प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा आएका भारतका विदेशमन्त्री सुब्रमन्यम् जयशंकरबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो प्रधानमन्त्री ओलीसँग विदेशमन्त्री जयशंकरले शिष्टाचार भेटवार्ता गरेका हुन्। नेपाल(भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार काठमाडौं आएका जयशंकरले प्रधानमन्त्रीलाई भेटेर राजनीतिक भेटघाट सुरु गरेका हुन्। भारतीय विदेशमन्त्रीको जिम्मेवारी सम्हालेपछि...बाँकी
नेपाल कम्युनिस्ट पार्टीका सांसद रामनारायण विडारीले ठेक्का प्रणाली सुधार गर्न माग गरेका छन्। उनले पञ्चायत कालको प्रणाली अझै कायम रहेको भन्दै त्यसलाई सच्याउन माग गरेका हुन्। उनले ठेक्का अगावै २५ प्रतिशत पेश्की दिने व्यवस्थाको पनि विरोध गरे। ‘पेटी ठेकेदार रातारात अर्बपति बन्ने। अर्बपति भएपछि चुनाव लड्न थाले। अनि जिन्दगीभर राजनीति...बाँकी
मकवानपुरको विभिन्न ठाउँ लालपुर्जा विहीन छन् । कतिपय त अवस्था यस्तो पनि छ की लालपुर्जा भएको जग्गामा खोला हिड्छ, व्यक्तिको घरबास भएको जग्गा ऐलानी छ । विशेषगरी मकवानपुरको बकैयाँ, बागमती, मनहरी, राक्सीराङ, कैलाश र मकवानपुरगढी गाउँपालिकाका विभिन्न क्षेत्रका जग्गाको लालपुर्जा नभएपनि स्थानीयले भोगचलन गर्दै आइरहेका छन् । जग्गाधनी पुर्जा नभएका...बाँकी
नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख वामदेव गौतमले लामो समयदेखि सम्हालेर आउनु भएको पद छोड्नुभएको छ । पार्टीको महत्वपूर्ण भातृसंगठन अखिल नेपाल किसान महासंघको संयोजकबाट बाहिरनुपरेको हो । गौतमले नेकपाको महत्वपूर्ण मानिने संगठन विभागको नेतृत्व सम्हाल्नुभएको छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनबाट पराजय व्यहोरेपछि गौतम पार्टीको जिम्मेवारीबाट...बाँकी
नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जुले नगर प्रमुखहरूको विदेश भ्रमणमा लगाम लगाउनु पर्ने बताएका छन् । नगर प्रमुखलाई वर्षमा एउटा देशमा दुई पटकभन्दा बढी जान नदिने व्यवस्था गर्न सकिने उनको सुझाव छ । गैरसरकारी संस्थाको निमन्त्रणामा विदेश जान लागेका केही नगर प्रमुखहरूको विदेश भ्रमण आफूले रोकेको समेत अध्यक्ष व्याञ्जुले जानकारी...बाँकी
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने लिखित प्रस्ताव पार्टीमा दर्ता गराएका छन् । सचिवालय बैठकका पछिल्ला निर्णयहरु प्रति असहमत नेता नेपालले सातबुँदे नोट अफ डिसेन्ट मंगलबार दर्ता गराएका हुन्, जसमा एक ब्यक्ति एक प्रमुख जिम्मेवारीको वैधानिक ब्यवस्थालाई...बाँकी
मंगलबार दिउँसो तीन बजे बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक तयारी नपुगेको भन्दै रोकिएको छ। सबै सचिवालय सदस्यहरू प्रधानमन्त्री निवास बालुवाटार पुगिसकेपछि बैठक रोकिएको हो। ‘प्रधानमन्त्री र महासचिवले गृहकार्य नपुगेको भन्नुभएकाले बैठक रोकियो,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘बैठक भोलि ११ बजे बस्नेछ।’ सचिवालय बैठक रोकिएसँगै नेताहरू माधवकुमार नेपाल, नारायणकाजी...बाँकी
प्रदेशअन्तर्गत १३ जिल्लामध्ये सबैभन्दा बढी ३७ सय हेक्टर वन मकवानपुरमा अतिक्रमणमा परेको छ । दोलखामा जिल्ला प्रशासनिक व्यक्तिको हेरफेर हुनेबित्तिकै पर्यटकीय स्थल अतिक्रमणको चपेटामा पर्ने गरेको छ । काभ्रेमा अनियमित तरिकाले व्यक्तिको नाममा दर्ता भएको २० रोपनी खरिद गर्नेले साँधमा रहेको वनको जग्गामा डोजर चलाएको छ । प्रदेशअन्तर्गतका १३ जिल्लामा कुल ७ हजार...बाँकी