पत्र पत्रिकावाट

मंसीर ८ गते सार्वजनिक हुँदैछन् विप्लव, वैद्यलाई निम्तो

काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ८ मा काठमाडौंमा जनसभा गर्दै छ । भूमिगत शैलीमा आफ्ना गतिविधि अघि बढाएको आरोप लागेका सो पार्टीले मंसिरमा खुलामञ्चमा जनसभा गर्न लागेको हो । सभामा एक लाखभन्दा बढी सहभागी गराउने योजना बनाएको नेकपाले जनाएको छ । हाल विप्लव कहाँ छन् भन्ने जानकारी...बाँकी

स्थानीय पत्रपत्रिकाः प्रदेशका मन्त्रीहरु उद्घाटनमै व्यस्त, कानुन निर्माण अस्तव्यस्त

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज फरक फरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेको छ । आजका हेटौंडा सन्देश दैनिकले ३ नम्बर प्रदेशका मन्त्री तथा मुख्यमन्त्री कार्यक्रम उद्घाटनमै व्यस्त भएर कानुन निर्माणमा ढिलाई भइरहेको समाचार छापेको छ । कानुन निर्माणमा ढिलाई भएकोमा सर्वत्र आलोचना सुरु भएके छ । दक्ष कर्मचारीको...बाँकी

‘रेड पासपोर्ट’ लिनेको संख्या बढ्यो

काठमाडौं - मुलुकमा संघीयता कार्यान्वयन भएसँगै कुटनीतिक राहदानी (रातो पासपोर्ट) को प्रयोग समेत बढेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । तीन तहको निर्वाचनपछि जनप्रतिनिधि तथा मन्त्रीको संख्या बढेसँगै राहदानी विभागबाट कुटनीतिक राहदानी विगतको भन्दा धेरै जारी भएको छ । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लागू भएयता आठ वर्षको अवधिमा चार हजार...बाँकी

कैलालीको पुल : जहाँ हिँड्दा पैसा तिर्नुपर्छ

टीकापुर - कैलालीको भजनी नगरपालिकाको कन्द्रा नदीका विभिन्न घाटमा वर्षामा डुंगाबाट ओहोरदोहोर गर्नुपर्छ । अहिले हिउँदमा नदीमा पानी कम भएपछि साँघुरा काठका पुल बनाइएका छन् । ती पुलबाट वारपार गर्दा भने पैसा (शुल्क) तिर्नुपर्ने बाध्यता छ । आजको कान्तिपुरको पृष्ठ ८ मा समाचार छापिएको छ । पुलमा ओहोरदोहोर गरेवापत मोटरसाइकलको २० र...बाँकी

विदेशबाट मिस्डकल आयो ? कल ब्याक नगर्नुस् !

काठमाडौं - तपाईको मोबाइलमा नचिनेको विदेशी नम्बरबाट ‘मिस्ट कल’ आइरहेको छ ? छ भने महत्वपूर्ण कल होला भनेर ती नम्बरमा कल फिर्ता नगर्नूस्, तपाईको ब्यालेन्स गुम्न सक्छ । विदेशी ठगहरुले पैसा कमाउन त्यसरी मिस्ड कल गरेका हुन् । ती विदेशी नम्बरमा कल फिर्ता गर्दा मोबाइलको धेरै ब्यालेन्स काटिन सक्छ ।...बाँकी

स्थानीय पत्रपत्रिकाः प्रदेश ३ को राजधानीको टुङ्गो तिहारपछि

हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई प्राथमिकताका साथ छापेको छ । आजको हेटौंडा सन्देश दैनिकले स्थानीयको अवरोधको कारण प्रशारण लाइन निर्माणमा ढिलाई भइरहेको समाचार छापेको छ । पाँच वर्षअघि ठेक्का सम्झौता भएको हेटौंडा– सुनसरी प्रसारण लाइनको निर्माणका लागि सरकारले तदारुकता देखाएको छ । २०१३ फेब्रुअरी ३ मा ठेक्का...बाँकी

कांग्रेस कोषबाट रकम हिनामिना, क-कसको चल्छ हस्ताक्षर ?

काठमाडौं - क्रियाशील सदस्यता वितरण र नवीकरण, सांसदबाट महिनैपिच्छे काटिने लेबीबाट चल्दै आएको कांग्रेसको आर्थिक कोषमा मनपरी चलेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित कोषाध्यक्ष सीतादेवी यादवको प्रतिवाद हुँदाहुँदै पनि रकम निकाल्ने गरिएको छ । यसअघि निकालिको डेढ करोडको खर्च अपारदर्शी भएको कोषाध्यक्षको गुनासोकै बीच दशैंमा ५०...बाँकी

एम्बुस सडक : २४ घण्टामा चारको मृत्यु

काठमाडौं - खाल्डा, धुलो, धुवाँ, ट्राफिक जाम काठमाडौं उपत्यकाका सडकको पहिचानै बनिसक्यो । सडकमा यात्रुलाई सास्तीमात्र नभई जोखिम पनि उतिकै छ । पाइलैपिच्छेका जोखिमले कहाँ र कतिबेला ज्यान जाने हो भन्न नसकिने अवस्था छ । आजको नागरिक दैनिकले पहिलो पृष्ठमा समाचार छापेको छ । असुरक्षित सडक र लापरबाह चालकका कारण तारकेश्वर...बाँकी