राजनीति

निर्मलाको हत्यारालाई कडा कारवाही गर्न देजमोको माग

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले निर्मला पन्त घटनाको वास्तविक अपराधी पहिचान गरी कडाभन्दा कडा कारवाही गर्न माग गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलद्वारा हस्ताक्षर गरी शुक्रबार प्रेसित गरिएको एक वक्तव्यमा यस्तो माग गरिएको हो । केही सयमअघि कञ्चनपुर जिल्ला, भीमदत्त पन्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि...बाँकी

मुख्यमन्त्रीको पत्रकार सम्मेलन : सात महिनामा उलेख्य काम गरेको दाबी

  प्रदेश तीनका मुख्यमंत्रीमा निर्वाचित भएपछि तीन नम्बर प्रदेशका मुख्यमंत्री डोरमणी पौडेलले शुक्रबार पत्रकार सम्मेलन गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्कोकार्यालयमा पत्रकार सम्मेलन गरि प्रदेश सरकारले गरेको कामहरुबारे जानकारी दिएका हुन् । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार गठन भएको सात महिना भित्रमा भएका कामहरु बारे जानकारी दिएका थिए ।...बाँकी

बिमस्टेक तयारीः भदौ १४ र १५ विद्यालय बन्द, तीन दिन सडकमा जोर बिजोर सवारी

सरकारले बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरूको प्रयास (बिमस्टेक) सम्मेलनको व्यवस्थापन सहज बनाउन काठमाडौंमा भदौ १३ देखि १५ सम्म जोर–बिजोर नम्बरमा सवारीसाधन चलाउने योजना बनाएको छ। बिमस्टेकका सदस्य राष्ट्रका विशिष्ट पाहुनाको आवागमनलार्इ दृष्टिगत गर्दै सडक जाम न्यून पार्न जोर–बिजोर नम्बरमा सवारी चलाउने रणनीति लागू गर्न लागिएको हो।...बाँकी

स्थानीय तहमा मनपरी, एम्बुलेन्स छैन, प्रमुख चढ्न लाखौंका गाडी

जनतालाई सुविधा दिने बाचा गरेर स्थानीय सरकारको बागडोर सम्हालेका जनप्रतिनिधि सर्वसाधारणका आधारभूत आवश्यकतामा खर्चिनुपर्ने पैसा धमाधम आफ्नो सुविधामा लगानी गरिरहेका छन् । स्थानीय तहको नेतृत्वमा पुग्नासाथ जनप्रतिनिधि आफ्नो सुविधा थप्ने ध्येयमा मात्रै भुलिँदा परिवर्तन अनुभव गर्ने सर्वसाधारणको आशामा तुसारापात भएको छ । प्रदेश १ का अधिकांश पहाडी जिल्लाका गाउँमा अझै...बाँकी

नेपाली काँग्रेसको बिबिध कार्यक्रम

काँग्रेस ईन्द्रशरोबर गाउँपालिकास्तरीय क्रियाशिल सदस्यता वितरण तथा प्रशिक्षण कार्यक्रम विहिबार सिस्नेरीमा भएको छ । नेपाली कांग्रेस २ क्षेत्रीय सभापति यतिराज सापकोटाको सभाध्यक्षता, प्रमूख अतिथि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, विशिष्ट अतिथिहरु पूर्व कृषि राज्यमन्त्री एवं केन्द्रीय सदस्य सरिता प्रसाई, प्रखर वक्ता एवं केन्द्रीय सदस्य गुरु घिमिरेको आतिथ्यतामा क्रियाशिल...बाँकी

फेरि पक्राउ परे प्रकाण्ड(अपडेट)

नेकपा माओवादी विप्लव समूहका प्रवक्ता खड्गबहादुर बिक (प्रकाण्ड) लाई प्रहरीले पुनः पक्राउ गरेको छ । बिहीबार सर्वोच्च अदालतले उनलाई छाड्न आदेश दिएलगत्तै उनलाई पक्राउ गरिएको हो । भोजपुरमा भएको बम विष्फोटको घटना पनि उनी संलग्न भएकाले पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार प्रकाण्डलाई बिहीबारै...बाँकी

विप्लवका प्रवक्तालाई छाड्न सर्वोच्चको आदेश

 सर्वोच्च अदालतले नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई छाड्न आदेश दिएको छ । न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीको संयुक्त इजलासले खड्गबहादुरलाई सर्वोच्चको रजिष्ट्रारको रोहबरमा छाड्न आदेश दिएको हो । अघिल्लो पटक पनि सर्वोच्चले उनलाई छाड्न आदेश दिएको थियो । तर, सर्वोच्चको आदेशमा छुटेका उनलाई प्रहरीले अदालतको गेट बाहिर पक्राउ...बाँकी

काङ्ग्रेसको विधान मस्यौदा समिति गठन

नेपाली काङ्ग्रेसले सङ्घीय संरचनाअनुसार पार्टीको विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न विधान संशोधन मस्यौदा समिति गठन गरेको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा, २४ (८) बमोजिम आज विधान संशोधन मस्यौदा समिति गठन गर्नुभएको हो । मुलुकको नयाँ सङ्घीय संरचनाअनुसार पार्टीका सङ्गठनात्मक संरचनाहरुलाई...बाँकी