विविध

मकवानपुरमा फेरि लियो चट्याङले ज्यान (चट्याङबाट बच्न यस्ता उपाय अपनाउनुहोस् )

 मकवानपुरमा शुक्रबार परेको चट्याङबाट फेरि एकजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ की ६२ बर्षीय ठूलीमायाँ नेगीको मृत्यु भएको हो । चट्याङ लागेर गम्भीर घाइते भएकी नेगीको उपचारका लागि जिल्ला अस्पताल हेटौंडा भर्ना गरे लगत्तै चिकित्सकले मृत घोषणा गरेका...बाँकी

फरार रहेकाहरु एकाबिहानै प्रहरी नियन्त्रणमा परे

 जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरी मुद्दामा फरार रहेका तीनजना अभियुक्तलाई शुक्रबार बिहानै पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिकाका ५० बर्षीय कालु गुरुंग,४८ बर्षीय कृष्ण घले र ५१ बर्षीय शरण घले रहेका छन् । प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो...बाँकी

एकाबिहानै सवारी दुर्घटना

जनकपुरदेखि नेपालगंज जादै गरेको ना ५ ख १८२९ यात्रु बस देउखुरीको राप्ती गाउँपालिकाको पहरुवामा दुर्घटना भएको छ। दुर्घटनामा एक बालिकाको घटनास्थलमा मृत्यु भएको छ भने ३२ जना घाइते भएको लमही इलाका प्रहरी प्रमुख अरुण सिंहले जानकारी दिए । घाइतेमध्ये पाँच जनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने २७ जनाको नेपालगञ्ज...बाँकी

सय रुपैयाँ बक्यौताले लियो बृद्धको ज्यान

अहिलेको समयमा एक सय रुपैयाँले खासै महत्व राख्दैन । एक सय रुपैयाँले सामान्य खाजा पाउन समेत मुश्किल पर्छ । तर एक सय रुपैयाँको लेनदेनको विषयमा कलैया उपमहानगर पालिका १२ विश्वम्भरपुरमा दुई पक्षबीच भएको झडपले एक बृद्धाको ज्यान लिएको छ । कुरा सय रुपैयाँ बक्यौताको हो । मैनेजर प्रसाद साहको खेतमा...बाँकी

तँपाइको मोवाइल हरायो ? चिन्ता नलिनुस् फिर्ता गर्छ प्रहरीले

मकवानपुर प्रहरीले जेठ महिनाको २४ गते वा आजसम्म मात्रै हराएको भनिएका एक दर्जन मोवाइलहरु बरामद गरी सम्बन्धित ब्यक्तिलाई बुझाएको दाबी गरेको छ । प्रहरीले हराएको दाबी गरी उजुरी गरेका उपभोक्ताहरुलाई मोवाइल बुझाएको दाबी गरेको हो । प्रहरीले स्थानीय रामशरण गोले, सोम बहादुर देउजा, मिथलेश प्रसाद चौधरी, रोहिणी प्रसाद गौतम, मणि...बाँकी

ओखलढुंगामा जीप दुर्घटना हुंदा दुईको मृत्यु

 काठमाडौंबाट सोलुखुम्बु जाँदै गरेको जीप ओखलढुंगाको मानेभञ्ज्यांगस्थित हर्कपुरमा  दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ।ना १ ज ४९५० नम्बरको चारजना यात्रु सवार थिए। जीप हर्कपुरको भँडारेखोलामा दुई सय मिटर तल खस्दा सुनकोसी गाउँपालिका वडा नं. ५ मूलखर्कका सिंगे तामाङ र कैलीमाया तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी...बाँकी

सर्पको डसाइबाट वडाध्यक्षको मृत्यु

 मोरङमा बुधबार राति ११ बजे विषालु सर्पको डसाइबाट एक वडाध्यक्षको मृत्यु भएको छ । धनपालथान गाउँपालिका–२ का वडाध्यक्ष ३५ वर्षीय बलिराम भगतको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ । उहाँ शौचका लागि घरबाट बाहिर निस्केपछि सर्पले डसेको थियो ।घरमा शौचालय नभएका कारण उहाँ शौच गर्न घर भन्दा केही...बाँकी

हेटौंडामा छायाँ प्रतिवेदनका लागि कार्यशाला

महिलामाथि हुने सबै प्रकारका भेदभाव उन्मुलन महासन्धि (सिड)को छायाँ प्रतिबेदनका लागि सुझाव संकलन सम्बन्धी कार्यशाला कार्यक्रम हेटौंडामा भएको छ । कार्यक्रम युवा सेवा समाज मकवानपुरको समन्वयमा वियोण्ड बेईजिङ्ग कमिटिले आयोजना गरेको हो । कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्य तथा युवा सेवा समाज मकवानपुरका अध्यक्ष बुद्धशरण...बाँकी