विविध

अज्ञात समुहद्वारा दुईवडा कार्यलयमा आगजनी

 सोमबार राति अछामका दुईवटा वडा कार्यालयमा आगलागी भएको छ । पन्चदेवल विनायक नगरपालिकाको ३ र ढकारी गाउँपालिकाको ५ नम्बर वडामा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए । पन्चदेवल बिनायकको ३ नम्बर वडामा राति २ बजेको समयमा आएको करीब ५र६ जनाको समूहले पेट्रोल छर्केर...बाँकी

सावधान ! सिरिन्ज प्रकरणः एटिएमदेखि फिल्म हलहुँदै सडकसम्म

 एक युवतीले मध्य रातमा ‘एचआइभी क्लवमा स्वागत छ’ भन्दै युवकलाई सिरिन्ज लगाइन। युवतीले एचआइभी संक्रमित सुई युवकलाई लगाएको पीडितले प्रहरीलाई जानकारी दिए। यो घटना अमेरिकाको सिटल शहरको उत्तरी क्षेत्रको हो। उक्त घटना १७ सेप्टेम्बरको करिव १२ बजेर १५ मिनेटको मध्य रातमा घटेकोे हो। आफुलाई सुई लगाउने महिला करिव २० वर्ष...बाँकी

शिक्षक भर्ना गर्दा शिक्षक सेवाबाट उत्तीर्ण भएकालाई गर्नुस्, आफन्त, नातागोता र खल्तीबाट झिकेर नगर्नुस् :- शिक्षा मन्त्री पोखरेल

नेपालको शिक्षा प्रणाली अझैपनि घोकन्ते विद्यामै सीमिति रहेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुनासो पोखेका छन् । उनले भने एउटा विद्यार्थीलाई कक्षा कोठामा वर्षभरि घोकाउने र तीन घण्टाको परीक्षामा सीमित गरेर मूल्याङ्कन गर्ने शिक्षा प्रणाली नै गलत छ। स्थानीय तहलाई खल्तीबाट शिक्षक भर्ना नगर्न आग्रह गर्दै उनले भने, शिक्षक...बाँकी

सल्यानका एक युवाले हावाबाट निकाले बिजुली

एक युवाले हावाबाट विजुली निकालेका छन्। जिल्लाको शारदा नगरपालिका ४ साँइलाकम्दका ३८ वर्षीय बुद्धिराज कवरले हावाबाट विजुली निकालेका हुन्। साहुटोलमा इलेक्ट्रोनिक पसल गर्दै आएका कवरले विगत लामो समयदेखि यसलाई परीक्षण गर्दै आइरहेका थिए। तेस्रोपटक प्रयास गर्दा हावाबाट बिजुली निकाल्न सफल भएको उनले बताए। ‘बत्ती बाल्नको लागि ४ दिनसम्म निरन्तर मेहनत...बाँकी

विप्लवलाई गएकै छैन वार्ताको पत्र ! विप्लव भन्छन्– भयानक भिडन्ततिर धकेल्न खोजिँदैछ

 सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई वार्ताको औपचारिक पत्र नै नपठाएको खुलेको छ । सरकारले ३० फागुन ०७५ मा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारका केही मन्त्री र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसले समेत वार्ता र संवादबाट समस्याको समाधान...बाँकी

अस्पतालमै छोइछिटो, नर्सको गुनासो प्रशासनले सुनेन

यदी तपाईंमाथि कसैले दुर्व्यवहार गर्न खोज्यो भने कस्तो महशुस गर्नुहुन्छ ? अझ आफू कार्यरत संस्थाका सहकर्मी नै मिलेर तपाईंमाथि खनिए उपाय के होला ? त्यसमाथि नेपाली समाजले छुट्याइदिएको दलित भएकै कारण दुव्र्यवहार सहनु पर्दा कस्तो होला ? पक्कै यस्ता घटना कसैको लागि क्षम्य हुँदैन । पोखरा महानगरपालिकाको अस्पतालमा कार्यरत एक...बाँकी

त्रिवि पनिकामा अनियमितता : ९ नम्बरलाई ६९ बनाएर स्वर्णपदक

 त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले ९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर ‘गोल्ड मेडल’ दिलाएको खुलासा भएको छ । स्नातकोत्तर तहको एक विषयमा ९ नम्बर ल्याएका सुरेन्द्र कोइरालालाई पनिका कर्मचारीले ६९ नम्बर दिएर ‘सर्वोत्कृष्ट’ बनाएका हुन् । कोइराला अधिवक्ता हुन् । पाटन क्याम्पसमा मानविकी संकायअन्तर्गत अर्थशास्त्रका विद्यार्थी कोइरालालाई ‘गोल्ड मेडल’ दिलाउन कम्तीमा ३...बाँकी

विदेशबाट नेपालमा आएर मृत्यु भएका ११४ कामदारलाई ६ करोड क्षतिपूर्ति दिइने

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले श्रम स्वीकृतिको म्यादभित्र नेपालमै मृत्यु भएका एकसय १४ जना कामदारका परिवारलाई राहत स्वरुप क्षतिपूर्ति दिने निर्णय गरेको छ । यसको लागि ६ करोड ६६ लाख व्यवस्था गरेको छ । बोर्डका अध्यक्ष समेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको अध्यक्षतामा आइतबार बसेको बैठकले यो निर्णय गरेको...बाँकी