पत्र पत्रिकावाट

अरुभन्दा यसकारण फरक छिन् शृङ्खला

काठमाडौं — अहिले सान्या, चीनमा भईरहेको मिस वल्र्डको ६८ औँ संस्करणमा सहभागी नेपाली सुन्दरी शृङ्खला हालसम्म सहभागी नेपाली सुन्दरीका दाँजोमा सफल देखिएकी छन् । यस अर्थमा अध्ययन तथा पेसाले आर्किटेक्ट इन्जिनियर शृङ्खला अन्य नेपाली सुन्दरीहरुभन्दा फरक पनि देखिएकी छन् कि मिस नेपालकै ईतिहासमा उनले जारी मिस वल्र्ड प्रतियोगितामा विभिन्न मल्टिमिडिया...बाँकी

‘निर्मलासँग गफको क्रममा उत्तेजित भएपछि उखुबारीमा लगेर बलात्कार’

काठमाडौं — निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तले अपराध स्वीकार गरेका छन् । सामूहिक बलात्कारपछि निर्मलाको हत्या गरेको उनीहरूले सोधपुछमा बताएका छन् । प्रदीप रावल र विशाल चौधरीले अपराध स्वीकार गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) स्रोतले बतायो । आजको   नयाँ पत्रिकामा यो खबर छ, महेन्द्रनगर–१८ भगतपुरका उनीहरू दुवै साथी...बाँकी

आफैं मन्त्री आफैं ठेकेदार

सुर्खेत - कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री ठेकेदार पनि हुन्  । आजको कान्तिपुरको पहिलो पृष्ठमा समाचार छापिएको छ । उनीसहितको स्वामित्वमा रहेको कम्पनीले ठेक्का लिएका केही योजना अहिले उनकै मन्त्रालयमातहतमा पुगेका छन्  । खत्रीसहितको स्वामित्वको केएसके कन्स्ट्रक्सन कम्पनीले हाल ६८ करोड ३५ लाख रुपैयाँमा डिभिजन सडक कार्यालय सुर्खेतसँग सम्झौता गरेका...बाँकी

अब मुक्तिनाथ दर्शन गर्न १०० रुपैयाँ

मुस्ताङ - मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने नेपालीले पनि अब शुल्क तिर्नुपर्ने भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रवेश गर्न शुल्क अनिवार्य गरेपछि हिन्दु र बुद्ध धर्मको संगमस्थल मुक्तिनाथ  दर्शनमा नेपालीलाई पनि शुल्क लाग्ने भएको हो । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ । सरकारले १०० रुपैयाँ शुल्क निर्धारण गरी...बाँकी

स्थानीय पत्रपत्रिकाः मुख्यमन्त्री अब विद्युतीय जीपमा सरर

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज हेटौंडा–काठमडौं रुटमा सञ्चालन हुने सुमो जोर बिजोर प्रणालीमा चल्ने, फेसबुक दुरुपयोगले महिलामा परेको पीडा, मुख्यमन्त्री विद्युतीय रेलमा चढ्ने, राजनीतिमा युवालाई प्रयोग मात्र गरिएको विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रको भनाइलाई प्राथमिकताका साथ छापेका छन् । त्यस्तै आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन...बाँकी

जेलबाटै चल्छ समीरको आपराधिक सञ्जाल

काठमाडौं - निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा जेल सजाय भोगिरेका समीरमान सिंह बस्नेतले जलेबाटै आपराधिक गतिविधि सञ्चालन गरेको खुलेको छ । प्रहरीले सोही हत्या अभियोग लागेका तीन जनालाई पक्राउ गरेपछि बस्नेतले जेलबाटै फिरौती असुलीलगायतका गतिविधि सञ्चालन गरेको खुलेको हो । पछिल्लोपटक बस्नेतको निसानामा मिडिया सञ्चालक र...बाँकी

कस्तो छ प्रधानमन्त्रीलाई ? शरीर सुन्नियो, अनुहार र छाती रातो

छातीमा संक्रमणसँगै श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएका प्रधानमन्त्री केपी ओली स्वास्थ्य अवस्था सुधारोन्मुख छ । उनलाई स्वासनलीको संक्रमण (रेस्पिरेटोरी ट्य्राक्ट इन्फेक्सन) भएको छ । दसैँको टीकाको दिनदेखि बिरामी भएका प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार नदेखिएपछि सोमबार बिहान ४ः३० बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । सुरुमा सामान्य रुघाखोकी लागेका...बाँकी

निर्मला पन्त हत्या प्रकण : आसपासका सयौँको डिएनए परीक्षणको तयारी

निर्मला पन्त बलात्कारपछि हत्या अनुसन्धान परिणाम ९७ दिनसम्म पनि शुन्यमै रहेपछि प्रहरीले कञ्चनपुरमा सयौँ व्यक्तिको डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ । घटनास्थल आसपास बस्ने व्यक्तिदेखि निर्मलाका आफन्तहरुको समेत डिएनए परीक्षण गर्न लागिएको आजको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ । मंगलबार डिएनए परीक्ष्णका लागि थप चार जनाको रगत परीक्षण...बाँकी