राजनीति

२५ जना डाक्टरहरुद्वारा सामुहिक राजीनामा

जिल्ला स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २५ जना डाक्टरहरुले सामूहिक राजीनामा दिएका छन्। प्रतिष्ठानका पदाधिकारीहरुको ज्यादतीका कारण आँफूहरुले काम गर्न नसकेको जनाउँदै विहिवार बेलुका उनिहरुले सामुहिक राजीनामा दिएका हुन्। प्रतिष्ठानका उपकुलपति डा. संगिता भण्डारीले बारम्बार डाक्टरहरुलाई स्पष्टिकरण सोध्ने, जागिर खाईदिने धम्कीसम्म दिने गरेको भन्दै उनिहरुले आँफूहरु शारिरिक तथा मानसिक रुपमा...बाँकी

हतियार कारखाना खोल्न मन्त्रिपरिषदको अनुमति चाहिने

 हतियार उद्योग खोल्ने अनुमति दिने अधिकार मन्त्रिपरिषदमा रहने गरी संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले औद्योगिक व्यवसाय विधेयक २०७५ पारित गरेको छ । समितिमा छलफलका क्रममा रहेको उक्त विधेयकमा यसअघि हतियारसम्बन्धी उद्योग खोल्ने अधिकार पनि औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डमा रहने व्यवस्था थियो । तर सांसदहरुले...बाँकी

भातमै भ्रष्टाचार !

ओखलढुंगाका ६ वटा गाउँपालिकाले गत आवमा खानाखर्चबापत झन्डै ८० लाख रुपैयाँ खर्च गरेका छन्। खाजाखानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्ने जनप्रतिनिधि मौन छन्। मानेभञ्ज्याङ गाउँपालिकाले खानाबापत २० लाख १४ हजार ८७ रुपैयाँ खर्च गरेको छ। गाउँपालिका अध्यक्ष मोतीराज राईले टाढाका जनप्रतिनिधि र कर्मचारीले बैठक तथा ऐनकानुन र कार्यविधि...बाँकी

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको भन्दै पाँच वडाध्यक्षद्वारा सामूहिक राजीनामा

बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन्। प्रचलित नीति नियम र ऐन कानून विपरीत नगरप्रमुख, उपप्रमुखले एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई समेत जानकारी नदिई मनोमानी गर्ने क्रम नरोकिएको भन्दै ध्यानाकर्षणपत्रसहित पाँचै वडाध्यक्षले सामूहिक रूपमा राजीनामा दिएका हुन्। नगर कार्यपालिकाको बैठकमै विकास समितिका सदस्य नरहने गरी...बाँकी

मनहरीका घरहरु गाँजाले बनेका हुन् : मन्त्री जम्मकट्टेल

हेटौंडाः ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले मनहरी क्षेत्रका घरहरु गाँजा बेचेर बनाएको बताएका छन् । बिहीबार हेटौंडामा लागुऔषध नियन्त्रण शाखा गृह मन्त्रालयको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री जम्मकट्टेले अन्य तिव्र आर्थिक वृद्धिको विकल्प नहुँदा गाँजा खेती गर्न बाध्य भएको भन्दै मनहरीका थुप्रै घरहरु गाँजा...बाँकी

सञ्चार मन्त्रीको प्रश्न : ‘रहस्यमय बनाउने, उत्तेजना फैलाउने टाइटल हाल्दिने ? यस्तो पत्रकारिता हुन्छ ?’ 

 सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मूलधारको पत्रकारिता र सामाजिक सञ्जाललाई फरक ढंगले हेर्नुपर्ने बताएका छन् । यूट्युबले उत्तेजना फैलाउने र दिग्भ्रमित पार्ने काम गरेकाले सरकारले यसको अनुगमनमा गम्भीर बहस थालेको उनले बताए । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले सनसनीपूर्ण...बाँकी

डिभी परेर अमेरिका उडेका मकवानपुरका वडाध्यक्षले इमेलबाट पठाए राजीनामा

निर्वाचन जितेपछि डिभी (डाइभर्सिटी भिसा) परेर अमेरिका उडेका मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष जगतमान घिसिङले इमेलमार्फत राजीनामा पठाएका छन्। पाँच महिनाअघि गत चैतमा अमेरिका उडेका घिसिङले बुधबार राजीनामा दिएको इमेल गाउँपालिकामा पठाएका हुन्। तीन महिनाका लागि विदा लिएका घिसिङ पाँच महिनासम्म वडा कार्यालय फर्केका थिएनन्। ‘वडाध्यक्षज्यूले इमेलबाट...बाँकी

प्रदेश २ को नाम ‘जानकी’ राख्ने निर्णय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश २ को नाम जानकी राख्ने निर्णय गरेको छ । नेकपा प्रदेश २ को संसदीय दलको बैठकमा प्रदेशको नाम जानकी प्रदेश राख्ने सर्वसम्मतीले निर्णय भएको हो । बैठकले प्रदेश राजधानीमा मिथिला परिक्रमासहित धनुषा राख्ने निर्णय गरेको सो पार्टीका सांसद मञ्जु यादवले जानकारी दिइन । यस...बाँकी