विविध

चितवन राष्ट्रिय निकुञ्जभित्र जीप चलाउन रोक

चितवन राष्ट्रिय निकुञ्जभित्र असार २१ गतेदेखि जीप चलाउन रोक लगाईएको छ । पर्यटकलाई निकुञ्ज घुमाउन प्रयोग गरिने जीप वर्षात् शुरु भएसँगै बन्द गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए । उनले बाटो हिलो र खाल्डाखुल्डीसँगै झाडी बढेकाले जिप सञ्चालनमा रोक लगाउन लागिएको बताए । निकुञ्जभित्र घुम्नका लागि...बाँकी

झिनो आशामा श्रीलंका

पछिल्लो खेलमा दक्षिण अफ्रिकासँग बेहोरेको हारले श्रीलंकाको सेमिफाइनल यात्रामा गम्भीर धक्का लागेको थियो । टोलीको यात्रा अझै सकिसकेको भने छैन । श्रीलंकाले सोमबार १० टोली सम्मिलित एकदिवसीय विश्वकपको लिग चरणमा आफ्नो आठौं खेल वेस्ट इन्डिजसँग खेल्दै छ । सेमिफाइनल दौडबाट यसअघि नै बाहिरिसकेको वेस्ट इन्डिजका लागि गुमाउनु केही छैन । अघिल्लो साता इंग्ल्यान्डलाई २०...बाँकी

विमानस्थलको ह्याङ्गरमा जहाज ठोक्किँदा १० को मृत्यु

अमेरिकास्थित टेक्ससको म्युनिसिपल विमानस्थलमा हवाईजहाज ह्याङ्गरमा ठोक्किँदा १० को मृत्यु भएको छ। सोमबार बिहान विमानस्थलबाट उड्ने क्रममा ह्याङ्गरमा ठोक्किँदा दुर्घटना भई आगो लागेको अधिकारीहरुले बताएका छन्। यस दुर्घटनामा कसैको पनि ज्यान बचाउन नसकेको म्युनिसिपल विमानस्थलका प्रवक्ता मेरी रोजेनविल्थले बताए। प्रत्यक्षदर्शीका अनुसार केही क्षण उडेपछि बिचक्राफ्ट बिई–३५० किङ्ग एयर एक्कासी एकातर्फी...बाँकी

प्रहरी र चन्द समूहबीच गोली हानाहान

 सिलिचोङ गाउँपालिका १ सिसुवाखोलाको हेयाङ्ला भन्ने स्थानमा सोमबार बिहान प्रहरी र नेत्रविक्रम चन्द समूहबीच गोली हानाहान भएको छ ।प्रहरी र चन्द समूहका कार्यकर्ताहरुबीच गोली हानाहान भए पनि कुनै क्षति भने नभएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट गएको नियमित गस्ती हेयाङ्ला पुगेको थियो । गस्ती टोलीलाई देखेपछि विप्लव...बाँकी

बन्दैछ नेपालमा पनि पारमाणविक पदार्थसम्बन्धी कानुन, यस्ता छन् आवश्यक्ताका कारण

नेपाल सरकारको तर्फबाट शिक्षा तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पुस ८ गते संसद्को तल्लो सदन प्रतिनिधिसभामा 'पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' दर्ता गराएका छन्। 'पारमाणविक पदार्थ र आयनीकृत विकिरणको सुरक्षित र शान्तिपूर्ण प्रयोग, रेडियोधर्मी स्रोतहरूको सुरक्षा र संरक्षण, पारमाणविक पदार्थ, रेडियोधर्मी पदार्थ तथा...बाँकी

काठमाडौंमा मेयर विरुद्ध नाराबाजी गर्दै प्रर्दशन

काठमाडौं बाल्मिकी क्याम्पसका विद्यार्थीहरुरुले काठमाडौंका मेयरविरुद्ध बिभिन्न नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनकारी विद्यार्थीहरले बाल्मिकी क्याम्पस अगाडीको फोहोर थुप्रिएर दुर्गन्ध हुँदा समेत महानगरपालिकाले बेवास्ता गरी फोहोर नउठाएको भन्दै बिभिन्न नाराबाजी गरी प्रदर्शन गरेका हुन् । विद्यार्थीले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यविरुद्ध बिभिन्न नाराबाजी गर्दै केही समय फोहोर बालेर सडक...बाँकी

मुखियाबाट सुब्बा बन्दासम्म करोडौं भ्रष्टाचार

उनी मालदार अड्डामा मात्र बसे । अध्यागमन बसेर करोडौं कमाए । जहाँ जान्थे मोटो रकम कमाएर मालदार अड्डामा सरुवा हुन्थे । मुखियाबाट सेवा प्रवेश गरेका ललितकुमार झाले नायब सुब्बा हुँदा सम्म करोडौं कमाइसकेका थिए । पछिल्लो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए । त्यहाँ उनले मोटो रकम आर्जन गरे ।...बाँकी

बस र दुईवटा माईक्रो ठोक्किदाँ २ जनाको मृत्यु ३० जना घाईते

धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा बस र दुई माइक्रो ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । काठमाडौंबाट लुम्बिनीतर्फ गइरहेको लु १ ख ९०७९ बस र बा ३ ख १००४ र ना २ ख ४५६७ नम्बरको माइक्रोबस आपसमा ठोक्किँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको...बाँकी