चितवनः नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयको निर्णय प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले मान्नै पर्ने बताएका छन् । भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै दाहाल । गृहजिल्ला चितवन पुगेका दाहालले भरतपुर विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले सचिवालयको निर्णय मान्ने र राष्ट्रिय सभामा वामदेव गौतम नै जाने प्रस्ट्याएका हुन्।...बाँकी
रुकुम पश्चिमः २०५२ फागुन १३ मा नेपाली कांग्रेस समर्थक स्थानीय शिक्षक नरजित बस्नेतको तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले हात काटिदिए । त्यस दिन माओवादीले सशस्त्र द्वन्द्व सुरु गरेको १३ दिन मात्रै भएको थियो । त्यसको दुई दिनपछि प्रहरीले उजुरी र कारबाहीका लागि मेलगैरीमा बोलाएर एक विद्यार्थीसहित ६ जनाको हत्या गर्यो । २४ वर्षअघि प्रहरीद्वारा...बाँकी
अंकाराः सिरियाली सेनाको हवाई आक्रमणमा कम्तीमा ३३ जना टर्किस सेना मारिएका छन् । स्थानीय समयअनुसार बिहीबार राति रुसी समर्थन रहेको सिरियाली सेनाले व्रिदोहीहरुको कब्जामा रहेको इड्लिबमा आक्रमण गरेको हो । विद्रोहीहरुको कब्जाबाट इड्लिबलाई मुक्त गर्न सिरियाली सेनाले लगातार प्रयास गरिरहेको छ । इड्लिबमा रहेका सिरियाली विद्रोहीलाई टर्किस सेनाले सहयोग गरिरहेको...बाँकी
हेटौंडाः विपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउपालिका–७ पलाँसेमा गत सोमबार पैदल यात्रीलाई मिनी ट्रकले ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भयो। स १ ख ५४२ नम्बरको मिनि ट्रकको ठक्करबाट पलाँसेका ५५ वर्षीय नन्दलाल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो। श्रेष्ठलाई ठक्कर दिएर फरार ट्रकलाई प्रहरीले सोमबार नै उदयपुरको त्रियुगा नगरपालिकाबाट नियन्त्रण लियो। यस्ता...बाँकी
जनकपुरधामः धनुषाको धनौजी गाउँपालिका–२ को वडा कार्यालयमा कार्यरत वडा सचिव घुस रकमसहित पक्राउ परेका छन्। सेवाग्राहीबाट २० हजार घुस लिँदालिँदै वडासचिव (खरिदार) सुशिल ठाकुरलाई पक्राउ गरेको अख्तियारको टोलीले पक्राउ गरेको हो। जन्म प्रमाणित सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट...बाँकी
चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतम नै मनोनीत हुने बताएका छन्। प्रेस सङ्गठन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीले गौतमलाई नै सिफारिस गर्ने बताए। पत्रकारको प्रश्नमा उनले भने, ुप्रधानमन्त्रीले सिफारिस नगर्ने कुरा म कल्पनासम्म पनि गर्दिनँ, उहाँले गर्नुहुन्छ।...बाँकी
सोलुखुम्बुः उडिरहेको हेलिकोप्टरबाट ठूलो परिमाणको जस्तापाता खसेपछि स्थानीय नागरिक त्रसित बनेका छन्। बस्ती माथिबाट बारम्बार झुण्ड्याएर कार्गो ढुवानी गरिरहेको हेलिकोप्टरबाट सामाग्री खसेको थाहा पाएपछि हवाई मार्गका नागरिक त्रसित बनेका हुन्। गएको शनिबार मात्रै सोलुदुधकुण्ड नगरपालिका १ को लुङ्दीङ जंगलमा उडिरेको कैलास एयरको हेलिकप्टरबाट करिब ६ केजी जस्तापातासहित दुई रोल म्याट्रीक्स...बाँकी
हेटौंडाः चीनको हुवेई प्रान्तको केन्द्र वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोप युरोपको इटलीसहित दक्षिण कोरिया हुँदै अहिलेसम्म ३६ देशमा पुगेको छ। विश्वभरि कुल ८० हजार १३० जनामा संक्रमण देखा परेको र २७ हजार ४७१ जना संक्रमित अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन्। मृत्यु र संक्रमणदर चीन र त्यसमा...बाँकी