विविध

पहिरोमा पुरिएर मृत्यु

शहीद लखन गाउँपालिका–६ को अँधेरी गाउँमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ । बुधबार बिहान करीब ६ बजे तिर अँधेरी गाउँमा स्थानीय नवराज कुँवरको घर पुरिँदा ३ जनाको मृत्यु भएको शहीद लखन गाउँपालिकाका प्रशासकीय अधिकृत जीवन आलेले जानकारी दिएका छन्। मृत्यु हुनेमा नवराजकी भतिजी १० वर्षीया प्रविना कुँवर, भान्जी...बाँकी

सुमो काउन्टर हटाउन उपमहानगरपालिकाको उर्दी

ट्राफिक ब्यवस्थापनमा समस्या भएको भन्दै हेटौँडा उपमहानगरपालिकाले हेटौँडाको बजार क्षेत्रमा रहेको सुमो काउण्टरलाई हटाउने भएको छ । खासगरी मुख्य बजार क्षेत्रमा काउण्टरहरु रहदा ट्राफिक समस्या हुने, बजार क्षेत्र अब्यवस्थित देखिने भन्दै श्रावण १५ भित्रमा सुमो काउण्टर हटाउने तयारीमा उपमहानगरपालिका जुटेको हो । हेटौँडा उपमहानगरपालिकाले हेटौँडा वडा नंबर १ चौकिटोलमा रहेको...बाँकी

गाँजा सहित एकजना पक्राउ

मकवानपुर प्रहरीले लागू औषध गाँजा सहित एकजनालाई पक्राउ गरेको छ । जिल्लाको मनहरी ९ बाट ४५ बर्षीया ज्ञानुमायाँ मोक्तानलाई पक्राउ गरेको हो । सडकमा हिडिरहेको अवस्थामा शंका लागेर सोधपुछ गर्दा एक किलो ४ सय ५० ग्राम गाँजा बरामद भएको र उनी बिरुद्ध ६ दिनको म्याद समेत अदालतबाट थमाइएको मकवानपुर प्रहरीले...बाँकी

जंगली च्याउ खाँदा एकै वडाका तीनको मृत्यु

जंगली च्याउ खाँदा एकै वडाका तीनजनाको मृत्यु भएको छ । आज बिहान घोराही उपमहानगरपालिका–१९ पाँचपोखरी निवासी ४० वर्षीय चित्रबहादुर घर्तीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिनुभयो । सोमबार बेलुका नजिकैको जंगलबाट च्याउ ल्याएर खाएपछि गम्भीर बिरामी परेका घर्तीलाई उपचारका लागि बेलुकै घोराहीस्थित...बाँकी

शुरु भयो शिवको महिना,आज लुतो फाल्ने दिन

आज साउने संक्रान्ति । असार सकिएर श्रावण अथवा साउन महिना शुरु भएको छ । यो भगवान शिवको महिना हो, यसै कारण पनि यो महिनाको हरेक सोमबार अविवाहित महिलाहरूले व्रत बस्ने र राम्रो वर पाऊ भनि शिवको आराधना गर्ने चलन रहि आएको छ ।आज पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरहरूमा भक्तजनको विहानैदेखि...बाँकी

बातावरण जोगाउनका लागि बिरुवा बितरण

पश्चिम मकवानपुरको मनहरि गाउँपालिका वडा नम्बर ६ मा रहेको डिपाट सामुदायिक वन उपभोक्त समुहले आफ्ना उपभोक्तहरुलाई बिभीन्न प्रजातीका बिरुवा बितरण गरेको छ । एक घर एक बिरुवा रोपौ ,स्वच्छ वातावरण बनाऔ भन्ने मुल नाराका साथ ८ प्रजातीका एक हजार ६ सय ५० बिरुवा १ सय ५० घर धुरिलाई बितरण गरेको...बाँकी

देवघाटमा विद्युतीय शव दाहस्थल निर्माण गरिने

 पवित्र तीर्थस्थल देवघाटमा विद्युतीय शव दाहस्थल निर्माण गरिने भएको छ । भरतपुर महानगरपालिका–१ देवघाटस्थित नारायणी नदी किनारमा शव दाहस्थल निर्माण गर्न लागिएको हो । शहरी विकास मन्त्रालयले विनियोजन गरेको रु १६ करोड ९५ को बजेटबाट शव दाहस्थल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन...बाँकी

लियो क्लव अफ हेटौडा भुटनदेविको अध्यक्षमा अनिल अधिकारी

लियो क्लव अफ हेटौडा भुटनदेविको अध्यक्षमा लियो अनिल अधिकारी चयन भएका छन् । अधिकारीले वर्ष २०१८ ÷१९ को लागि अध्यक्ष पदको जिम्मेवारी समालेका हुन् । अध्यक्ष पदको जिम्मेवारी समाल्दै अधिकारीले आफ्नो टिम बलियो रहेको बताउदै आफ्नो कार्यकाल भिन्न रहने बताए । आफु लामो समय देखि सामाजिक कार्यमा संलग्न भई काम...बाँकी