विविध

रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

टेलिभिजनकर्मी रवि लामिछानेसहित तीन जनालाई ५ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत चितवनले अनुमति दिएको छ । प्रहरीले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई शुक्रबार जिल्ला अदालत चितवनमा उपस्थित गराएको थियो । अदालतसँग प्रहरीले १० दिनको समय मागेकोमा ५ दिन म्याद पाएकाे हो । ‘हामीले १० दिनको म्याद...बाँकी

हेटौँडाको शिवम् पेट्रोल पम्पमा शिलबन्दी

पेट्रोल पम्पको शिल काटेर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको आरोपमा हेटौँडास्थित शिवम् फ्युल सेन्टर (पेट्रोलपम्प) लाई आज शिलबन्दी गरी बिक्री वितरणमा रोक लगाएको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले जनाएको छ । हेटौँडास्थित सो पेट्रोलपम्पले पम्पको मेसिनभित्र एसेम्बलीको शिल काटेर कानूनविपरीत पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको पाइएकाले कारवाही गरिएको कार्यालयका...बाँकी

एकैजनाले ठगे आठ सयलाई, ठग्‍नकै लागि पाँचवटा ‘फेक आईडी’

अमेरिका, क्यानडा, अस्ट्रेलिया भनेपछि हुरुक्कै हुने नेपाली युवाको संख्या कम छैन । त्यस्तै झापाका एकै व्यक्तिले क्यानडा लगायत युरोपियन देश पठाइदिने भन्दै आठ सयभन्दा बढीलाई ठगेका उनी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीका ३५ वर्षीय रामबहादुर खड्का छन् । काँकरभिट्टा बजारबाट इलाका प्रहरी कार्यालय अनारमनी र...बाँकी

निकिताले लेखिन् मनछुने स्टाटस : ‘तिमी निर्दोष छौ रवि’ …

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रबि लामिछाकी श्रीमती निकिता पौडेलले शुक्रबार बिहानै आफनो फेसबुकमा रबि लामिछाने तर्फबाट भन्दै स्टाटस राखेकी छिन् । उनले लेखेकी छन, ’आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु । मर्नेले लगाएको एउटा मात्र आरोप प्रमाणित होस र हदै सम्मको सजाय...बाँकी

रवि लामिछानेसहित तीन जनालाई आत्महत्या दुरुत्साहनमा अनुसन्धान, प्रर्दशनका बिच अदालत लगियो

आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका सञ्चालक रवि लामिछानेसहित तीन जनालाई प्रहरीले चितवन जिल्ला अदालत पुर्‍याएको छ। शुक्रबार बिहान प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला अदालत चितवन लैजाँदा लामिछानेका समर्थकले नाराबाजी गरेका थिए। ‘आत्महत्या दुरुत्साहन गरेको आरोपमा अनुसन्धानका लागि म्याद लिन अदालत लगिएको छ,’ चितवनका...बाँकी

रवि लामिछानेका समर्थकद्वारा चितवनमा नाराबाजी (लाईभ)

प्रहरीले पक्राउ गरेका संचारकर्मी रवि लामिछानेका समर्थकले रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । लामिछानेसँगै युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरी बिहीबार राति चितवन ल्याएको थियो । कडा सुरक्षाकाबीच उनीहरुलाई मध्यरात १ बजे चितवन पुर्‍याइएको हो...बाँकी

मलेसियामा बम विस्फोट हुँदा एक नेपाली घाइते

मलेसियामा पेट्रोलबम विस्फोट हुँदा १ नेपाली घाइते भएका छन् । तनम डनौ कोताको आवासीय भवनमा शुक्रबार बिहान ४ः४१ बजे भएको विस्फोटमा एक नेपाली घाइते भएका हुन् । मलेसियाको स्ट्रेट्स टाइम्सले घाइते नेपाली उक्त आवासीय भवनमा सुरक्षा गार्डका रुपमा कार्यरत रहेको जनाए पनि परिचय खुलाएको छैन । समाचार अनुसार, उनको हात...बाँकी

भान्सामा ग्यासको सट्टा बिजुली प्रयोग गर्न नेपाल विद्युत प्राधिकरणको आह्वान

नेपाल विद्युत प्राधिकरणले अहिले मनग्गे बिजुली रहेको र उत्पादन बढ्न थालेको भन्दै उपभोक्तालाई घरायसी प्रयोजनमा विद्युत खपत बढाउन आह्वान गरेको छ। प्राधिकरणले उपभोक्तालाई विद्युतीय सवारीसाधन प्रयोग गर्न समेत आग्रह गरेको छ। तर वर्ष भरी बिजुली उत्पादन र आपूर्ति एकैनास नहुने जोखिम कायमै रहेकोले उपभोक्ताहरू सहजै एलपी ग्यास छोडेर विद्युतीय उपकरणतर्फ...बाँकी