लगातारको वर्षा पछि डुबानले सदरमुकाम गौर लगायतका क्षेत्रमा सर्पको बिगबिगी भएको छ । बासस्थान पानीले भरिए पछि सर्प बाहिर निस्केका हुन् । सर्पले डसेर आइतबार राति एकजनाको मृत्यु भएको छ । स्थानीय प्रशासनले सर्पबाट जोगिन आग्रह गरेको छ । जिल्लाको यमुनामाई गाउँपालिका–१ जृठरहियाका २५ वर्षीया गायत्रीदेवी साह बाढीसँगै आएको विषालु...बाँकी
संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी, पहिरो र डुबान पीडितहरुको उद्दार, राहत तथा उपचारको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । आइतबार सिंहदरबारमा बसेको बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको उद्दार, राहत र उपचारको उचित व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो...बाँकी
उपप्रधानमन्त्री ईश्वर पोखरेलले पृथ्वीनारायण शाहले भौगोलिक रुपमा र आदिकवि भानुभक्त आचार्यले भाषिक रुपमा गरेको एकीकरणलाई सामाजिक सद्भावका साथ स्थायित्व दिनुपर्नेमा जोड दिएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानलगायत संस्थाको सहयोगमा भानु प्रतिष्ठानले आज यहाँ आयोजना गरेको २०६ औँ भानुजयन्ती एवं राष्ट्रकवि माधवप्रसाद घिमिरेको समभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले सामाजिक सद्भावमा टिकेको राष्ट्रिय...बाँकी
अष्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा आइतबार बिहान शक्तिशाली भूकम्प आएको छ । हिन्द महासागरको १० किलोमिटर तल केन्द्रविन्दु रहेको उक्त भूकम्प ६।६ म्याग्नीच्युडको रहेको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् । भूकम्पले ठूलो क्षेत्रमा प्रभाव परेपनि घाइते तथा क्षतिको विवरण भने अहिलेसम्म नआएको उनीहरुको भनाई छ । अमेरिकी भूगर्भ मापन केन्द्रले भूकम्पपछिको आँधीको...बाँकी
अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट देशका विभिन्न स्थानका सडक अवरुद्ध भएको छ । प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जनाएको छ । अवरुद्ध सडकको सूची यसप्रकार छः २७ गते १५ः३० बजेबाट मुस्ताङ थासाङ गा।पा।४ घोप्टेभिरमा कालीगण्डकी नदीको पानीको बहाव पढी बेनी जोमसोङ जाने सडक अवरोध २७ गते ०६ः०० बजेबाट...बाँकी
स्थानीय तहका लागि लोक सेवा आयोगद्वारा प्रकाशित विज्ञापन खारेजीको माग गर्दै आदिवासी/जनजाति युवा तथा विद्यार्थीहरूको एक समूहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई सार्वजिनक कार्यक्रममा सहभागी हुनबाटै वञ्चित गरेको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९औं सञ्चालक परिषद् बैठकमा सहभागी हुन शुक्रवार ललितपुरको जावलाखेल पुगेका मन्त्री पण्डितविरुद्ध...बाँकी
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसूति विभागबाट नवजात शिशु चोरी भएको छ। शिशु चोरीको आरोपमा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ। प्रहरीले लिला बिक र उनकी भाउजू मिला लिम्बुलाई शिशु चोरी गरेको आरोपमा पक्राउ गरेको हो। प्रहरीका अनुसार बुधबार राती बबिता मेहताको छोरा प्रतिषठनको प्रसूति विभागबाट नै...बाँकी
गत असार १५ गते पूर्वपश्चिम राजमार्गको सर्लाही जिल्लाको बाँके चोकमा विरोध प्रदर्शनमा प्रहरीको गोलीबाट मृत्यु भएका ईश्वरपुर नगरपालिका वडा नं १३ का २६ वर्षीय सरोज नारायण सिंहको परिवारलाई १० लाख रुपैयाँ राहत दिने सरकारले निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय सुनाउने नियमित पत्रकार सम्मेलनमा बिहीबार सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सिंहको परिवारलाई...बाँकी