स्वास्थ्य र जीवनशैली

गैरआवासीय नेपाली संघद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले चार हजार टेस्ट किटसहित स्वास्थ्य सामग्री नेपाल सरकारलाई प्रदान गरेको छ । एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार संघको दक्षिण कोरिया शाखाले संकलन गरेको चार हजार टेस्ट किट र पाँच सयवटा स्वास्थ्यकर्मीले लगाउने विशेष सुरक्षा उपकरण ९पिपिई० शुक्रबार प्रदान गरिएको हो । ती सामग्री नेपाल सरकारमार्फत...बाँकी

अछाममा १ सय ११ जनाको कोरोना रिपोर्ट नेगेटिभ

अछाम : अछाममा कोरोना भाइरसको आशंकामा स्वाब संकलन गरेका मध्ये सय ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बयालपाटा,मंगलसेन र कमलबजारमा २ सय २६ जनाको स्वाब संकलन गरिएको थियो । बयालपाटा अस्पतालबाट मंगलबार संकलन गरिएको ५१ जनाकै रिपोर्ट नेगेटिभ आएको डाक्टर विकास गौचनले बताए । मंगलबार मंगलसेन नगरपालिकाबाट संकलन गरिएको...बाँकी

भीडभाड नगरी यसरी बाड्ने कि राहत

स्याङ्जा :  कोरोना भाइरस संक्रमणका कारण लकडाउनमा रहेका ६२७ परिवारलाई आँधीखोला गाउँपालिकाले राहत उपलब्ध गराएको छ । राहत वितरण गर्दा भीडभाड नगर्ने उदेश्यले निश्चित दूरी कायम गर्दै पालिकाले राहत सामाग्री उपलब्ध गराएको हो । गाउँपालिकाभित्रका ६ वटै बडाका श्रमिक, तथा विपन्न परिवारलाई राहत स्वरुप खाद्य सामग्री वितरण गरेको गाउँपालिकाले जनाएको...बाँकी

रोटरी– रोट्याक्टद्धारा सुकौरामा खाद्यान्न वितरण

कोरोना भाइरसका कारण सरकारले लगाएको लकडाउनले समस्यामा परेको दैनिक ज्यालादारी श्रमिकरमजदुरलाई शुक्रबार खाद्यान्न वितरण गरिएको छ । रोटरी क्लब अफ हेटौंडा र रोट्याक्ट क्लब अफ हेटौंडाको सहयोगमा खाद्यान्न वितरण गरिएको हो । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा रहेको जनता माध्यामिक विद्यालयको पनि आर्थिक सहयोगमा ७ नम्बर वढा कार्यालयको समन्वयमा...बाँकी

हतारमा लकडाउन खोले स्थिति झनै भयावह बन्‍ने डब्ल्यूएचओको चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अदोनम गिब्रियससले कोरोना संक्रमण रोकथाम गर्न लगाइएको लकडाउन हतारमा हटाए स्थिति झनै भयावह हुने बताएका छन्। लकडाउन अन्त्य गर्नेबारे संसारभरका मुलुकहरु सतर्क रहनुपर्ने उल्लेख गर्दै अदोनमले अहिलेकै अवस्थामा यसलाई अन्त्य गरे संक्रमणका कारण कैयौं मानिसहरुले ज्यान गुमाउने अवस्था आउनेतर्फ सचेत गराएका हुन्। जेनेभामा...बाँकी

नातिको बिहेमा लण्डन पुगेका पूर्वगाविस उपाध्यक्षको कोरोनाबाट मृत्यु

काठमाडौ‌ : नातिको बिहेका लागि बेलायत पुगेका बागलुङका कर्णबहादुर क्षेत्री (केसी) को कोरोना संक्रमणका कारण निधन भएको छ। उनी मार्चको २ तारिखमा लण्डनमा भएको नातिको विवाहमा भाग लिन उनी श्रीमतीसहित बेलायत पुगेका थिए। बेलायत बस्दा पखाला चल्न थालेपछि उनलाई उत्तरी लण्डनमा रहेको नर्थविक पार्क हस्पिटलमा भर्ना गरिएको थियो। १० दिनसम्म...बाँकी

आजदेखि सरकारले देशभरका सबै क्वारेन्टाइनको स्थलगत अवलोकन गर्ने

काठमाडौं : सरकारले देशभर स्थानिय तह तथा अन्य निकायमार्फत् व्यवस्थापन गरिएका क्वारेन्टाइनको मापदण्ड पुगे नपुगेकोबारे स्थलगत अवलोकन र आवश्यक सहजिकरण थाल्ने भएको छ। विदेशबाट आएका व्यक्तिहरु तथा शंकास्पद अन्य व्यक्तिहरुलाई कोरोना रोगबाट संक्रमण हुन नदिन सरकारले बनाएको क्वारेन्टिन व्यवस्थापन तथा सञ्चालन कार्यविधी अनुसार मापदण्ड पुरा भए नभएको स्थलगत अनुगमन र...बाँकी

दोस्रो विश्‍वयुद्ध लडेका ९९ वर्षीय वृद्धले कोरोनाविरुद्धको लडाइँ जिते

लन्डन — दोस्रो विश्वयुद्ध लडेका ९९ वर्षीय एक व्यक्तिले कोरोना भाइरसविरुद्धको लडाइँ जितेका छन् । दोस्रो विश्वयुद्ध लडेका ९९ वर्षीय अल्बर्ट च्याम्बर्स अस्पतालबाट डिस्चार्ज भएका छन् । जुलाईमा १०० वर्ष पुग्दै गरेका अल्बर्टलाई अस्पतालका डाक्टर र नर्सले गार्ड अफ् अनर दिँदै सम्मान व्यक्त गरेका थिए। उत्तरी बेलायतको डोनकास्टरमा रहेको टिकहिल...बाँकी