समाज

मेलम्चीको खानेपानी पाइप सफा गर्ने क्रममा दुई मजदुरको मृत्यु

काठमाडौंको बालाजुमा मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दुई मजदुरको मृत्यु भएको छ । शुक्रबार बिहान ०९ः५० बजे काठमाडौँ महानगरपालिका–१६, बालाजु चोकस्थितमेलम्ची खानेपानीको पाइप सफा गर्ने उनीहरुको ज्यान गएको हो। प्रहरीका अनुसार बिहान मेलम्ची खानेपानी आयोजनाको ठूलो पाइपभित्र प्रवेश गरी सफा गर्ने क्रममा सप्तरी कनकपट्टीका सुरेस साह र शिवकान्त साहको...बाँकी

मकवानपुरमा स्वास्थ्य बिमा गराँउनेको संख्या बढ्यो

 निःशुल्क स्वास्थ्य बिमाको कार्ड पाएपछि ७२ वर्षीया सुन्तलीमाया चेपाङ खुसी भइन् । उनलाई श्वासप्रश्वास र दमको रोग छ । पैसाको अभावले गर्दा उपचार गर्न सकेकी थिइनन् । अब उपचारलाई पैसा नपर्ने भयो भनेपछि उनी दंग परिन् । उनी मात्र होइन, ७१ वर्षीया सोमबहादुर चेपाङको अनुहार पनि उज्यालो भयो । विगत २ वर्षदेखि घुँडा र छाती...बाँकी

मकवानपुरको थाहामा भयानक दुर्घटना, एक घाईते

त्रिभुवनराजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका वडा नं। ३ विद्युत प्राधिकरण नजिकै मोटरसाइकल र बस ठोक्किएको छ । सडकमा रोकिराखेको ना३ख ८४०१ नम्बरको बसमा ना ७ प ६५६ नम्बरको मोटरसाइकल ठोक्किएको हो । घटनामा मोटरसाइकल चालक सामान्य घाइते भएकाछन् । घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।बाँकी

विप्लव समुहले यसरी जलाए कार(फोटो फिचरसहित)

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको बन्दको क्रममा मकवानपुरमा गएराती कार जलाइएको छ । कारमा सवार २ जनालाई कारबाट बाहिर निकालेर जलाएको प्रहरीले जनाएको छ । विप्लवको मध्यकमाण्ड बन्दको पूर्व सन्ध्यामा इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेल हुमानेमा निजी कारमा आगजनी गरेका हुन् । हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा १४ च...बाँकी

हेटौंडाबाट खटिएको प्रहरीद्वारा झण्डै तीन लाख नगदसहित कौडा खेल्ने ११ जना पक्राउ

साउनमै ठूलो नगद हारजित हुने गरेर जुवाका रुपमा कौडा खेलेको सूचनाका आधारमा प्रदेश-३ प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक चरित्रविक्रम कार्की समेतको टोलीले ११ जनालाई पक्राउ गरेको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक ९डिएसपी० एकनारायण कोइरलाका अनुसार हेटौंडाबाट आएका प्रहरी निरीक्षक कार्की र चितवन जिल्ला प्रहरी...बाँकी

मेलम्चीको वडा कार्यलयमा आगजनी

बधुबार बिहानै मेलम्ची नगरपालिकाको वडा १० को कार्यालयमा ताल्चा फोडेर आगजनी गरिएको छ । मेलम्ची नगर – १० शिखरपुर कार्यालयमा सबै कागजात एकै स्थानमा राखेर आगजनी गरिएपछि प्रहरीले घटनास्थलमा अनुसन्धान तिव्र बनाएको छ । ताल्चा काटेर भित्र भएका सबै कागजपत्र एकै थुप्रो लगाएर जलाएको देखिन्छ, सबै कुरा योजनापूर्वक गरेको देखियो,’...बाँकी

हेटौंडा बसामाडीकी सोनु उपचार खर्च तिर्न नसक्दा अस्पतालमा बन्धक

उपचार खर्च तिर्न नसक्दा मकवानपुरको बसामाडीकी २६ वर्षीया सोनु तामाङ एकमहिने छोरीसँगै अस्पतालमा बन्धक छिन् । गत जेठ ३० मा जन्मिएकी छोरी रेचेनलाई ज्वरोले सताएको थियो । गाउँकै स्वास्थ्य संस्थामा उपचार गराएर औषधि खुवाइरहेकी थिइन् ।असार १७ को बेलुकी दूध खुवाउन खोज्दा शरीर लल्याकलुलुक भयो । परिवारले धामीझाँक्री लगाए ।...बाँकी

विप्लवको बन्द: के के भयो मकवानपुरमा !

हेटौंडा : मकवानपुर जिल्लामा नेत्र विक्रम चन्द विप्लव निकट नेकपाका कार्यकताले ४ स्थानमा बम राखेका छन्। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जिल्लाका विभिन्न चार स्थानमा बम भेटिएको बताए। मकवानपुरको हेटौंडा उपमहानगरपापलिकाको क्विक ट्वान्टी पार्टी प्यालेस अगाडी, हेटौंडा १ स्थित चौकिटोलको सडक खण्डमा, हेटौंडा ११ थाना भर्‍याङमा र...बाँकी