राजनीति

कर्मचारी र अधिकार माग्दै बित्यो प्रदेश सरकारको ६ महिना, उपमहानगरले घरको नक्सा निशुल्क बनाइदिने

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज ३ नम्बर प्रदेश सरकारको ६ महिनाको कामको मूल्यांकन र हेटौंडा उपमहानगरले घरको नक्सा निशुल्क बनाइदिने घोषणा गरेको प्रशंगलाई प्राथमिकताका साथ छापेका छन् । आजको हेटौंडा सन्देश दैनिकले गोष्ठी र समृद्धिका नारा दिने प्रदेशका मन्त्रीहरुले गोष्ठी र सेमिनारमै रमाएको खबर छापेको छ । ३ नम्बर...बाँकी

प्रादेशिक राजधानीका लागि पाँच जिल्ला प्रस्तावित

प्रदेश नं ३ को स्थायी राजधानी निर्धारणका लागि गठन गरिएको सम्भाव्यता अध्ययन विशेष समितिले पाँच जिल्ला उपयुक्त हुने प्रतिवेदन तयार गरेको छ ।मुलुकको परिवर्तित संरचनाअनुसार यस प्रदेशका १३ जिल्लामध्ये भक्तपुर, काभे्रपलाञ्चोक, नुवाकोट, मकवानपुर र चितवन जिल्लालाई समितिले प्रस्ताव गरेको हो । प्रदेशसभाले गत वैशाखमा प्रदेशसभा सदस्य दीपक निरौलाको संयोजकत्वमा उक्त...बाँकी

‘प्रकाण्ड’लाई ३ दिन हिरासतमा राख्न आदेश

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं पुर्व मन्त्री खड्बहादुर विश्वकर्मालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले तीन दिनको म्याद दिई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई आदेश दिएको छ । शुक्रबार सर्वाेच्च अदालत परिसरबाटै पक्राउ परेका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले मागे अनुसारका म्याद अदालतले उपलब्ध गराएको हो । ‘यस अघि पनि जिल्लामा दुई जना...बाँकी

नेकपा मकवानपुरको नेतृत्व छान्न सकस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको नेतृत्व छनन्न सकस देखिएको छ । तत्कालिन एमाले तथा नेकपा माओवादी केन्द्रले मकवानपुर जिल्लाको नेतृत्वको लागि करिब आधा दर्जन नामहरु प्रदेश कार्यदलाई सिफारिस गरेपनि प्रदेशमा सहमति हुन नसकेपछि जिल्लाको नेतृत्व छान्नमा थप सकस भएको हो । प्रदेशमा पनि नसल्टिएपछि केन्द्रीय सचिवालयबाट नै नेतृत्व छानिने संभावना...बाँकी

राजपाको दोहोरो चरित्र

प्रदेश २ को प्रदेश सभामा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विशेष सम्बोधन राजपाका तीन सांसदले बहिष्कार गरे । राजपा संसदीय दलका नेता तथा प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले पनि प्रधानमन्त्रीको सम्बोधन बहिष्कार नगर्न निर्देशन दिए पनि उनीहरूले अटेर गरे । राजपा सांसद उपेन्द्र महतो, गौरीनारायण साह र...बाँकी

तीन तहको सरकारको विवाद मिलाउने निकाय नै छैन

केन्द्र, प्रदेश र स्थानीय सरकारबीच राजस्वको विषयमा विवाद सुरु भइसके पनि समाधानको लागि संविधानले तोकेको संरचनालाई सरकारले बेवास्ता गरेको छ । बरु संविधानले व्यवस्था गरेको संरचनबाहिर गएर सचिवस्तरीय कार्यदल वा समिति बनाउन थालिएको छ । संविधान लागू भएको तीन वर्ष बित्न लागिसक्दा पनि राजस्व वितरण, राजस्व र करलगायत विषयमा सुझाव...बाँकी

नेविसङ्घको कार्यकाल तीन महिना थप

नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको कार्यकाल तीन महिना थपिएको छ । नेपाली काङ्ग्रेसले नेविसङ्घको महाधिवेशनलाई सहजीकरण गर्न निर्माण गरेको समितिले तीन महिना थप गर्ने व्यवस्था गरेको हो । नेविसङ्घको विधानमा कार्यकाल सकिएपछि विशेष परिस्थितिमा तीन महिना थप गर्न सकिने उल्लेख छ । विसं २०७३ भदौ ३ गतेको निर्वाचनबाट...बाँकी

मुख्यमंत्री पौडेलले भने : प्रदेश तीन सबैभन्दा सम्मृद्ध बन्नेछ

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नम्बर ३ को सरकार जनताले प्रत्यक्ष अनुभूति हुने गरी समृद्ध प्रदेशका रुपमा विकास गर्न क्रियाशील रहेको बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशनको दोस्रो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “नेपाल कम्युनिस्ट पार्टीको वर्तमान सरकारले देशमा व्यापक परिवर्तन गरेरै छाड्नेछ, यो...बाँकी