विविध

तीस बर्ष कैद सजायँ सुनाइएका अभियुक्त पक्राउ

मकवानपुर प्रहरीले ३० बर्ष कैद सजायँ तोकिएका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । जिल्लाको नामटारबाट स्थानीय दशरथ परियारलाई प्रहरीले पक्राउ गरेको हो । उनी बिरुद्ध २०६४ साल बैशाख १३ गते जिल्ला अदालत मकवानपुरले जीउ मास्ने बेच्ने मुद्दामा ३० बर्षको कैद सजायँ तोकेको थियो । यसैबीच मकवानपुर प्रहरीले मकवानपुर हेटौडा...बाँकी

नारायणगढ मुग्लिङ सडकको सुचारु(अपडेट)

नारायणघाट–मुग्लिन सडकखण्ड सुचारु भएको छ । बिहान पहिरोले अवरुद्व भएको उक्त सडक पौने दश बजेपछि सञ्चालनमा आएको हो ।   अविरल वर्षाका कारण बिहान सवा पाँच बजे पहिरो गएपछि सवारी आवागमन रोकिएको थियो । इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक धर्मबहादुर केसीका अनुसार दुईवटा डोजरले पहिरो पन्छाइएको हो ।  पहिरो गएपछि जुगेडी...बाँकी

फेरि अवरुद्ध भयो नारायणगढ—मुग्लिन सडक खण्ड

पहिरोले नारायणगढ—मुग्लिन सडक खण्ड आज पनि अवरुद्ध बनेको छ । इच्छाकामना गाउँपालिका–६, टोपेखोलामा बिहीबार बिहान करीव ५ः३० बजे खसेको पहिराले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए । पहिरो ठूलो भएकोले पन्छाउन केही समय लाग्ने उनको भनाइ छ । गएराति सो क्षेत्रमा ठूलो पानी...बाँकी

जिप पल्टिँदा पत्रकार महासंघका पूर्वमहासचिव मगरसहित १४ घाइते

सदरमुकामदेखि बुर्तिवाङ जाँदै गरेको जिप सडक छेउमा पल्टिँदा १४ यात्रु घाइते भएका छन् । ४ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । बुधबार बेलुकी साँढे ६ बजे गलकोट नगरपालिका-९ रिघामा जिप पल्टेको हो ।ध १ ज १४९ नम्बरको जिपमा सवार नेपाल पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगरसहित ४ जना गम्भीर घाइते भएका हुन् । घाइतेलाई...बाँकी

जीप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो(अपडेट)

रुकुम पूर्व स्थित सिस्ने गाउँपालिका ५ मा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ। सिस्ने गाउँपालिकाको रुकुमकोटबाट साही गाउँपालिकाको धौलापैरा जादै गरेको लु १ ज २५७३ नम्बरको जीप धारपानीमा दुर्घटना भएको हो। घटनास्थलमा चार जनाको मृत्यु भएको थियो। अन्य तीनजना घाइतेको जिल्ला जनस्वास्थ्य कार्यालय रुकुमकोटमा उपचारका क्रममा मृत्यु...बाँकी

सामुदायिक वनमा बृक्षारोपण

बिरुवा रोपौ , वन जोगौ भन्ने मुल नाराका साथ पश्चिम मकवानपुरको मनहरी ६ डिपाडमा रहेको एक सामुदायिक बनमा बुधबार बृक्षरोपन गरेको छ । मनहरि ६ मा रहेको डिपाड सामुदायिक वन उपभोक्त समुहले बृक्षरोपन गरिएको हो । इलाका वन कार्यलय मनहरिको बिरुवा ब्यबस्थापनमा १ सय ९६ बोट चाँपको बिरुवा बैज्ञानिक वन...बाँकी

रुकुममा जीप दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो

रुकुम पूर्वस्थित सिस्ने गाउँपालिका ५ मा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ। सिस्ने गाउँपालिकाको रुकुमकोटबाट साही गाउँपालिकाको धौलापैरा जादै गरेको लु १ ज २५७३ नम्बरको जीप धारपानीमा दुर्घटना भएको हो। घटनास्थलमा चार जनाको मृत्यु भएको थियो। अन्य दुई घाइतेको उद्धारको क्रममा मृत्यु भएको रुकुम पूर्वका प्रहरी प्रमुख...बाँकी

दुर्घटनामा मृत्यु

दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–४, जिलुमा बुधबार बिहान बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार बिहान करिब ६ बजे बोलेरो दुर्घटनामा हुँदा बोलेरो चालक भीमेश्वर नगरपालिका–४, जिलुका ५५ वर्षीय चेतप्रसाद सापकोटाको मृत्यु भएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएका सापकोटाको सदरमुकाम चरिकोटस्थित दोलखा सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको...बाँकी