रिलायन्स सिमेन्ट कम्पनी एक कर्मचारी लुटिएका छन् । भैरहवा लुम्बिनी सडकखण्डको लुम्बिनी रोडस्थित रिलायन्स सिमेन्ट उद्योगमा कार्यरत अनिश त्रिपाठी बिहीबार दिउँसो लुटिएका हुन् । रुपन्देही प्रहरीका अनुसार दुई जनाको समूहमा आएका लुटेराले उनको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर फरार भएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ...बाँकी
भुम्लु गाउँपालिकामा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाका अनुसार मादन कुडारीबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख ६३८६ नम्बरको बस दुर्घटना भएको हो । बस भुम्लु गाउँपालिका वडा नं ७ फलाटेको क्यामुनेचौर भन्ने स्थानमा भएको दुर्घटनामा ११ जना घाइते भएका हुन्...बाँकी
कृषि विकास बैंक ह्याक प्रकरणमा संलग्न भएको आरोपमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामकृष्ण भुसाल छन्। उनी प्रतिक्षा निमार्ण सेवाको प्रोपाइटर रहेको प्रहरीले जनाएको छ। भुसाललाई प्रहरीले आज बिहीबार स्याङ्जाबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले बताए। उनी पनि बैंक ह्याक प्रकरणका नेपाली एजेन्ट...बाँकी
सन् २०१९ को भोकमरी र गरिबी विरुद्धको युवा पुरस्कार नेपाली चेली सम्झना खनालले जित्न सफल भएकी छिन् । १८ देखि २९ वर्षभित्रका युवा प्रतिस्पर्धीबाट नेपाली चेली खनाल विजयी हुँदै पच्चीस हजार अमेरिकी डलर बराबरको पुरस्कार जितेकी हुन् । सो पुरस्कारका लागि विश्वभरिबाट ६ हजार ५ सयभन्दा बढीले सहभागिता जनाएका थिए ।...बाँकी
महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ बस्ने एक महिला गाउँकै पुरुषमार्फत भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल भएकी छन् । एकडारा–४ का सुरेश बैठाले प्रेम जालमा पारेर भारतको बिहारस्थित सीतामढी शहरमा लगेर बेचेकामा त्यहाँबाट भागेर बुधबार आफ्नो घर आएपछि उनका पति र आफन्तहरुले जिल्ला प्रहरी कार्यालयमा पनि सो घटनाबारे...बाँकी
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध चरेशसहित एक जना युवतीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा पटेर्वा सुगौली गाउँपालिका(१ बस्ने २४ वर्षीया गिता राई रहेको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले ५ केजी अवैध लागूऔषध चरेश बरामद गरेको छ । काठमाडौंबाट धरान जाँदै गरेको बा ४...बाँकी
टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको अगुवाइमा (हिजो) मंगलबारदेखि सञ्चालन भएको निःशुल्क ज्वरो र डेङ्गु परीक्षण शिविरमा (आज) बुधबार सम्म १ सय ८७ जना बिरामीले सेवा लिएका छन् । हेटौंडा उपमहानगरपालिका र हेटौंडा अस्पतालको सहकार्यमा सञ्चालित शिविरमा मंगलबार ८० र वुधबार १ सय ७ जना गरी दुई दिनमा १...बाँकी
हेटौंडा उपमहानगरालिका वडा नंबर १० राप्तीपुल नजिकै यात्रु बसको ठक्करले एक जनाको एकको मृत्यु भएको छ । मृत्यु हुनेको परिचय भने खुल्न नसकेको अन्दाजी वर्ष ४०र४५ को जस्तो देखिन एकजना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । विहिबार विहान सिलगुडीबाट काठमाडौंका लागी जाँदै गरेको ना ५ ख ७९४२...बाँकी