समाज

पुरानो बसपार्क नजिकै आगलागी

काठमाण्डौः काठमाडौंको पुरानो बसपार्कनजिकैको एक रेष्टुरेन्टमा आगलागी भएको छ। प्रहरी वृत्त सिंहदरबारले जनाएअनुसार बसपार्कभित्र रहेको भ्युटावर निर्माणस्थल नजिकको रेस्टुरेन्टमा साढे ३ बजेतिर आगो लागेको हो। आगलागीको कारण भने खुल्‍न बाँकी रहेको र मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। दमकलको सहायताले आगो निभाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ। पछिल्लो समय...बाँकी

दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या २ हजार ३३७ पुग्यो

एजेन्सीः दक्षिण कोरियामा ५७१ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। संक्रमति व्यक्तिको संख्या २ हजार ३३७ पुगेको छ। दक्षिण कोरियामा यस भाइरसको कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको समाचारमा जनाइएको छ। दक्षिण कोरियाको कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापन केन्द्रको स्थानीय समयानुसार बिहानको १० र अपराह्न ५ बजे दुईपटक यस रोगको...बाँकी

अवैध सालक ओसारप्रसार गर्ने दुईजना पक्राउ

मकवानपुरः जिउँदो सालक अवैध ओसारपसार गर्ने मकवानपुरका अनिश तामाङसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । संरक्षित वन्यजन्तु सालकको अवैध ओसारपसार तथा बिक्रिवितरण्मा संलग्न रहेका २ जनालाई महानगरीय अपराध महाशाखा टेकुले नियन्त्रणमा लिएको हो । विषेश सूचनाका आधारमा काठमाडौं ११ सिभिल मल अगाडीबाट जिउँदो सालकसहित मकवानपुर कैलाश गाउँपालिका ५ पालङ्ग...बाँकी

सगरमाथाको उचाइ नाप्‍ने काम ९० प्रतिशत सम्पन्‍न: मन्‍त्री अर्याल

काठमाण्डौः भूमि, व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले सगरमाथाको उचाइ नाप्‍ने काम ९० प्रतिशत सम्पन्न भएको जानकारी दिएकी छन् । शुक्रबार आफ्नो कार्यकालमा प्राप्त उपलब्धिहरुको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले यस्तो बताएकी हुन् । नेपालले पहिलो पटक आफ्नो जनशक्ति र स्रोत परिचालन गरेर सगरमाथाको उचाई नाप्ने काम...बाँकी

‘कन्भिन्स’ गर्दै ओली, दबाब बढाउँदै सचिवालयका नेता

 काठमाण्डौः प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालयको निर्णय कार्यान्वयन नगर्ने चुनौती दिएपछि नेकपा सचिवालयका नेताहरुले ओलीमाथि दबाब बढाउने रणनीति बनाउँदै छन् । प्रधानमन्त्री ओलीमाथि दबाब बढाउन पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष बामदेव गौतमबीच लगातार संवाद भइरहेको छ। नेकपा सचिवालयको...बाँकी

राक्सिराङ गाँउपालिकाका वडा भेला सम्पन्न

हेटौंडाः राक्सिराङमा गाँउपालिकाको ९ वटा वडाहरुमा नेपाली काँग्रेसको पार्र्टीको सगंठन विस्तार बिहीबार सकेको छ । माघ २५ गतेबाट सुरु भएको अभियान संगठन बिस्तार तथा वडा भेलाहरु फाल्गुन १५ गतेसम्म थियो । अभियान अन्तर्गत वडा नम्बर ५ को वडा भेलाले १५ सदस्यीय कार्य समिति चयन गरेको छ ।  त्यस्तै वडा नम्बर...बाँकी

फरक फरक स्थानमा भएको सवारी दुर्घटनामा ५ को मृत्यु

मकवानपुरः सप्तरी, नवलपरासी (पूर्व), मकवानपुर, दाङ र बाराका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईस्थित सडकमा ना।४३ प १५१७ नम्बरको मोटरसाइकललाई ना–४६ प २८११ नम्बरको मोटरसाइकलले बिहीबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका ना।४३ प १५१७ नम्बरका मोटरसाइकल चालक पर्सा...बाँकी

विश्‍व स्वास्थ्य स‌ंगठनको चेतावनीः कुनै देशले कोरोना भित्रिन्‍न भनेर बसे गम्भीर गल्ती हुनेछ

जेनेभाः बिहीबार विभिन्न ७ देशमा कोरोना भाइरस (कोभिड–१९) को पहिलो संक्रमण देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सबै सदस्य राष्ट्रहरुलाई तयारीका लागि चेतावनी दिएको छ । विश्‍व स्वास्थ्य स‌ंगठनको जेनेभास्थित मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक ट्रेडस एड्हानोम गेहब्रेयसस तस्बिर : रोयटर्स ‘प्रत्येक देश पहिलो केसका लागि तयार हुनैपर्छ,’ बिहीबार जेनेभामा...बाँकी