स्वास्थ्य र जीवनशैली

अमेरिकामा कोरोना संक्रमितको संख्या १२ लाख नाघ्यो, ७१ हजारभन्दा बढीको मृत्यु

वासिङ्टन — कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ७१ हजार नाघेको छ । जोन होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरको तथ्यांकअनुसार बुधबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७१ हजार ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा थप दुई हजार १ सय ४२ जनाको मृत्यु भएको...बाँकी

बंगलादेशमा रहेका आठ सय नेपाली विद्यार्थी उद्धारको पर्खाइमा

 काठमाडौंः बंगलादेशमा रहेका करिब ८ सय जना विद्यार्थीले आफूहरु उद्धारको पर्खाइमा रहेको बताएका छन्। चिकित्साशास्त्र अध्ययन गर्न आएका आफूहरु करिब डेढ महिनादेखि होस्टलको सेल्फ क्वारेन्टाइनमा रहेको र चाँडै नेपाल सरकारले उद्धार गरिदियोस् भन्ने पर्खाइमा रहेको विद्यार्थीहरूले बताएका छन्‌। बंगलादेशमा लकडाउन खुलेको, तर संक्रमित भेटिने क्रम बढ्दो क्रममा रहेका कारण आफूहरु...बाँकी

संसदका सबै सांसद र कर्मचारीको कोरोना परीक्षण गरिने

काठमाडौं  : प्रतिनिधिसभाका सबै सदस्य तथा कर्मचारीहरूको कोरोना परीक्षण गरिने भएको छ। मंगलबार सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका सबै सांसद र कर्मचारीको पीसीआर विधिबाट कोरोनाको परीक्षण गर्ने निर्णय गरेको हो। वैशाख २६ गतेदेखि संसदको बर्खे अधिवेशन आह्वान भइसकेको छ। बैठक सञ्चालन हुँदा कोरोना...बाँकी

विश्वभर कोरोनाले३७ लाख भन्दा धेरै संक्रमित, ४९ हजारको अवस्था गम्भीर

काठमाडौं :  कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार नाघेको छ। बुधबार बिहानसम्म कोरोनाका कारण २ लाख ५८ हजार सात जनाको ज्यान गएको छ। सबैभन्दा धेरै अमेरिकामा ७२ हजार २५० को कोरोना संक्रमणका कारण ज्यान गएको छ। बेलायतमा २९ हजार ४२७, इटलीमा २९ हजार...बाँकी

एम्बुलेन्सको ठक्‍करबाट प्रहरी हवल्दारको मृत्यु, अर्का एक घाइते

धनगढी :  पूर्व–पश्चिम महेन्द्र राजमार्गमा एम्बुलेन्स र मोटरसाइकल ठोक्‍किँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। मृत्यु हुनेमा सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत सहायक हवल्दार ३५ वर्षीय गोरख ऐर रहेको प्रहरीले जानकारी दिएको छ । पूर्वपश्चिम राजमार्गअन्तरगत कैलालीको गौरीगंगा नगरपालिका(९ शंकरपुरमा एम्बुलेन्स र मोटरसाइकल ठोक्‍किँदा मोटरसाइकलमा सवार...बाँकी

र्यापिड परिक्षणमा पोजेटिभ देखिएको मकवानपुरका पिसिआर रिपोर्ट नेगेटिभ

मकवानपुरको भीमफेदी गाउँपालिकामा सोमबार भएको र्यापिड डाईगोन्ष्टिक परिक्षणमा पोजेटिभ देखिएको एक जनाको आज पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । सोमबार भीमफेदी गाउँपालिकाको स्वास्थ्य केन्द्रमा भएको र्यापिड डाईगोन्ष्टिक परिक्षणको क्रममा एक कर्मचारीमा रिर्पोट पोजेटिभ आएको थियो । आज हेटौंडामा भएको पिसिआर परिक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।बाँकी

काठमाडौंमा कतिजनामा भयो कोरोना परीक्षण ?

 काठमाडौँ — सरकारले चैत ११ गतेदेखि गरेको देशव्यापी लकडाउनको समयसीमा पछिल्लोपटक बैशाख २५ गते सम्मका लागि बढाएको थियो । लकडाउनको सीमा नजिकिँदै जाँदा पुनः लकडाउन बढाउने कि खुकुलो गर्दै लैजाने भन्ने बहस सुरु भएको छ । लकडाउनबारे निर्णय गर्न मंगलबार नै कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठक पनि...बाँकी

विप्लव नेतृत्वको नेकपाका नेता अनिल शर्मा विरही पक्राउ

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य अनिल शर्मा विरही पक्राउ परेका छन्। स्रोतका अनुसार उनलाई प्रहरीको टोलीले चितवनबाट मंगलबार पक्राउ गरेर हिरासतमा लिएको हो। विरही पक्राउ परेको पुष्टि गृहमन्त्रालयका एक अधिकारीले पनि गरेका छन्। पछिल्लो समय सरकारसँगको वार्ता प्रक्रियाका लागि क्रियाशील भइरहेका उनलाई प्रहरीको विशेष...बाँकी