखि लागत खर्चमा न्यूनतम् २५ प्रतिशत प्रतिफल सुनिश्चित गरिदिने तयारी गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रममार्फत यस्तो व्यवस्था गर्न लागेको हो। कृषि पेशाबाट विमुख भएका र वैदेशिक रोजगारबाट फर्केका युवा तथा कृषि कर्ममै...बाँकी

महाराष्ट्रमा मालवाहक रेलले किच्दा १६ मजदुरको मृत्यु

महाराष्ट्रबाट मध्य प्रदेश हिँडेका मजदुर थाकेपछि रेल्वे ट्रयाकमै सुस्ताएका थिए मुम्बई — भारतको महाराष्ट्र राज्यको औरंगाबादमा मालवाहक रेलले किच्दा १६ प्रवासी मजदुरको मृत्यु भएको छ । शुक्रबार बिहान भएको दुर्घटनामा १४ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । त्यस्तै दुर्द्घटनामा एक जना गम्भीर घाइते भएको...बाँकी

कोशी अस्पतालबाट आठ जना संक्रमित डिस्चार्ज

कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचारतः थप ८ जनामा कोरोना मुक्त भए पछि आज डिस्चार्ज गरिएको छ । उदयपुर त्रियुगा–३ भुल्केका संक्रमित एकजना महिलासहित पाँच र भुल्केस्थित मस्जिदमा बसोबास गर्ने ३ जनाको तीन पटक सम्म पिसिआर रिपोर्ट नेगेटिभ आए पछि आज डिस्चार्ज गरिएको हो ।बाँकी

आज देशभर मेघगर्जनसहित वर्षाको सम्भावना

 देशका मध्य र पूर्वका पहाडी भूभागमा शुक्रबारको मौसम आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वका पहाडी भूभागका थोरै स्थानहरूमा साथै तराईका केही स्थानमा मेघगर्जन, तथा चट्याङ्सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबार राति...बाँकी

बेलायतमा ३० हजार भन्दा धेरैको ज्यान गयो, विश्वमा ३९ लाख कोरोना संक्रमित

काठमाडौं : विश्वमा कोरोना भाइरस ९कोभिड–१९०का कारण मृत्यु हुनेको संख्या २ लाख २७ हजार नाघेको छ। विगत २४ घण्टामा विश्वमा साढे पाँच हजार भन्दा बढीले ज्यान गुमाएका छन्। त्यस्तै एकै दिन ९६ हजार २ सय ६१ नयाँ विरामी थपिएका छन्। त्यस्तै विश्वमा १३ लाख ४१ हजार २२ जना निको भएका...बाँकी

भएन चहलपहल, लकडाउनबीच यसरी मनाइयो बुद्ध जयन्ती

काठमाण्डौः प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु(याउनु भएको योगदानको स्मरणस्वरुप मनाइँदैछ । यस बर्ष बुद्धजयन्ती लकडाउनकाबीच मनाइएको छ । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान्...बाँकी