आज बिहान शुक्रबार मुसलधारे पानी परेपछि जलेश्वर कारागार डुबानमा परेको छ । बिहान ५ बजेबाट करीब डेढ घण्टासम्म परेको भीषण मुसलधारे पानीको कारण महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको हो । झण्डै १६० वर्ष पुरानो राणाकालीन समयमा निर्माण भएको जलेश्वर कारागार...बाँकी
पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई महानगरको गेटमा लगाएको ताला खोल्न आग्रह गरेका छन्। शुक्रबार महानगरमै पत्रकार सम्मेलन गरेर प्रमुख जिसीले छलफलमा आउन महानगरको मुल गेटमा लगाएको ताला खोल्न आग्रह गरेका हुन् । केही दिनअघि महानगरले प्रस्तुत गरेको बजेटमा कांग्रेसबाट निर्वाचित प्रतिनिधि भएको वडामा भेदभाव गरेको भन्दै महानगरको...बाँकी
आफूलाई धर्ती माता बताउँदै भद्रकाली मन्दिर परिसरमा एक युवतीलाई कुटपिट गर्दै यातना दिने विष्णु कुँवरलाई प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ । बुटवल बस्ने कुवरले आफूलाई तन्त्रमन्त्रको ज्ञान भएको दाबी गर्दै केही समय अघि भद्रकाली मन्दिरमा युवतीलाई यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भए पछि प्रहरीले उनको खोजी गरेको थियो।...बाँकी
दशौं कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । गएको जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले गएराति सार्वजनिक गरेको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिनुभयो । कोरियाले पहिले जानकारी नगराएकाले वेवसाइटमा राख्न ढिला भएको र अहिले राख्ने काम भैरहेको उहाँले जानकारी दिनुभयो ।...बाँकी
ट्राफिक नियम सम्बन्धी जनचेतना जगाउने उदेस्यले आज हेटौंडामा र्याली निकालीएको छ । प्रदेश नम्बर ३ को ट्राफिक प्रहरी कार्यालय चितवनकोे आयोजानमा हेटौंडाको हुप्राचौरबाट निकालीएको ¥यालीले बजार परिक्रमा गरेको थियो । सडक सभ्यता अभिबृद्धी एवं सवारी दुर्घटना न्यूनिकरणमा समुदाय प्रहरी साझेदारी सम्बन्धी एक दिवसीय ट्राफिक प्रहरी तथा सरोकारवाला निकायहरुको समेलनका अवसरमा...बाँकी
यस वर्ष एसईई परीक्षा दिएकी शान्ता चौधरीले बी ग्रेड पाएकी छिन् ।। बिहीबार सार्वजनिक भएको नतिजाअनुसार उनले २.६५ जीपीए ल्याएकी छन् । यसै वर्ष परीक्षा दिएकी उनकी छोरीले भने बी प्लस ल्याएकी छन् । आफ्नो छोराले टेलिफोन गरेर नतिजा जानकारी दिएको उनले बताइन् । उनले अब उच्च शिक्षा अध्ययन गर्ने...बाँकी
माध्यमिक शिक्षा परीक्षा एसईईमा यो वर्ष उच्च नतिजा 'ए प्लस' ल्याउनेको सङ्ख्या गत वर्षभन्दा बढेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। बिहीवार प्रकाशित नतिजा अनुसार कुल १७ हजार पाँच सय ८० जना विद्यार्थी 'ए प्लस' श्रेणीमा उत्तीर्ण भएका बताइएको छ। यो सङ्ख्या गत वर्षको भन्दा तीन हजारले बढी हो। यो वर्ष...बाँकी
बैंकहरुले आउने साताभित्रै मर्जरका लागि उपयुक्त पार्टनर छानेर राष्ट्र बैंकलाई बुझाउनुपर्ने भएको छ । बिहीबार गर्भनर चिरञ्जीवी नेपालले बैंकहरुलाई यस्तो निर्देशन दिएका हुन् । आगामी वर्षको मौद्रिक नीतिका सम्बन्धमा छलफल गर्न भन्दै बिहीबार राष्ट्र बैंकले २८ वटै वाणिज्य बैंकका अध्यक्ष र प्रमुख कार्यकारीलाई डाकेका थिए । सोही कार्यक्रममा गर्भनर नेपालले...बाँकी