समाज

दुर्घटनामा परी एक शिक्षकको मृत्यु

ट्याक्टर दुर्घटनामा परी डडेल्धुरामा एक शिक्षकको मृत्यु भएको छ ।  जिल्लाको आलिताल गाउँपालिका–८, कुर्जेनियामा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा समैजी अधारभूत विद्यालय, आलीतालमा कार्यरत ४० वर्षीय शिक्षक श्याम कलौनीको मृत्यु भएको हो । गोदाम बजारबाट बालुवा लोड गरेर कुर्जेनीतर्फ जाँदै गरेको से २ त २८५० नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो...बाँकी

न्युरोडमा सुरु भयो स्मार्ट पार्किङ

 काठमाडौंको न्युरोडमा आजदेखि स्मार्ट पार्किङ सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रको सहकार्यमा न्यूरोडका पाँच स्थानमा स्मार्ट पार्किङ सुरु गरेको हो । स्मार्ट पार्किङ सेवा उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्थानीयले सडक व्यवस्थित गर्न आग्रह गरेपछि सेवा सुरु गरिएको बताए । मेयर शाक्यले यसलाई अस्थायी रुपमा...बाँकी

बढ्दै विदेशी पुरुषसँग अनमेल बिहे

नागार्जुनकी ३६ वर्षीया महिलाले चीनको हेनान प्रान्तका ५६ वर्षीय पुरुषसँग विवाह गरिन्।दुवै जनाले मंसिर ८ मा काठमाडौं जिल्ला अदालतमा दर्ता विवाहका लागि निवेदन दिए।सबै कानुनी प्रक्रिया पुगेकाले निवेदन स्वीकृत भयो। न्युयोर्क बस्ने ६५ वर्षका पुरुषसँग खोटाङकी ३३ वर्षीय युवतीले विवाह गरिन्।दुवैजनाले काठमाडौं जिल्ला अदालतमा निवेदन दिई दर्ता विवाहको प्रमाणपत्र लिए।उनीहरु...बाँकी

बकैयामा निशुल्क स्वास्थ्य शिविर

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका निशुल्क प्रजनन् स्वास्थ्य शिविर भएको छ । बकैया गाउँपालिका वडा ९ मा बकैया गाउँपालिकाको आर्थिक सहयोग तथा मकवानपुर नर्सिङको आयोजनामा शिविर भएको हो । शिविरमा डा.रामकाजी महर्जन स्वास्थ्य परीक्षण गरेका थिए । जसमा ४ जना महिलाहरुलाई रिंगप्रेसरीको सेवा उपलब्ध गराएको जनाएको छ । शिविरमा ८६ जनाको...बाँकी

बकैयामा सार्वजनिक सुनुवाई

बकैया : बकैया गाउँपालिकाको आयोजना र एस.एम.एस मिडिया प्रालिको संयोजनमा बकैया गाउँपालिकाको वडा नम्बर—४ मा सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बकैया गाउँपालिकाले सेवा प्रदायक निकाय र सेवाग्राहीहरूबीच गाउँपालिकाको कामलाई पारदर्र्र्शी र सेवाग्राहीलाई काममा सहजीकरण गर्ने उद्देश्यले आयोजना गरेको गाउँपालिका उपाध्यक्ष सरला बोलखले बताईन् । कार्यक्रममा एस.एम.एस मिडियाका अध्यक्ष...बाँकी

गाँजाको विकल्प खोज्दै कैलाश गाउँपालिका

हेटौंडा : भौगोलिक हिसावले मकवानपुरको दुर्गम क्षेत्रको रुपमा रहेको कैलाश गाउँपालिकामा गाँजाखेतीको बिकल्पबारे गाउँघरमै छलफल सुरु भएको छ । कैलाश गाउँपालिकाले १० वटै वडामा गठन गरेको ५० वटा टोल विकास संस्थाका पदाधिकारीहरु तथा सदस्यहरु एबम् समाजका अगुवाहरुका लागि गाँजाको विकल्पका सम्बन्धमा तालिम सञ्चालन गरी लागूऔषध न्यूनिकरणको प्रयास गरेको हो ।...बाँकी

हेटौंडामा माविस्तरिय विज्ञान प्रदर्शनी

हेटौंडाः नगरस्तरीय शैक्षिक समन्वय समितिको आयोजना तथा हेटौंडा उपमहानगर पालिकाको आर्थिक सहयोगमा मावि स्तरीय विज्ञान प्रतियोगितात्मक प्रदर्शनी सम्पन्न भयो । नगर प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षा महाशाखा प्रमुख पूर्णबहादुर अछामे , शिक्षक महा संघका अध्यक्ष जिधराज ढकाल , चेतनाथ खतिवडा लगायतले मन्तब्य राख्नु भएको थियो ।...बाँकी

गाँजा सहित दुईजना पक्राउ

हेटौंडामा गाँजाहित दुईजना पक्राउ परेका छन् । पूर्व-पश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका-१५ स्थित रातोमाटे चौकीका प्रहरीले हेटौंडाबाट वीरगन्ज हुँदै भारततर्फ गइरहेको ना ३ ख ५३४० नम्बरको ट्रक रोकेर चेकजाँच गर्ने क्रममा २७ वटा प्लाष्टिकको प्याकेटमा गाँजा लुकाएर राखेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। ट्रकको चालक बस्ने सिटमाथिको फल्सबटम बनाएर...बाँकी