विविध

श्रीमान-श्रीमती मिलेर एकको हत्या, शव गाडिएको अवस्थामा फेला

कैलालीको चुरे गाउँपालिका ६ मडमा श्रीमान-श्रीमती मिलेर एकजनाको हत्या गरेका छन् । हत्या गरि शव गाडेको अवस्थामा प्रहरीले फेला पारेको छ । गुल्मी घर भई ज्याला मजदुरी गर्दै आइरहेका अन्दाजी ४०,४५ वर्षका कमल कुँवरको गत असार २२ गते श्रीमान,श्रीमती मिलेर हत्या गरि सिमसेला खोला नजिकै खाडल खनेर गाडेको अवस्थामा प्रहरीले...बाँकी

भोजपुरमा प्रहरी र नेत्रविक्रम चन्द समूहबीच दोहोरो भिडन्त, एकको मृत्यु

भोजपुरको सदरमुकाम नजिकै प्रहरी र नेत्रविक्रम चन्द समूहबीच दोहोरो भिडन्त हुँदा एक कार्यकर्ताको मृत्यु भएको छ । बुधबार बिहान ८ बजे भएको भिडन्तमा चन्द समूहका ओखलढुंगा इञ्चार्ज निरकुमार राईको मृत्यु भएको प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले जानकारी दिए । यस्तै उक्त घटनामा प्रहरी जवान सञ्जिव राईको छातीमा गोली लागेको...बाँकी

१० लाख ८४ हजार सहित आठ जुवाडे पक्राउ

जुवा खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । गो दावरी नगरपालिका ३ बाँडेगाउँस्थित वृस्दावन रिसोर्टमा जुवातास खेलिरहेका उनीहरुलाई सोमबार नगद १० लाख ८४ हजार रुपैयाँ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले रिसोर्ट संचालक मनोज नेपालीसहित आठजनालाई पक्राउ गरको हो । वृत्तका...बाँकी

नगरपालिकामा कार्यरत दुई कर्मचारी घुस सहित रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय हेटौँडाले पचरौता नगरपालिकामा कार्यरत दुई कर्मचारीलाई घुस सहित रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा नायव सुब्बा बद्रीबहादुर थापा र ईन्जिनियर रायप्रकाश सतरा रहेको आयोगले जनाएको छ । सुब्बा बद्रीबहादुर थापालाई महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको प्रमाणित गर्न नगद १४ हजार घुस सहित पक्राउ...बाँकी

चन्द समुहका चार कार्यकर्ता रिहा, एक पक्राउ

नेत्रविक्रम चन्द्र ‘विप्लव’ नतृत्वका चार नेता तथा कार्यकर्ता रिहा भएका छन्। जिल्ला अदालत सुनसरीको आदेशपछि उनीहरु रिहा भएका हुन्। रिहा भएका पाँच मध्ये प्रहरीले एक जनालाई अदालत परिसरबाटै पुनः पक्राउ गरेको छ। सोमबार जिल्ला अदालतको आदेशपछि नेकपा पोलिटव्यूरो सदस्य मोहन कार्की (जीवन्त) केन्द्रीय सदस्य चूडामणि ओली (आदर्श) चन्द्रबहादुर खड्का (असल),...बाँकी

काठमाडौं फन् भ्यालीले कर छलेको आशंकाः राजश्व कार्यालयद्धारा कागजपत्र नियन्त्रणमा

 कर छलेको आशंकामा राजश्व कार्यालयले काठमाडौं फन् भ्यालीको कागजपत्र नियन्त्रणमा लिएको छ । आन्तरिक राजश्व कार्यालय जगाती भक्तपुरले सूर्यविनायक नगरपालिका वडा नम्बर १० पलाँसेमा रहेको फन् भ्यालीले कर छलि गरेको उजुरी आएपछि कागजपत्र नियन्त्रणमा लिएको हो । कार्यालयका प्रमुख सूर्यप्रसाद पोखरेलले भने, ‘हाम्रो कार्यालयमा उजुरी आएपछि असार ५ गते उक्त...बाँकी

प्रधानमन्त्रीलाई विषादीयुक्त तरकारी उपहार !

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाएको छ । नेविसंघले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमार्फत मंगलबार प्रधानमन्त्री ओलीलाई भारतबाट आयातित विषाक्त तरकारी तथा फलफूल उपहार स्वरुप पठाएको हो । भारतबाट निर्यात हुने तरकारी परीक्षण नगर्ने सरकारको निर्णयका...बाँकी

दुनियाकै एकमात्र बालिका जसलाई चोट लाग्दा पनि दुख्दैन !

तस्वीरमा देखिएकी यी बालिका देख्नमा त अरु सामान्य बालबालिका झैँ लाग्छिन् । तर यिनी यस्तो रोगबाट पीडित छिन् जसका कारण उनलाई न त निद्रा लाग्छ, न त भोक नै लाग्छ । जिउमा जति ठूलो चोट लागोस्, उनलाई फिटिक्कै दुख्दैन । डाक्टरहरुले ओलिविया फ्रान्सवर्थलाई बायोनिकको उपाधि दिएका छन् भने उनकी आमाले...बाँकी