पछिल्लो समय काठमाडौंमै हिरासतबाट थुनुवा फरार हुने क्रम बढेपछि प्रहरीहरुलाई उत्तरदायी बनाउन महानगरीय प्रहरी परिसर काठमाडौंले कडा कदम चालेको छ। सिंहदरबार वृत्तबाट थुनुवा फरार प्रकरणमा काठमाडौं परिसरले एसपी अशोक सिंहको नेतृत्वमा एक छानबिन समिति गठन गरी असईसहित तीन प्रहरीलाई निलम्बित गरेको छ। निलम्बन हुनेमा थुनुवा फरार भएका बेला ड्युटीमा रहेका...बाँकी
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धानमा जुटेको प्रहरीले उनको मोबाइलको ल्याब परीक्षणमा रवि लामिछानेले दिएको टर्चरका विषयमा अध्ययन गरिरहेको छ । एक महिलासँगको सम्बन्धका विषयमा पुडासैनीको च्याटबाट विभिन्न आधार फेला परेको प्रहरी स्रोतले जनाएको छ । मोबाइलमा फेला परेको भिडियोमा लामिछानेले उनलाई टर्चर दिएको आरोप छ । नेपाल प्रहरीको डिजिटल...बाँकी
गत शुक्रवार नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले राजधानीस्थित एक भव्य होटलमा आयोजित एक कार्यक्रममा पर्यटन वर्ष २०२० लाई सफल बनाउन सबैलाई टुंडिखेलमा बोलाएर सपथ खुवाउने बताए । नेपाल भ्रमण वर्ष सबै मिलेर सफल बनाउनुपर्ने र सपथ खान प्रधानमन्त्री पनि टुँडिखेलमा उपस्थित हुने उनको दाबी थियो । आइतवार भट्टराईले सबै नेपालीले सामाजिक...बाँकी
भ्रष्टाचार र अनियमितताका कारण चरम विवादमा फसेको सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटी दर्ता खारेजी हुने अवस्थामा आइपुगेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नेपाल रेडक्रस सोसाइटीको नेतृत्वलाई २४ घण्टे स्पष्टीकरण सोध्दै दर्ता खारेजी वा निलम्बनको कारबाही किन नगर्ने भनेको छ । वर्तमान कार्य समितिको वैधानिकताको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको...बाँकी
कलैया उपमहानगरपालिका भित्र बजार व्यवस्थापन र त्यसको लागि आवश्यक नीति निर्माणको लागि दुई दिने कार्यशाला तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सौराहमा भएको छ । स्थानीय बजार व्यवस्थापन तथा उपभोक्ता सचेतना सम्बन्धी कार्यशाला तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुक्रबार र शनिबार भएको हो । कार्यक्रममा बजार व्यवस्थापनको लागि ठाउँ छनौट, ऐन निमय निर्माण...बाँकी
लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना गर्नका लागि जारी गरेको विज्ञापन समावेशी नभएको भन्दै आन्दोलनमा रहेका आदिवासी जनजातीको समूहमाथि प्रहरीले बल प्रयोग गरेको छ। काठमाडौं भद्रकालीमा आइतबार प्रदर्शन गरिरहेका उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो। त्यसरी निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडपको अवस्था सिर्जना...बाँकी
प्रदेशसभा सचिवालयमा विभिन्न प्रयोजनका लागि करिब १० करोड रुपैयाँबराबरको स्थायी भौतिक संरचना निर्माण गरिने भएको छ । प्रदेश सरकारले ०७६/०७७ मा प्रदेशसभा सचिवालयअन्तर्गत प्रदेशसभा भवन, सत्ता र प्रतिपक्षी दलको कार्यालय, सभामुख र उपसभामुखको सचिवालय भवन निर्माण, प्रहरी ब्यारेक, पुस्तकालय तaथा मिडिया सेन्टर निर्माणका लागि करिब दस करोड नौ लाख ३० हजार...बाँकी
बुटवलको मणिमुकुन्द सेन उद्यान (फुलबारी)मा रहेको चितुवाको खोरमा चोरीको काठ फेला परेको छ। डिभिजन वन कार्यालयको स्वीकृतिबिना रुख काटेर लुकाइएको अवस्थामा काठ फेला परेको हो। डिभिजन वन कार्यालय रूपन्देहीका सहायक वन अधिकृत रवीन्द्र अधिकारीले २८ थान टिकका मुढा भेटिएको बताए। वन्यजन्तु कर्नरभित्र रहेको काठ कस्ले राख्यो भन्ने पहिचान नभएको उनले...बाँकी