विविध

शालिकराम पुडासैनीकी श्रीमतीले दिइन रवि विरुद्ध किटानी जाहेरी

पत्रकार शालिकराम पुडासैनी प्रकरणमा छानविन गर्न पुडासैनीकी पत्नी सम्झनाले रवि लामिछाने विरुद्ध किटानी जाहेरी दिएकी छन् । उनले आइतबार प्रहरी कार्यालयमा पुगेर किटानी जाहेरी दिएकी हुन् । पुडासैनीका परिवारले महानगरीय प्रहरी परिसर काठमाडौंमा लामिछानेसहित सोही प्रकरणमा पक्राउ परेका युवराज कँडेल र स्टाफ नर्स ओखलढुंगाकी अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएका हुन्...बाँकी

अवैधरुपमा मलेसियामा बसिरहेका १ सय नेपाली स्वदेश फर्किए

नेपाली कामदारहरुको प्रमुख गन्तव्य मुलुकका रुपमा रहेको मलेसियाबाट १ सयभन्दा बढी कामदारहरु फर्किएका छन् । मलेसिया सरकारले जेलमा रहेका विदेशी कामदारहरुलाई स्वदेश फर्काउन सञ्चालनमा ल्याएको ब्याक फर गुडु कार्यक्रममार्फत १ सय बढी नेपाली कामदार लाभान्वित भएका हुन् । मलेसियास्थित नेपाली दूतावासका अनुसार शुक्रबारसम्म अवैधानिक रुपमा रहेका १ सयभन्दा बढी नेपाली...बाँकी

पुडासैनी मृत्यु प्रकरण : ‘निष्पक्ष छानबिन गर्न दिनुपर्छ’

नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने र अनुसन्धानमा कुनै अवरोध सिर्जना गर्न नहुनेमा कानून व्यवसायी, पत्रकार, नागरिक समाजको एकमत छ । सम्बद्ध विभिन्न सङ्घसंस्थाले विज्ञप्ति जारी गरेरै घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारवाही गर्न सरकारसँग माग गरेका छन् । घटनाको अनुसन्धान प्रभावित हुने काम कसैले गर्न नहुनेमा...बाँकी

काठमाडौँमा रवि लामिछाने समर्थकको जुलुस (भिडियोसहित)

 टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि चितवन प्रहरीको हिरासतमा रहेका पत्रकार रवि लामिछाने समर्थकले काठमाडौँको बबरमहलमा -याली निकालेका छन् । शनिबार अपरान्ह निकालिएको -यालीमा सहभागीहरुले पुडासैनी मृत्यु प्रकरणको निष्पक्ष छानबिन, पत्रकार रवि लामिछानेको रिहाईको माग गरेका थिए । उनीहरुले दोषी उम्किने र निर्दोष फस्ने वातावरण नबनोस् भन्ने कामना...बाँकी

बंगलादेशमा भीषण आगलागी हुँदा १५ हजार घर जले, ५० हजार व्यक्ति घरबारविहीन

बंगलादेशको राजधानी ढाकास्थित एक बस्तीमा भएको भीषण आगलागीका कारण ५० हजार व्यक्ति घरबारविहीन भएका छन् । शुक्रबार राति लागेको आगोका कारण उक्त बस्तिका १५ हजार घर जलेर नष्ट भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अधिकांश घरको छानो प्लास्टिकको भएकाले पनि आगोले भयानक रुप लिएको अधिकारीहरुले बताएका छन् । अधिकारीहरुले...बाँकी

गाईजात्रामा रमाए समलिंगी तेस्रोलिंगी (फोटो फिचर)

 समलिंगी तेस्रो लिंगी समुदायलले शुक्रबार गाईजात्रा पर्व भव्य रुपमा मनाएका छन् । काठमाडौंको ठमेलदेखि सुरु भएको उनीहरुको गाईजात्रा र्‍याली बसन्तपुरसम्म पुगेको थियो । समलिंगी तेस्रोलिंगी समुदायले गाईजात्रा पर्वलाई स्वतन्त्रताको दिनको रुपमा मनाउँछन् । तेस्रो लिङ्गीहरुको विभिन्न संघसंस्थाबाट संयुक्त रुपमा निकालिएको गाईजात्रा र्‍यालीमा विभिन्न भेषभूषामा सजिएका समलिंगी तेस्रोलिंगी समुदायले नृत्य प्रस्तुत...बाँकी

यि हुन तत्कालिन एमालेको भागमा परेको मकवानपुरका स्थानीय तहका हुनेवाला अध्यक्षहरु

नेपाल कम्युनिष्ट पार्टी मकवानपुरको सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले मकवानपुरको स्थानीय तहमा पार्टी एकताको लागि कार्यविधि निर्माण गरेको छ । कार्यविधि अनुसार अब जिल्ला कमिटिमा रहेकाहरु पार्टीको स्थानीय तहको नेतृत्वमा जान नपाउने भएका छन् । सचिवालयको बैठकको विषयमा खबरब्रेकसँग कुरा गर्दै नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले जिल्ला कमिटिमा...बाँकी

रविको पक्राउप्रति पत्रकार महासंघ न्यूज २४ प्रतिष्ठानको आपत्ति

पत्रकार रवि लामिछाने र युवराज कँडेललाई टेलिभिजनको कार्यालयबाट गरिएको गिरफ्तारीप्रति नेपाल पत्रकार महासंघ न्यूज २४ प्रतिष्ठानले आपत्ति जनाएको छ । शुक्रबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत लगाइएको आरोपमा प्रहरीले सीमा, मर्यादा, अन्तर्राष्ट्रिय मापदण्ड मिचेर सञ्चारगृहको कार्यालय परिसरभित्रै प्रवेश गरी नियन्त्रणमा लिएको प्रति प्रतिष्ठानले आपत्ति जनाएको हो । कार्यवहाक अध्यक्ष...बाँकी