समाज

क्रिसमसमा गाउँपालिकाद्वारा सार्वजनिक विदा

हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमसको अवसरमा सार्वजनिक विदा दिएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले मंगलबार एक सुचना जारी गर्दै गाउँपालिकामा बहुसंख्यक ईसाई धर्मालम्बीहरुको बसोबास रहेकोले कार्यपालिका वैठकले निर्णय गरेको जनाएका छन् । राक्सिराङ गाउँ कार्यपालिकाको मंसिर ७ गते बसेको वैठकले क्रिसमसको अवसरमा भोली ९ गते सार्वजनिक विदा दिने निर्णय...बाँकी

पशुपतिनगरलाई एम्बुलेन्स खरिद गर्न सम्झौता

हेटौंडा उपमहानगरपालिका वडा ५ का वडा अध्यक्ष राजेश वाँनियाले सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरलाई एम्बुलेन्स खरिद गरि हस्तान्तरण गर्ने भनि खरिद सम्झौतापत्रमा हस्ताक्षर गरि सम्झौता गरेका छन्। सोमबार एक कार्यक्रमको आयोजना गरि उपमहानगरका मेयर हरि बहादुर महतको प्रमुखअतिथ्यतामा उक्त सम्झौता गरिएको हो। सम्झौतापत्रमा दाता राजेश...बाँकी

हेटौंडामा युवा झुण्डद्वारा रक्तदान

हेटौंडाः ईसाई धर्मालम्वीहरुको चाड क्रिसमसको पुर्व सन्ध्यामा हेटौंडामा रक्तदान भएको छ । हेटौंडा ख्रिष्ट्रियन अन्तर मण्डली युवा झुण्डको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा ३९ जनाले रक्तदान गरेको झुण्डका अध्यक्ष केशव घिमिरेले जनाएका छन् । रक्तदान कार्यक्रममा हेटौंडा ख्रिष्ट्रियन चर्चका संस्थापक एल्डर पवन न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।बाँकी

बुहुप्रविधिक महाविद्यालय निर्माणमा मुख्यमन्त्रीको चासो

मकवानपुर:  ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल उमेरले सात दशक पार गरिसक्नु भएको छ । तर, उहाँको जोश र जाँगर अहिले पनि कुनै २० वर्षे युवक भन्दा कम छैन् । कुनै पनि समय खाली बस्न नरुचाउने उहाँ जिल्लामा रहदाँ होस वा जिल्ला बाहिर प्रदेशका कुनै अन्य जिल्लामा रहदा, हरेक समय...बाँकी

मानव अधिकार परिषद्मा प्रस्तुत हुने प्रतिवेदनको मस्यौदामा सुझाव

हेटौंडाःः प्रदेश ३ को राजधानी हेटौंडामा सन २०२० नोवेम्बरमा हुने संयुक्त राष्ट्र संघ मानव अधिकार परिषद्मा प्रस्तुत हुने प्रतिवेदनको मस्यौदामा सुझाव संकलन भएको छ । प्रदेश ३ का सभामुख, सांसद, मुख्य न्यायधीवक्ता लगायतबाट सुझाव संकलन भएको छ । ईन्सेक प्रदेश तिनका संयोजक कृष्ण गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ईन्सेककी युपिआर प्रमुख...बाँकी

३५ लाख लगानीमा स्पोर्टस् ग्यालरी हेटौंडामा

हेटौंडा ४ परिजात पथको इन्द्रेणी मार्केट भित्र ३५ लाख लगानीमा ए आर स्पोर्ट्स ग्यालरी खुलेको छ । ग्यालरी मदन भण्डारी स्पोर्ट्स एकेडेमी शिक्षक संघका अध्यक्ष समेत रहेका राजाराम पोखरेलले संचालनमा ल्याएका हुन् । आज एक समारोह विच ग्यालरीको उदघाटन गरिएको छ । हेटौंडा ४ का वडाध्यक्ष नबिन सिग्देलले उद्घाटन गरेका...बाँकी

नेकपा हेटौंडाका १९ वटै वडाका अध्यक्ष र सचिवले लिए शपथ

हेटौंडाः हेटौंडा उपमहानगरपालिका अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वडाध्यक्ष र सचिवले शपथ ग्रहण गरेका छन् । सानोपोखरास्थित नेकपा कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा नेकपा मकवानपुरका सहइञ्चार्ज कुमारी मोक्तान, नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, सचिव प्रेमबहादुर पुलामी लगायतका नेताहरुको उपस्थितिमा उपमहानगरका वडाध्यक्ष र सचिवहरुले सपथ लिएका हुन् । नेकपा हेटौंडा उपमहानगरपालिका...बाँकी

अढाई करोड लगानीमा हेटौंडामा सुविधा सम्पन्न होटल

हेटौंडाः भिजिट नेपाल २०२० लाई लक्षित गर्दै हेटौंडामा नयाँ व्यवस्थापनको साथ होटल सुर्यान्स सञ्चालनमा आएको छ । होटल अनमोल इन्टरनेश्नलको नाममा सञ्चालन हुँदै आएको होटललाई नयाँ नाम र पहिचानसहित होटल सुर्यान्स सञ्चालनमा ल्याइएको हो । बजार सुहाउँदो व्यवस्थापन गर्न नसकेकै कारण खस्कँदै गरेको होटललाई थप लगानी गरेर सञ्चालनमा ल्याएको होटलका...बाँकी