विविध

सवारी दुर्घटनालाई न्यूनीकरण गर्न साउन १ देखि टाइमकार्ड

 उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म टाइम कार्डको लागू गरिेने भएको छ । भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले साउन १ गतेदेखि टाइम कार्ड लागू गर्न लागेको हो । टाइम कार्ड लागू गरेपछि ट्रक, टिपर, भ्यानलगायतका सवारीसाधन...बाँकी

स्वरोजगार बन्न सहयोग

लायन्स क्लव अफ हेटौडा भुटनदेवीका सचिव तथा समाजसेवी गायत्री श्रेष्ठले विपन्न एकल महिलालाई सहयोग गर्नुभएको छ। मकवानपुरमा सकृय ४ वटा लायन्स क्लवहरुको हिजो हेटौडामा आयोजित संयुक्त बैठक का विच उहाँले हेटौडा ४ कि मञ्जु राना मगरलाई स्वरोजगार बन्नकोलागी १० हजार रुपैया सहयोग गर्नुभएको हो । विगत ६ बर्ष देखी निरन्तर...बाँकी

हेटौंडामा एक रात पनि टिकेन कालोपत्रे

आर्थिक वर्षको अन्तिममा रातारात हेटौंडा उपमहानगरपालिका ६ मा गरिएको कालोपत्रे एक दिन पनि नटिकेपछि असारे विकासको दुर्गतीले नेपालको विकासलाई गिज्याएको छ । समय छँदा काम गर्न नआएको निर्माण कम्पनीले असार सकिन लाग्दा शुरु गरेको कालोपत्रे एक दिन पनि नटिकेको हो । २ दशमलव ४ किलोमिटर लम्बाईको चौघडा–रंगशाला सडक अन्तरगत शुक्रबार...बाँकी

रेडियो अनमोलले गोल्डेन माईक दिने

रेडियो अनमोल ९० मेगाहर्जले गायन प्रतिभाको सम्मान गर्दै ‘अनमोल आईडल’ रेडियो कार्यक्रममा उत्कृष्ट हुन सफलहरुलाई प्रमाणपत्र वितरण गरेको छ । हेटौँडा–४ खोपेगल्लीमा अवस्थित रेडियो परिसरमा आज आयोजित एक कार्यक्रमकाबिच असार महिनाका ३ जना साप्ताहिक विजेताहरुलाई प्रमाण पत्र वितरण गरिएको हो । ‘अनमोल आईडल’ कार्यक्रममा लाईभ प्रस्तुति पश्चात असारको पहिलो हप्ताका...बाँकी

मनहरीमा प्याब्सनको गाउँस्तरीय समिति गठन

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको मनहरी गाउँपालिका स्तरीय समिति शनिबार गठन गरिएको छ । मनहरी गाउँपालिकाभित्र रहेका निजी विद्यालयका सञ्चालक तथा प्रतिनिधिहरु सहभागी भएको भेलाले युनिभर्सल लर्निङ एकेडेमी प्रालिका अध्यक्ष शिवकुमार रिजाल (काशी) को संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सदस्यहरुमा रेड एन्जल एकेडेमीका यदुनाथ श्रेष्ठ, मनहरी बिलिभर्स...बाँकी

हेटौंडा मगर संघको आयोजनामा मगर अगुवाहरुको अन्तरकृया कार्यक्रम सम्पन्न

नेपाल मगर संघ हेटौंडा  नगर समिति मकवानपुरले मगर अगुवासँग शनिबार अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । हेटौंडा स्थित एक होटलमा नेपाल मगर संघ नगर कार्य समिति मकवानपुरको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले मगरहरुको अवस्था र भूमिकाका बिषयमा आफ्ना धारणा राखेका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका मगर संघका केन्द्रीय सदस्य...बाँकी

बन्ने भयो हेटौंडामा बहुप्राविधिक महाविद्यालय

मकवानपुर जिल्लाको हेटौंडा–७ मा बन्न लागेको बहुप्राविधिक महाविद्यालयको निर्माण कार्य कात्तिकबाट सुरु हुने भएको छ । तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल तथा मुख्यमन्त्री कार्यालयको पहलमा शनिबार हेटौंडामा भएको दुई पक्षीय छलफलमा कात्तिकबाट रुख कटानसँगै निर्माण कार्य अघि बढाउने सहमति भएसँगै महाबिद्यालय निर्माणको बाटो खुलेको हो । नेपाल र छिमेकी...बाँकी

मकवानपुरमा सम्बन्धविच्छेदका मुद्दा : ४ वर्षमा दोब्बर

 मकवानपुर जिल्ला अदालतमा चार वर्षयता दोब्बर मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७०/०७१ मा जिल्ला अदालतमा ९ सय २० मुद्दा दर्ता भएका थिए । हाल जिल्ला अदालतमा १ हजार ९ सय ६२ मुद्दा दर्ता भएका छन् ।जिल्ला अदालत मकवानपुरमा गत आर्थिक वर्षमा १ हजार १ सय ५१ मुद्दा दर्ता भएका थिए भने...बाँकी