समाज

सुनको भाउ अहिलेसम्मकै उच्च, प्रतितोला ७८ हजार एक सय

हेटौंडाः सुनको भाउ तोलाको ७८ हजार नाघेको छ। निरन्तर महंगिएको सुनको भाउ आज तोलाको ७८ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो। यसअघि हिजो छापावाल सुन ७७ हजार ६ सय रुपैयाँ तोलामा कारोबार भएको थियो। साताको पहिलो दिन आइतबार ७६ हजार...बाँकी

कम्युनिष्टहरु सत्तामा पुगेपछि बिग्रिन खोज्दैछन्, संकेत राम्रो छैन स् प्रचण्ड

हेटौंडाः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सत्तामा पुगेपछि कम्युनिष्टहरुले आफैलाई सिध्याउने विश्‍वको इतिहास नेपालमा पनि दोहोरिने खतरा देखिएको बताएका छन्। शुक्रबार भक्तपुरमा कम्युनिस्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशी समृति प्रतिष्ठानको भवन शिलान्यास गर्दै प्रचण्डले कम्युनिष्टहरु सत्ता र शक्तिमा पुगेपछि आदर्शबाट विचलित हुने गरेको बताएका हुन्। ‘अहिले...बाँकी

वक्तृत्वकलामा समृद्धि भईन प्रथम

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा जिल्ला युवा समिति मकवानपुरको समन्वयमा भएको जिल्ला स्तरिय वक्तृत्व कलामा समृद्धि देव प्रथम भएकी छिन् । मकवानपुरका विभिन्न स्थानका ९ युवाहरु सहभागी भएको प्रतियोगितामा समृद्धि प्रथम, सुदन विक दोस्रो, अञ्जली घिमिरे तेस्रो तथा दिनेश कार्की सान्त्वना भएका हुन् । शिक्षाको रुपान्तरणमा युवाको भुमिका विषयमा भएको...बाँकी

बागमती गोल्डकप : सेमिफाइनल समिकरण पुरा

हेटौंडा : बिरगंज युनाइटेडलाई ४ः३ ले टाइब्रेकरमा पराजित गर्दै संकटा युवा क्लव काठमाडौं जारी तेस्रो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता–२०७६ को सेमिफाइनलमा प्रवेश गरेको छ । बिहिबार जनता मावि प्राविधिक शिक्षालयको खेल मैदानमा सम्पन्न खेलमा बिरगंजलार्ई ४ ः३ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान तय गरेको हो । निर्धारित...बाँकी

मन्त्री बाँस्कोटासँग ७४ करोड कमिसन ुबार्गेनिङु गर्ने मिश्रलाई पक्राउ गरिने

हेटौंडाः सेक्युरिटी प्रिन्टिङ खरिदका नाममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासँग कमिसनको कुरा गर्ने विजय प्रकाश मिश्रलाई पक्राउ गरिने भएको छ। संसदको सार्वजनिक लेखा समितिका सदस्यहरुको चरित्र हत्या गर्ने गरी सार्वजनिक टिप्पणी गरेको भन्दै मिश्रलाई पक्राउ गरी कारवाही गर्न साइबर क्राइम ब्यूरोलाई पत्राचार गरिएको हो। बिहीबार बसेको लेखा समितिको बैठकका...बाँकी

संसदीय समिति र सांसद्‌को अपमान गरेको भन्दै मिश्र र उपाध्यायलाई पक्राउ गर्न पत्राचार

हेटौंडाः प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले सांसदहरूको चरित्र हत्या गर्ने र संसदीय समितिको अपमान गरेको भन्दै दुई जनालाई पक्राउ गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई पत्र लेखेको छ । समितिको बिहीबारको बैठकमा नेकपाका संसद सूर्य पाठकले सेक्युरिटी प्रेस खरिद प्रक्रियालाई अगाडि बढाउन सांसदहरू पनि भ्रष्टाचारमा संलग्न रहेको भनेर सामाजिक...बाँकी

मकवानपुरगढी गाउँपालिका भित्रका सामुदायीक विद्यालयहरुको अवलोकन

 हेटौंडाः नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिका भित्रका सामुदायीक विद्यालयहरुको आज एकदिने अवलोकन सम्पन्न गरेको छ । संगठन सवलीकरणको पाँच महिने अभियान अन्तर्गत यस्तो अवलोकन गरिएको प्रचार विभाग प्रमुख सुनिल गौतमले जानकारी दिनुभयो । संगठनमा आवद्ध रहेका शिक्षकहरुको गुनासा र समस्याहरु संकलन एवम् संवोधन गर्ने अवलोकन भ्रमणको...बाँकी

नेपाली यात्रु बोकेको बस तमिलनाडुमा दुर्घटना स् ६ जनाको मृत्यु, २१ घाइते

हेटौंडाः दक्षिण भारतीय राज्य तमिलनाडुको सालेममा बुधबार राति भएको सडक दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । ३४ जना नेपाली तीर्थयात्रुहरु बोकेको बस कन्याकुमारीबाट कर्नाटकको बैंग्लोर जाँदै गरेका बेला दुर्घटनामा परेको हो । तमिलनाडुको सालेम जिल्लास्थित ४४ नम्बर हाइवेमा भारतीय समयअनुसार ११ बजेर ५५ मिनेट जाँदा दुर्घटना भएको हो।...बाँकी